कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न ढिलो गर्न नहुने

मानव अधिकार तथा शान्ति समाजको प्रतिनीध मण्डलले २०७३ कात्र्तिक ९ गते स्वास्थ्यमन्त्री गगन थापासँग भेटी स्वास्थ्य अधिकार लगायत समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।
छलफलमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनको घटना बढ्दै जानु देश र समाजका लागि चिन्ताको विषय भएको र यो प्रवृत्तिले महामारीको रुप लिनु अगाडि नै रोकथामका लागि व्यापक पहल र अभियान सञ्चालन गर्नुपर्ने, लागुऔषधको दुव्र्यसन, लागुपदार्थको कारोबार र व्यसनमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने, प्रत्येक वालिग महिलाहरुको लागि मासिक स्वास्थ्य भत्ताको व्यवस्था हुनुपर्ने, स्वास्थ्य सेवा आम नागरिकको पहुँच भन्दा टाढा र महंगो हुन नहुने, नागरिकहरुको अनिवार्य स्वास्थ्य विमा हुनुपर्ने लगायतका बुदाँमा ध्यानाकर्षण गराइएको थियो ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिहं कार्कीविरुद्ध प्रारम्भमा गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठका तर्फबाट संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरी नागरिकको आवाज मुखरित गरेकोमा मन्त्री थापालाई धन्यवाद दिदैँ हाल दर्ता भएको महाअभियोग प्रस्ताव पनि सहज ढंगले पारित हुने विश्वास समाजका तर्फबाट व्यक्त गरिएको थियो । उक्त प्रस्ताव पारित हुन नसके नेपाली समाजमा आन्दोलनको नयाँ लहर उठने कुरा पनि अवगत गराइएको थियो ।
प्रतिनिधिमण्डलले स्वास्थ्य क्षेत्रका बारेमा राखेको जिज्ञासामा मन्त्री थापाले आधारभुत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा रहेको, सबै नागरिकको स्वास्थ्य विमा गरिने र विमा रकम भुक्तानी गर्न नसक्नेहरुका लागि राज्यले नै त्यस्तो रकम भुक्तानी गरिदिने खालको नीति बनाउन लागेको जानकारी गराउनुभयो ।
उहाँले लागुऔषध र लागुपदार्थ दुव्र्यसनको घटना बढ्दै गएकोप्रति आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई न्यूनिकरण गर्नका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । मन्त्री थापाले दिन प्रतिदिन बढ्दै गएको वायु प्रदुषणलाई कम गर्न समेत शान्ति समाजले अभियान थाल्नुपर्ने सुझाव दिदैँ त्यस्तो अभियानमा स्वाथ्य मन्त्रालयको समेत सहयोग रहने बताउँनुभयो ।
शान्ति समाजको प्रतिनिधि मण्डलमा सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, समाजका सदस्यहरु जयराम पुडासैनी र गोकर्ण थापा संग्लन हुनुहुन्थ्यो ।
कर्णाली क्षेत्रमा उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिध मण्डलले २०७३ कात्र्तिक ८ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेटी यातायात र भौतिक पुर्वाधार क्षेत्रका विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।
छलफलमा कर्णाली भेगका जनताको कठिन जीवनयापनलाई मध्यनजर गरि खाद्यान्न लगायत उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने, राष्ट्रिय राजमार्गहरुलाई शान्ति क्षेत्र घोषित गरी व्यवधानरहित आवागमनको नागरिकको अधिकारलाई सुनिश्चित गनुपर्ने, राष्ट्रिय राजमार्गको किनारामा बस्ति बसाउने लगायतका निमार्ण कार्य रोक्नुपर्ने तथा अन्तराष्ट्रिय मापदण्ड अनुकुल हुनेगरी बस्ति तथा आवास नीति जारी गर्नुपर्ने लगायत १० वटा बुदाँमा ध्यानाकर्षण गराइएको थियो । उक्त छलफलमा लागुऔषध दुरुपयोग र लागुपदार्थको दुव्र्यसन विरुद्ध चाल्नुपर्ने कदमबारे पनि ध्यानाकर्षण गराइएको थियो ।
उक्त छलफलमा मन्त्री लेखकले शान्ति समाजले अघि सारेका १० बुदाँ उल्लेखनीय भएको र लागु गर्न आँफु प्रतिवद्ध भएको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले उत्तर र दक्षिण क्षेत्रलाई जोड्ने गरी सडक सञ्जाल बिस्तार गर्ने र समग्र कर्णालीका जिल्लालाई सडक यातायातले जोड्ने कार्य प्राथमिकता रहेको बताउनुभयो ।
शान्ति समाजको प्रतिनिधि मण्डलमा सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, विभागीय संयोजक रेनुका काउचा समाजका सदस्यहरु रामकृष्ण बराल, र जगन्नाथ पुडासैनी संग्लन हुनुहुन्थ्यो ।

