मानव अधिकार तथा शान्ति समाजको २०७२ असार मसान्त सम्मका अभियान र कार्यक्रम

मानव अधिकार तथा शान्ति समाजको २०७२ असार मसान्त सम्म अभियान र कार्यक्रम यसप्रकार रहेकोछ ।
१.१ समाजको क्षमताले भ्याएसम्म राहत जुटाई वितरण कार्य प्राथमिकता हुनेछ ।
१.२ शान्ति समाजले नयाँ संविधानको प्रस्तावनामा नै जीवनचक्र परिस्थिति सन्तुलन(इकोलोजिकल व्यालेन्स)उच्च प्राथमिकता रहनुपर्छ र सोही आधारमा राज्यका ढाँचाहरु विकसित एवम् परिमार्जन गरिनुपर्छ भनि वर्षाैदेखि आवाज उठाउँदै आएको हो र भावि दिनमा यहि मान्यतामा आधारित रही अभियान अघि बढाउँनेछ । २०७२ जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा पनि यहि विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गरिनेछ ।
१.३ प्राकृतिक एवम् अन्य विपत्तिको सामना गर्न उद्धार, राहत र पुनर्वासका लागि स्थायी एवम् प्रभावकारी संयन्त्र स्थापित हुनुपर्छ भनी शान्ति समाजले २०६४ सालदेखि नै अभियान संचालन गर्दै आएको र पछिल्लो पटक २०७१ कार्तिक २८–२९ गते सम्पन्न समाजको १७आंै राष्ट्रिय परिषद् वैठकबाट यसै विषयमा ध्यानाकर्षण गराउँदै पुनः प्रस्ताव समेत पारित गरेको थियो । समाजको स्थापना दिवस जेठ १९ गतेका दिन यसै विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गरिनेछ ।
१.४ हिमालय क्षेत्रको संवेदनशीलनाका विषयमा शान्ति समाजले वर्षाैदेखि बहस चलाउँदै आएको हो । विगतका वातावरण दिवसमा पनि यस विषयमा छलफल भएको थियो भने समाजको सत्रांै रा.प. वैठकद्वारा पारित वर्ष २०७२/७३को वार्षिक कार्ययोजनामा समेत जलवायु परिवर्तन र विश्वव्यापी उष्णता तथा हिमालय क्षेत्रको संवेदनशीलताका विषयमा अयिभान निरन्तर रहनेछ भनी पारित भएको विदितै छ । जेठ २२ गते अर्थात ५ जुन विश्व वातावरण दिवसका सन्दर्भमा यसै विषयमा केन्द्रीत रही कार्यक्रम आयोजना गरिनेछ ।