अन्तराष्ट्रिय समुदाय र नेपालका प्रमुख राजनीतिक दलहरु बिच द्वन्द चर्कीन सक्ने

अन्तर्रा्िष्ट्रय शान्ति दिवसका दिन २०७३ असोज ५ गते मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा शान्ति प्रकृयाको पुर्णताः पिडितहरुलाई न्यायको सुनिश्चितता बिषयक प्रबचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतको जम्मु काश्मीरको उरीमा १८ सेप्टेम्बरका दिन भएको आतकंबादी आक्रमण पश्चात भारत पाकिस्तान बिच तनाब चुलिदै गएको र युद्धको उन्मादी स्वर दुबै तिर प्रस्फुटित हुन थालेको प्रति चिन्ता ब्यक्त गर्दै हिंसा र आतकंबाद निन्दनीय भएको र जसले जहाँ गरे पनि हिंसा र आतकंबाद अपराध भएको बताउनुभयो । पहाडीले उत्तर कोरियाको अधिनायकबादी सत्ताले प्रदर्शन गरेको आणबिक उन्माद पनि बिश्व शान्तिका लागि खतरा भएको भन्दै विश्वलाई युद्धको बिभिषिका बाट जोगाउन नागरिक स्तरमा ब्यापक पहल आबश्यक भएको कुरामा जोड दिनुभयो । नेपालमा पिडितहरुले न्याय र राहत नपाए सम्म शान्ति प्रक्रिया पूर्ण नहुने भन्दै पहाडीले बिगतमा नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच भएको सहमति र पछिल्लो चरणमा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्र बिच भएको सहमति दुबैको केन्द्रबिन्दुमा दण्डहिनता रहेको हुँदा पिडितहरुले न्याय पाउने कुरामा शंका ब्यक्त गर्नुभयो । यस स्थितिमा अन्तराष्ट्रिय समुदाय र नेपालका प्रमुख राजनीतिक दलहरु बिच द्वन्द चर्कीन सक्ने सम्भाबना तर्फ पनि पहाडीले इगिंत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद यज्ञबहादुर थापाले शान्ति र अहिंसाका लागि सामुहिक पहलमा जोड दिदै त्यसबाट मात्रै लोकतन्त्रको भविष्य सुनिश्चित हुने धारण ब्यक्त गर्नुभयो । सभापतिको आसनबाट बोल्दै समाजका सभापति गंगाधर अधिकारीले बिद्यालय लक्षित गरेर बिस्फोटक पदार्थ राखिनु र आतंक सिर्जना गर्नु मानबता बिरुद्धको अपराध भएके धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कँडेल, महासचिब उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल र महिला सुरक्षा दबाब समुहका पूर्ब महासचिब रत्न लक्ष्मी श्रेष्ठले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कवि सुदेश सत्यालले कबिता बाचन गर्नुभएको थियो ।