लागु औषध दुरुपयोग र लागु पदार्थ दुव्र्यसन विरुद्ध अभियान प्रारम्भ

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिध मण्डलले २०७३ कात्र्तिक ७ गते शिक्षामन्त्री धनिराम पौडेलसँग भेटी शैक्षिक क्षेत्रका विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।
लागु औषध दुरुपयोग र लागु पदार्थको दुब्र्यसनीहरुको संख्या बढ्दै जानु देश र समाजका लागि चिन्ताको विषय भएको उल्लेख गर्दै यस्तो प्रवृतिले महामारीको रुप लिनु अगाडि नै रोकथामका लागि ब्यापक पहल र अभियान संचालन गर्न आग्रह गरिएको थियो ।
छलफलमा युवा पुस्ता लागु औषधको दुरुपयोग र लागुपर्दाथको दुव्र्यसनमा फस्ने क्रम बढ्दै गएको हुदाँ त्यसलाई रोक्न र शैक्षिक प्रतिष्ठानहरु समेत अखडा बन्न सक्ने संम्भावनालाई अन्त्य गर्नका लागि उपयुक्त कदम चाल्न आग्रह गरिएको थियो ।
आधारभुत तहका सबै बिद्यार्थीहरुका हकमा प्रोत्साहन भत्ताको ब्यबस्था हुनुपर्ने, त्यसमा पनि बालिकाहरुको हकमा त्यस्तो भत्ता रकम बढी हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो ।
यसैगरि सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुका लागि दिवा भोजनको (डे मिल) ब्यबस्था हुनुपर्ने र त्यो खर्च राज्यका तर्फबाट बहन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
उक्त छलफलमा मन्त्री पौडेलले शान्ति समाजले अघि सारेका १० बुदाँ सकारात्मक भएको र यथासंम्भव लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले दिवा भोजनको अवधारणा मध्यपश्चिम र सुदुरपश्चिमका केही जिल्लमा शुरु भइसकेको बताउँदै शैक्षिक प्रोत्साहन भत्ता के कति गर्न सकिन्छ  भन्ने बारेमा छलफल अघि बढाउने बताउनुभयो ।
शान्ति समाजको प्रतिनिधि मण्डलमा सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, केन्द्रिय सदस्य पुष्पा केसी लगायत सदस्यहरु संग्लन हुनुहुन्थ्यो ।

अन्तर्रा्िष्ट्रय अहिंसा दिवश बौद्धमा द्विप प्रज्ज्वलन ।

२ अक्टोबर अहिंसाका पुजारी महात्मा गांधीको जन्मजयन्तीलाई अन्तर्रा्िष्ट्रय अहिंसा दिवसका रुपमा मनाउने संयुक्त राष्ट्रसंघको निर्णय बमोजिम उक्त दिनलाई अहिंसा दिवसका रुपमा अन्तर्रा्िष्ट्रय स्तरमा बिबिध कार्यक्रमहरुका साथ मनाउने गरिन्छ । यसै सन्दर्भमा मानब अधिकार तथा शान्ति समाजले २०७३ असोज १६ गते आईतबार बौद्धमा अहिंसात्मक संस्कृती अभिबृद्धि गर्न आग्रह सहित द्विप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको समापनमा शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाईं, सभापति गंगाधर अधिकारी तथा शान्ति समाज काठमाडौं शाखाका सभापति बटुकृष्ण ढुंगेलले अहिंसात्मक संस्कृती बृद्धीमा मानव अधिकार तथा शान्ति समाजले निर्वाह गरेको भूमीकाका बारेमा चर्चा गर्नुभएको थियो ।

