महाबिपत्तिको सामना र ब्यवस्थापनका लागि जुटौं ।

२०७२ बैशाख १२ गते शनिबार गएको महाभुकम्प र त्यस पछिका लगातारका प्रतिकम्पनले निम्त्याएका प्राकृतिक महाबिपत्तिको यस बिषम परिस्थितीलाई हामीसबै मिलेर सामना गर्ने छौं र पुनःनिर्माणमा जुट्ने छौं ।
अहिलेको हाम्रो एउटै ध्येय महाबिपत्तिमा परेकाहरुको उद्धार, तत्तपश्चात राहत र पुनर्वासका लागि सबैले आ– आफ्नो क्षेत्रबाट साथ र सहयोगका लागि एकजुट भई लाग्न आग्रह गर्दछौं । साथै बैज्ञानिक मतभन्दा बाहिरका कुनैपनि किसिमका अफवाहमा नपर्न सबैमा आग्रह गर्दछौं ।
यस महाबिपत्तिको परिस्थितीमा एकलेअर्कोलाई सहयोग गर्नु हामी सबैको कर्तब्य हो भन्ने मानवअधिकार तथा शान्ति समाज ठान्दछ । संङ्कटको बेला संयमता गुमाउनु हुदैन भन्ने धारणालाई सबैले आत्मसात गर्ने बिश्वास पनि ब्यक्त गर्दछौं ।

दशांै लोकतन्त्र दिवस ः

२०६२/६३को ऐतिहासिक जनआन्दोलनको पृष्ठभुमिमा योगदान गरेको र लोकतन्त्रका लागि अनवरत रुपमा क्रियाशील संस्था शान्ति समाजले दशांै लोकतन्त्र दिवसका उपलक्ष्यमा २०७२ वैशाख ११ गते काठमाडांैमा रात्री भोज आयोजना ग¥यो । रात्री भोजमा संविधानसभाका सभाध्यक्ष, बरिष्ठ मन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी लगायत विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरु, पूर्व उपप्रधानमन्त्री तथा मन्त्रीहरु, करीब ३ दर्जन सभासदहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकाररक्षकहरु, कवि, कलाकार तथा पत्रकारहरु र शान्ति समाजक शुभचिन्तकहरु गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
रात्री भोज आयोजनाका लागि शान्ति समाजका ३०० भन्दा बढी सदस्य तथा शुभचिन्तकहरुले आर्थिक सहयोग गरेका थिए ।

शान्ति काव्य प्रवाहको पैतीसांै श्रृंखला सम्पन्न ः

मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको पैतीसांै श्रृंखला २०७१ चैत्र २६ गते विहिवार काठमाडांैमा सम्पन्न भएको छ । समाजका कोषाध्यक्ष रेणुका पौडेलको सभापतित्वमा सम्पन्न काव्य प्रवाहको संचालन कार्यक्रम संयोजक पुष्पा केसीले गर्नुभएको थियो ।
काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रत्ननीधि रेग्मी, पूर्ण विराम, इन्दु अंशु, सुेदेश सन्त्याल, साधना प्रतिक्षा, ऋचा, स्मिता, भाग्यशाली अधिकारी, गोविन्दप्रसाद घिमिरे वेदमणी, नवराज श्रेष्ठ, मदन कार्की, बाबुराम लामिछाने, मनोज न्यौपाने, रामेश्वर राउत, विजयध्वज थापा, राजेन्द्रप्रसाद ढुङ्गाना, विवेक विशालु, कमलराज केसी लगायत ४५ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।
साथै समाजका तर्फबाट प्रत्येक महिना कविहरुलाई उपहारस्वरुप पुस्तक प्रदान गर्ने क्रममा यस पटक स्वतन्त्रता मन्तव्या यात्रा र एक डटपेनका अतिरिक्त नयाँ वर्षको पूर्वसन्ध्यामा डायरी पनि प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस ः

जातीय विभेद उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस(२१ मार्च)को पूर्वसन्ध्यामा मानव अधिकार तथा शान्ति समाजले २०७१ चैत्र ६ गते काठमाडांैमा शान्ति र समुन्नतिका लागि सामाजिक समानता विषयक गोष्ठी सम्पन्न गरेको छ । समाजका सभापति गङ्गाधर अधिकारीको सभापतित्वमा सम्पन्न गोष्ठीमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल, संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री जितु गौतम, अधिकारकर्मी तथा पूर्व संविधानसभा सदस्यहरु विनोद पहाडी र लक्ष्मी परियार, अधिकारर्मी सूर्यबहादुर अधिकारी, समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, सूचनाप्रविधि संयोजक दिपक पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन

प्रशिक्षक प्रशिक्षण तालिम ः मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सदभाव र सहिष्णुता सवद्र्धन र प्रवद्र्धनका लागि समाजद्वारा आयोजित प्रशिक्षकहरुको सहजीकरण शिप क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले २०७१ फाल्गुण ७ देखि ९ सम्म दाङको हेकुली गाविसस्थित चखौरामा प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ । समाजका केकास पदाधिकारी तथा सदस्यहरु, विभागीय संयोजकहरु र समाजका २४ जिल्ला शाखाका प्रतिनिधिहरु गरी ८५ जनाको सहभागिता रहेको थियो । यो कार्यक्रमका सहभागिहरुको आवास तथा भोजन लगायतको खर्च आतिथेय दाङ शाखाले वहन गरेको थियो । प्रशिक्षक प्रशिक्षण तालिमका मुख्यसहजकर्ता प्रकाश पोखरेल र सहजकर्ता रोहितराज पाण्डे हुनुहुन्थ्यो । फागनु ७ गते तुल्सीपुरमा र फागुन ८ गते विहान चखौरा देखि श्रीगाउँसम्म शान्ति हाम्रो अधिकार र राष्ट्रिय पहिचान ः शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता शीर्षकमा शान्तिपदयात्रा समेत सम्पन्न भएको थियो भने फागुन ८ गते राती शान्ति काव्य प्रवाह सम्पन्न भएको थियो ।

समावेशी संरचना र महिलाहरुको मानव अधिकार विषयक गोष्ठी सम्पन

अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) का सन्दर्भमा समावेशी संरचना र महिलाहरुको मानव अधिकार विषयक गोष्ठी सम्पन्न भएको छ । काठमाडांैको गोठाटारस्थित गान्धी आदर्श उच्च मा.वि.को सभाकक्षमा २०७१ फागुन २५ गते सम्पन्न कार्यक्रमको सभापतित्व समाजका सभापति गङ्गाधर अधिकारीले गर्नुभएको थियो । गोष्ठीमा समाजका सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी, गान्धी आदर्श उच्च मा.वि.का प्राचार्य गणेश चन्द, समाजका कोषाध्यक्ष रेणुका पौडेल, केन्द्रीय सदस्य राजेन्द्र पौडेल, समाजका काठमाडांै शाखाका कोषाध्यक्ष रामकृष्ण बराल तथा काठमाडांै शाखा सदस्य जगन्नाथ पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समाजद्वारा तयार गरिएको १० बूँदे अवधारणापत्र समेत प्रस्तुत गरिएको थियो ।

युवा समूह गठन

म्याग्दी बहुमुखी क्याम्पस म्याग्दीमा समाजको युवा समूह गठन भएको छ । ३० जना सदस्य रहेको यो नै समाजको पहिलो युवा समूह हो ।

मोरङमा वृहत प्रवचन कार्यक्रम ः

समाजको मोरङ शाखाले पौष ४ गते नयाँ संविधान ः मानव अधिकारसम्मत संविधान विषयमा वृहत प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो ।