सत्रांै राष्ट्रिय परिषद् वैठक सम्पन्न ।

मानव अधिकार तथा शान्ति समाजको सत्रांै राष्ट्रिय परिषद् वैठक २०७१ र्कािर्तक २८–२९ गते काठमाडांैमा सम्पन्न भएको छ । ‘राष्ट्रिय पहिचान ः शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता’ भन्ने मूलभाव रहेको परिषद् वैठक पूर्व कार्तिक २३ देखि २७ सम्म ‘शान्ति हाम्रो अधिकार’ विषयमा काठमाडांैका १० वटा विद्यालयहरु इष्टपोल इङ्गलिस वोर्डिङ स्कुल, सेलिब्रेसन को–एड, साँग्रीला पब्लिक हाइस्कुल, टाइमलाइन इङ्गलिस स्कुल, एम्बेसडर इङ्गलिस स्कुल, अरुणोदय मा.वि., अरुणीमा इङ्गलिस स्कुल, चामुण्डा उ.मा.वि., अरुणज्योती इङ्गलिस स्कुल र युनाइटेड स्कलर्स एकेडेमीमा अन्तरक्रिया आयोजना गरिएको थियो भने २८ गते दिउँसो काठमाँडौंमा शान्ति ¥याली सम्पन्न भएको थियो । कार्तिक २८ गते सत्रांै राष्ट्रिय परिषद् वैठकको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि नेम्वाङ्ग, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, पूर्वउपप्रधानमन्त्री एवम् एनेकपा माओवादीका नेता अमिक शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जबरा, व्यवस्थापिका संसद कृषि तथा जलश्रोत समितिका सभापति गगन थापा, भुटानका विख्यात लोकतन्त्रबादी नेता टेकनाथ रिजाल, समाजका संस्थापक सभापति कृष्ण पहाडी, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सुर्यबहादुर अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रमा सर्वनामद्वारा संविधान निर्माणका विषयमा केन्द्रीत नाटक मञ्चन भएको थियो भने कविहरु अर्जुन पराजुली र रामबहादुर पहाडीको कविताका अतिरिक्त शान्ति गीत समेत प्रस्तुत भएको थियो । सोही अवसरमा समाजको स्थापनाकाल २०५३ जेठ देखि २०७१ असार सम्मका गतिविधिहरु समेटेर प्रकाशित पिस जर्नलको ३१आंै विशेष अंकको लोकार्पण प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरुले संयुक्त रुपमा गर्नुभएको थियो ।
समाजका केकास सभापति होमकान्त चौलागाईको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा स्वागत आतिथेय काठमाडांै शाखाका सभापति उत्तम पुडासैनीले, समाजको आचारसंहिता प्रस्तुति कोषाध्यक्ष जानुका श्रेष्ठ भण्डारीले र सञ्चालन उपसभापति गङ्गाधर अधिकारीले गर्नुभएको थियो । सो अवसरमा वर्ष २०७०÷७१मा समाजका उत्कृष्ट शाखाका रुपमा काठमाडांै र कास्की शाखालाई साथै २०७०मा १६आंै राष्ट्रिय परिषद् वैठक सफलतापूर्वक सम्पन्न गरेकोमा पर्सा शाखालाई र समाजलाई आर्थिक सहयोग गर्ने शुभचिन्तकहरुलाई प्रशंसा–पत्र वितरण गरिएको थियो ।
समाजको ३० जिल्ला शाखाबाट प्रतिनिधि एवम् पर्यवेक्षकहरु गरी २५० जनाको सहभागिता रहेको सत्रांै रा.प. वैठकको आन्तरिक सत्रमा वर्ष २०७०÷७१ को केन्द्रीय कार्य समितिको वार्षिक गतिविधि सम्बन्धी प्रतिवेदन, आर्थिक एवम् लेखा परिक्षण प्रतिवेदन, वर्ष २०७२÷७३ को वार्षिक कार्य योजना र अनुमानित बजेट पारित भएको थियो भने ‘राष्ट्रिय पहिचान ः शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता, उद्धार राहत पुनर्वासका लागि स्थायी संयन्त्र गठन र स्वच्छ नदी अभियान र निर्वाचन विनियम संसोधन प्रस्ताव’ सहित ४ वटा प्रस्तावहरु पारित भएका थिए । यसैगरी २ वर्षका लागि (२०७१–७३) केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । जस अनुसार सभापतिमा गङगाधर अधिकारी(निर्विरोध), उपसभापतिमा रामजीप्रसाद सुवेदी(निर्वाचित), महासचिवमा उत्तम पुडासैनी(निर्विरोध), सचिवमा गोविन्द खनाल(निर्विरोध) र कोषाध्यक्षमा रेणुका पौडेल(निर्वाचित) हुनुभएको छ । ६ जना सदस्यहरुका लागि भएको निर्वाचनमा, पार्वतीकुमारी गिरी, श्यामसुन्दर पराजुली, सुशीलकुमार बस्नेत, राजेन्द्र पौडेल, पुष्पराज पौडेल, र सुधिर साह निर्वाचित हुनुभएको छ भने केन्द्रीय कार्यसमितिले ४ जना मनोनित सदस्यहरुमा भक्तबहादुर विश्वकर्मा, पुष्पा केसी, रुपा पुडासैनी र गायत्री दंगाललाई मनोनयन गरिएको छ । त्यसैगरी समाजका निवर्तमान सभापति होमकान्त चौलागाईलाई सल्लाहकारमा मनोनयन गरेको छ । परिषद् वैठकको निर्वाचन अधिकृत प्रताप पौडेल हुनुहुन्थ्यो भने प्रतिवेदकहरुमा अर्जुन अधिकारी र रामचन्द्र गौतम र टेलरहरुमा प्रेम आचार्य र पुष्पा केसी हुनुहुन्थ्यो ।
कार्तिक २९ गते साँझ समापन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको थियो । १७आंै रा.प. वैठक आयोजनाको सम्पूर्ण खर्च आतिथेय काठमाडांै शाखाले व्यहोरेको थियो भने सहभागिहरुको यातायात खर्च, सहभागी तथा शाखाहरु आफैले व्यहोरेका थिए । साथै समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि म्याग्दी शाखाबाट रु ५०,०००÷ तथा बारा शाखाका सभापति थिरबहादुर श्रेष्ठले रु २५,०००÷ प्रदानगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
समाजको १८आंै राष्ट्रिय परिषद् वैठक २०७२ सालमा म्याग्दीमा र १९आंै राष्ट्रिय परिषद् वैठक २०७३ सालमा रुपन्देही शाखाको आतिथेयमा सम्पन्न हुने निर्णय पनि भएको छ ।