अन्तराष्ट्रिय समुदाय र नेपालका प्रमुख राजनीतिक दलहरु बिच द्वन्द चर्कीन सक्ने

अन्तर्रा्िष्ट्रय शान्ति दिवसका दिन २०७३ असोज ५ गते मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा शान्ति प्रकृयाको पुर्णताः पिडितहरुलाई न्यायको सुनिश्चितता बिषयक प्रबचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतको जम्मु काश्मीरको उरीमा १८ सेप्टेम्बरका दिन भएको आतकंबादी आक्रमण पश्चात भारत पाकिस्तान बिच तनाब चुलिदै गएको र युद्धको उन्मादी स्वर दुबै तिर प्रस्फुटित हुन थालेको प्रति चिन्ता ब्यक्त गर्दै हिंसा र आतकंबाद निन्दनीय भएको र जसले जहाँ गरे पनि हिंसा र आतकंबाद अपराध भएको बताउनुभयो । पहाडीले उत्तर कोरियाको अधिनायकबादी सत्ताले प्रदर्शन गरेको आणबिक उन्माद पनि बिश्व शान्तिका लागि खतरा भएको भन्दै विश्वलाई युद्धको बिभिषिका बाट जोगाउन नागरिक स्तरमा ब्यापक पहल आबश्यक भएको कुरामा जोड दिनुभयो । नेपालमा पिडितहरुले न्याय र राहत नपाए सम्म शान्ति प्रक्रिया पूर्ण नहुने भन्दै पहाडीले बिगतमा नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच भएको सहमति र पछिल्लो चरणमा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्र बिच भएको सहमति दुबैको केन्द्रबिन्दुमा दण्डहिनता रहेको हुँदा पिडितहरुले न्याय पाउने कुरामा शंका ब्यक्त गर्नुभयो । यस स्थितिमा अन्तराष्ट्रिय समुदाय र नेपालका प्रमुख राजनीतिक दलहरु बिच द्वन्द चर्कीन सक्ने सम्भाबना तर्फ पनि पहाडीले इगिंत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद यज्ञबहादुर थापाले शान्ति र अहिंसाका लागि सामुहिक पहलमा जोड दिदै त्यसबाट मात्रै लोकतन्त्रको भविष्य सुनिश्चित हुने धारण ब्यक्त गर्नुभयो । सभापतिको आसनबाट बोल्दै समाजका सभापति गंगाधर अधिकारीले बिद्यालय लक्षित गरेर बिस्फोटक पदार्थ राखिनु र आतंक सिर्जना गर्नु मानबता बिरुद्धको अपराध भएके धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कँडेल, महासचिब उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल र महिला सुरक्षा दबाब समुहका पूर्ब महासचिब रत्न लक्ष्मी श्रेष्ठले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कवि सुदेश सत्यालले कबिता बाचन गर्नुभएको थियो ।

मानव अधिकार तथा शान्ति समाजको २०७२ असार मसान्त सम्मका अभियान र कार्यक्रम

मानव अधिकार तथा शान्ति समाजको २०७२ असार मसान्त सम्म अभियान र कार्यक्रम यसप्रकार रहेकोछ ।
१.१ समाजको क्षमताले भ्याएसम्म राहत जुटाई वितरण कार्य प्राथमिकता हुनेछ ।
१.२ शान्ति समाजले नयाँ संविधानको प्रस्तावनामा नै जीवनचक्र परिस्थिति सन्तुलन(इकोलोजिकल व्यालेन्स)उच्च प्राथमिकता रहनुपर्छ र सोही आधारमा राज्यका ढाँचाहरु विकसित एवम् परिमार्जन गरिनुपर्छ भनि वर्षाैदेखि आवाज उठाउँदै आएको हो र भावि दिनमा यहि मान्यतामा आधारित रही अभियान अघि बढाउँनेछ । २०७२ जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा पनि यहि विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गरिनेछ ।
१.३ प्राकृतिक एवम् अन्य विपत्तिको सामना गर्न उद्धार, राहत र पुनर्वासका लागि स्थायी एवम् प्रभावकारी संयन्त्र स्थापित हुनुपर्छ भनी शान्ति समाजले २०६४ सालदेखि नै अभियान संचालन गर्दै आएको र पछिल्लो पटक २०७१ कार्तिक २८–२९ गते सम्पन्न समाजको १७आंै राष्ट्रिय परिषद् वैठकबाट यसै विषयमा ध्यानाकर्षण गराउँदै पुनः प्रस्ताव समेत पारित गरेको थियो । समाजको स्थापना दिवस जेठ १९ गतेका दिन यसै विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गरिनेछ ।
१.४ हिमालय क्षेत्रको संवेदनशीलनाका विषयमा शान्ति समाजले वर्षाैदेखि बहस चलाउँदै आएको हो । विगतका वातावरण दिवसमा पनि यस विषयमा छलफल भएको थियो भने समाजको सत्रांै रा.प. वैठकद्वारा पारित वर्ष २०७२/७३को वार्षिक कार्ययोजनामा समेत जलवायु परिवर्तन र विश्वव्यापी उष्णता तथा हिमालय क्षेत्रको संवेदनशीलताका विषयमा अयिभान निरन्तर रहनेछ भनी पारित भएको विदितै छ । जेठ २२ गते अर्थात ५ जुन विश्व वातावरण दिवसका सन्दर्भमा यसै विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गरिनेछ ।

