युवा समूह गठन

म्याग्दी बहुमुखी क्याम्पस म्याग्दीमा समाजको युवा समूह गठन भएको छ । ३० जना सदस्य रहेको यो नै समाजको पहिलो युवा समूह हो ।

मोरङमा वृहत प्रवचन कार्यक्रम ः

समाजको मोरङ शाखाले पौष ४ गते नयाँ संविधान ः मानव अधिकारसम्मत संविधान विषयमा वृहत प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

‘राष्ट्रिय पहिचान ः शान्ति,अहिंसा, सद्भाव, सहिष्णुता’ विषेश अभियान अन्तर्गत १६ जिल्लामा कार्यक्रम सम्पन्न

१. २०७१ कार्तिक २७–२९ गते काठमाडांैमा सम्पन्न समाजको १७आंै रा.प. वैठकको मूलनारा ‘राष्ट्रिय पहिचान ः शान्ति,अहिंसा, सद्भाव, सहिष्णुता’ रहेको थियो भने यसै शिर्षकमा प्रस्तुत प्रस्तावसमेत सत्रांै रा.प. वैठकले पारित गरेको थियो ।
२. अभियान ः यही विषयमा केन्द्रित रही २०७१ पौष महिनामा विषेश अभियान सञ्चालन गरिएको थियो ।
३. पहिलो चरणको कार्यक्रम ः अभियानको पहिलो चरणमा १६ जिल्लामा गोष्ठी सम्पन्न भएका छन् । यस क्रममा २०७१ पौष ३ गते बाराको सिमरामा र पर्साको बीरगंजमा, पौष ४ गते हेटौडा र चितवनमा, पौष ५ गते नवलपरासीको सुनवलमा, पौष ६ गते बुटवलमा, पौष ७ गते पाल्पामा, पौष ८ गते पर्वतमा, पौष ९ गते म्याग्दी र बागलुङमा, पौष १० गते पोखरा र स्याङ्गजामा, पौष ११ गते गोरखामा, पौष १५ गते दाङ, माघ ३ गते सल्यान र माघ ५ गते काठमाडांैमा कार्यक्रम सम्पन्न भएका थिए ।
४. अवधारणापत्र प्रकाशन ः यस अभियानका लागि राष्ट्रिय पहिचान ः शान्ति,अहिंसा, सद्भाव, सहिष्णुता शीर्षकमा २००० प्रति अवधारणापत्र प्रकाशन गरिएको थियो र कार्यक्रममा प्रस्तुत गर्नुको साथै सबै सहभागिहरुलाई वितरण गरिएको थियो ।
५. सहभागिता ः गोष्ठीहरुमा राजनीतिक समाज एवम् नागरिक समाजका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । साथै सभासदहरु, स्थानीय प्रशासन एवम् सुरक्षा निकायका प्रतिनिधिहरु, सञ्चार जगत लगायतका विभिन्न क्षेत्रका नागरिकहरुको सहभागिता रहेको थियो ।
६. केकासको सहभागिता ः समाजकोे राष्ट्रिय पहिचान ः शान्ति, अहिंसा, सद्भाव र सहिष्णुता बिषयक देशब्यापी अभियानको पहिलो चरणमा देशका बिभिन्न १६ जिल्लामा कार्यक्रम सम्पन्न भएका छन् । समाजका संस्थापक सभापति कृष्ण पहाडीले ७ जिल्लामा प्रमुख वक्ताका रुपमा मन्तव्य व्यक्त गर्नुभएको थियो (बारा देखि पाल्पासम्म) भने सभापति गङ्गाधर अधिकारी र कोषाध्यक्ष रेणुका पौडेलले १३ जिल्ला, महासचिव उत्तम पुडासैनीले ८ जिल्ला, उपसभापति रामजीप्रसाद सुवेदीले ३ जिल्ला, सचिव गोविन्द खनालले ३ जिल्ला, केन्द्रीय सदस्य राजेन्द्र पौडेलले १० जिल्ला, सदस्य श्यामसुन्दर पराजुलीले २ जिल्ला र केन्द्रीय सदस्य सुशील बस्नेतले दुई जिल्लामा मन्तव्य व्यक्त गर्नुभएकोे थियो । साथै सल्लाहकार होमकान्त चौलागाईले नवलपरासीमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
७. आर्थिक विवरण ः उपरोक्त १५ वटा कार्यक्रमहरु समाजका जिल्ला शाखाहरुको आयोजनामा सम्पन्न भएको थियो भने काठमाडांैको कार्यक्रम केकासको आयोजनामा भएको थियो ।
क. आय ः कार्यक्रमका दौरान संस्थापक सभापति कृष्ण पहाडीद्वारा लिखित उपन्यास ग्रहण लागेको बेला १५० थान (रु ३००/प्रति पुस्तक) र स्वतन्त्रता मन्तव्य यात्रा १५ थान (रु १७५/) विक्री भएको थियो । विक्री भएको पुस्तक मध्ये रु ३४,९२५/ नगद रहेको छ भने शाखाबाट प्राप्त हुन बाँकी रु १०,५००/ रहेको छ । यसरी पुस्तक विक्रीबाट कुल आम्दानी ४५,४२५/ रहेको छ ।
यसैगरी पाल्पा शाखा र स्याङ्गजा शाखाले अभियानका लागि तीन÷तीन हजार नगद गरी जम्मा ६०००/ सहयोग गरेका थिए । यसरी कुल आय रु ५१,४२५/ रहेको थियो ।
ख. व्यय ः केकास पदाधिकारी तथा सदस्यहरुको आवास÷खर्चका सन्दर्भमा कतिपय शाखाले व्यहोरेका थिए भने केही जिल्लाको आवास खर्च र यातायात खर्च गरी रु ३२,४२५/खर्च भएको थियो । पुस्तक विक्रीबाट उठेको रकम बाटै खर्च गरी बाँकी रु ८,५००/ केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरिएको छ ।

६ वटा धर्ना सम्पन्न

समयमै मानव अधिकारसम्मत संविधान जारी गर्न दवाव दिने उद्देश्यले समाजद्वारा शुरु गरिएको अभियानका क्रममा मंसिर २६ गते, पौष ४ गते, पौष ११ गते, पौष १८ गते, पौष २५ गते र माघ २ गते गरी ६ वटा धर्ना प्रदर्शनहरु सम्पन्न भएका छन् । यी धर्नाहरु संविधानसभा भवन नजिक नयाँ बानेश्वरमा आयोजना गरिएको थियो । पौष २५ गतेको धर्नामा फ्रान्स, यमन र नाइजेरियामा भएको आततायी आक्रमणको निन्दा समेत गरिएको थियो ।

बत्तिसौ शान्ति काव्य प्रवाह

समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको बत्तीसांै कार्यक्रम पौष २४ गते सम्पन्न भयो । काव्य प्रवाहमा ४४ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

३१आंैशान्ति काव्य प्रवाह ः

मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको ३१आंै श्रृखंला २०७१ मंसिर २५ गते विहिवार मानव अधिकार दिवसका सन्दर्भमा विविध रचना प्रस्तुती सहित सम्पन्न भयो जसमा ३३ जना कविहरुले कविता प्रस्तुत गर्नुभएको थियो ।

भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस कार्यक्रम ः

भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस (९ डिसेम्बर) का सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले अन्त्य भ्रष्टाचार ः गन्तव्य सदाचार भन्ने मूल नारा सहित २०७१ मंसिर २३ गते रत्नपार्क शान्ति बाटिकामा १ घण्टे धर्ना कार्यक्रम सम्पन्न गरेका थियो ।