गोरखाको थालाजुङमा राहत सामग्री वितरण

मानव अधिकार तथा शान्ति समाज, बागलुङ अष्टे«लिया कम्युनिटि र शानको सयुक्त तत्वावधानमा २०७२ वैशाख २६ गते गोरखा जिल्लाको थालाजुङ्ग गाविस –३ मा भुकम्प पीडित १०० घरपरिवारका लागि रु आठ लाख मूल्यको राहत सामग्री वितरण गरिएको छ ।
वितरित राहत सामग्रीमा प्रत्येक परिवारका लागि त्रिपाल एक, कम्वल एक, म्याट दुई, ३० के.जि. चामल, २ के.जि. दाल, १ लिटर तेल, १ के.जि.नुन, कराइ एक, पन्यु एक, थाल दुइ, गिलास दुइ सहितको सामग्री थियो ।
राहत सामग्री वितरणका लागि समाजका संस्थापक सभापति, सभापति, महासचिव, सचिव, कोषाध्यक्ष, अपिल समितिका संयोजक, विभागीय संयोजकहरु गरी शान्ति समाजका १ दर्जन भन्दा बढी पदाधिकारी तथा सदस्यहरु थालाजुङ पुग्नुभएको थियो ।