शान्ति काव्य प्रवाह ३० आंै कार्यक्रम

शान्ति काव्य प्रवाह श्रृंखलाका ३० आंै कार्यक्रम २०७१ कार्तिक २७ गते विहिवार काठमाडांैमा सम्पन्न भएको छ जस्मा ३२ जना कविहरुले कविता प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला साधारण सभा

मानव अधिकार तथा शान्ति समाजका ३० वटा जिल्ला शाखाहरुले २०७१ श्रावण देखि कार्तिक सम्ममा जिल्ला साधारणसभा सम्पन्न गरेका छन् । यस मध्ये २२ शाखाको जिल्ला कार्यसमितिको निर्वाचनपनि सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय अहिंसा दिवस

अन्तर्राष्ट्रिय अहिंसा दिवस(२ अक्टोबर)का सन्दर्भमा समाजद्वारा काठमाडांैमा पहिचानः अहिंसा, सद्भाव, सहिष्णुता’ विषयक गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, एमनेष्टी इन्टरनेशनलन नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी, अच्युत पौडेल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति होमकान्त चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३ जना कविहरुले कविता बाचन गर्नुभएको थियो ।

शान्ति दिवस कार्यक्रम

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा समाजको आयोजनामा २०७१ असोज ५ गते काठमाडांैमा शान्तिका लागि सुशासन विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, स्वतन्त्रता सेनानी एवम् भुटानका विख्यात लोकतन्त्रवादी नेता टेकनाथ रिजाल, पूर्व उपप्रधानमन्त्री एवम एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, व्यवस्थापिका संसदका सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई (नेकपा एमाले), संविधानसभा सदस्य दीपक कुईँकेल(नेपाली काँग्रेस) पुनरावेदन अदालतका पूर्व मूख्य न्यायाधीश, एवम् शान्ति सम्झौता कार्यान्वयन अनुगमन समितिका संयोजक केशव मैनालीले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति होमकान्त चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष जानुका श्रेष्ठ भण्डारी, केन्द्रीय सदस्य रेणुका पौडेल, अधिकारकर्मीहरु उत्तम पुडासैनी, निमा गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने आधा दर्जन कविहरुले शान्ति सम्बन्धी कविता प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय पर्यवेक्षकहरुलाई प्रमाणपत्र प्रदान

संविधानसभा सदस्य निर्वाचन २०७०मा मानव अधिकार तथा शान्ति समाजसँग आवद्ध भई निर्वाचन पर्यवेक्षण गर्ने राष्ट्रिय पर्यवेक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम समेत २०७१ भदौ २३ गते सम्पन्न भएको छ । समाजको काठमाडांै शाखाको १६आंै वार्षिक साधारणसभाको उद्घाटन सत्र र प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती हुनुहुन्थ्यो भने सो दिन कार्यक्रममा उपस्थित ६० भन्दा बढी पर्यवेक्षकहरुलाई प्रमुख निर्वाचन आयुक्त उप्रेतीले प्रमाणपत्र वितरण गर्नभएको थियो ।