शान्ति समाजका तर्फबाट सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा ।

२०७२ वैशाख १२ गते गएको महाभुकम्प र तत्पश्चात सिर्जित महाविपत्तिबाट पीडितहरुको सहायतार्थ मानव अधिकार तथा शान्ति समाजका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु दुइलाख नगद सहयोग प्रदान गर्ने संस्थाको निर्णय अनुरुप उक्त रकम मिति २०७२ वैशाख २८ गते राष्ट्रिय वाणिज्य वैकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं. ११३०००३७६२०१ मा जम्मा गरिएको छ ।

यसैगरी भुकम्पबाट प्रभावित तथा पिडित गाँउहरुमा दीर्घकालिन रुपमा सेवा र सहयोग उपलव्ध गराउँन एक÷एक गाँउ ग्रहण गरी हरेक संस्थाले सो गाँउमा सेवा सुविधा, पुनर्वास र विकासका पूर्वाधारमा मद्धत पु¥याउँन सबै सामाजिक संघ संस्थाहरुलाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ।

गोरखाको थालाजुङमा राहत सामग्री वितरण

मानव अधिकार तथा शान्ति समाज, बागलुङ अष्टे«लिया कम्युनिटि र शानको सयुक्त तत्वावधानमा २०७२ वैशाख २६ गते गोरखा जिल्लाको थालाजुङ्ग गाविस –३ मा भुकम्प पीडित १०० घरपरिवारका लागि रु आठ लाख मूल्यको राहत सामग्री वितरण गरिएको छ ।
वितरित राहत सामग्रीमा प्रत्येक परिवारका लागि त्रिपाल एक, कम्वल एक, म्याट दुई, ३० के.जि. चामल, २ के.जि. दाल, १ लिटर तेल, १ के.जि.नुन, कराइ एक, पन्यु एक, थाल दुइ, गिलास दुइ सहितको सामग्री थियो ।
राहत सामग्री वितरणका लागि समाजका संस्थापक सभापति, सभापति, महासचिव, सचिव, कोषाध्यक्ष, अपिल समितिका संयोजक, विभागीय संयोजकहरु गरी शान्ति समाजका १ दर्जन भन्दा बढी पदाधिकारी तथा सदस्यहरु थालाजुङ पुग्नुभएको थियो ।

मैनवत्ति प्रज्वलन कार्यक्रम सम्पन्न ः

२०७२ वैशाख १२ गते गएको महाभुकम्प एवम् तत्पश्चात सिर्जित महाविपत्तिका कारण दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धान्जली एवम् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडांैको वौद्धनाथ स्तुपा, बौदमा साँझा ५ः३० देखि ६ बजेसम्म मैनबत्ति प्रज्वलन कार्यक्रमको अयोजना ग¥यो । यसैगरी समाजका जिल्ला शाखाहरुलेपनि सोही दिन मैनवत्ति प्रज्वलन सम्पन्न गरेकाछन् ।

शान्ति समाजद्वारा राहत सामग्री वितरण

मानव अधिकार तथा शान्ति समाजले २०७२ वैशाख २४ गते सिन्धुपाल्चोक जिल्लाको विर्तादेउराली फणिम भञ्ज्याङका भुकम्प पीडित १०३ घरपरिवारका लागि रु एक लाख पचासीहजार बराबरको खाद्यान्न लगायत राहत सामग्री वितरण गरेको छ ।
यसैगरी समाजद्वारा वैशाख २२ गते सिन्धुपाल्चोककै काँक्रेका २४ घरपरिवारका लागि रु साठी हजार बराबरको राहत सामग्री पठाइएको थियो ।

शान्ति समाजका तर्फबाट रु दुइलाख सहयोग साथै भुकम्प पीडितहरुका लागि राहत सामग्री वितरण

भुकम्प पीडितहरुको राहतका लागि मानव अधिकार तथा शान्ति समाजले रु दुइलाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । उक्त रकम शीघ्र प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
यसका अतिरिक्त मानव अधिकार तथा शान्ति समाजले २०७२ वैशाख २० गते काठमाडांै जिल्लाको नाङ्लेभारे –५ का भुकम्प पीडित ४४ घरपरिवारका लागि रु एक लाख सन्तानव्वेहजार बराबरको खाद्यान्न लगायत राहत सामग्री (१ महिनालाई पुग्ने) वितरण गरेको छ ।