नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन

नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन
रुकुम पश्चिम चौरजहारीमा पाँच जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागि संसदिय समिति गठन गर्न, दोषीमाथि कानुनसम्मत कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज नवलवरासी सुस्ता पश्चिमले जेठ १७ गते बिहान बर्दघाट चोकमा विरोध प्रदर्शन सहितको कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न शिघ्र संसदीय समिति गठनमा जोड दिँदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहने बताउनुभयो ।
संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहिले गठन गरेको समितिबाट आम जनताले सामाजिक न्याय पाउने अपेक्षा गर्न नसक्ने बताउदै यो घटनामा सरकार गम्भिर नभएको बताउनु भयो । नेपाल पत्रकार सहासंघ नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, दलित संघका राजेन्द्र सुनार लगायतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनु भयो । मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाका सभापति सन्तोष अधिकारी, अधिकारकर्मीहरु प्रकाश न्यौपाने र गणेश न्यौपानेले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनीतिक दलका प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनका सहभागी सबैलै जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदिय समिति गठन गर, दोषिलाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले कार्ड बोकेका थिए ।
यसैगरी जेठ १७ गते बिहान रुपन्देहीस्थित देवदह नगरपालिका खैरेनीमा रुकुम घटनाको विरोधमा विभिन्न संस्थाहरुद्वारा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाण्डौमा विरोध प्रदर्शन/ दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन

काठमाण्डौमा विरोध प्रदर्शन÷ दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन
रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाको निन्दा गर्दै सो घटनाको उच्च स्तरीय निष्पक्ष छानविन र दोषीहरुलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते बिहान काठमाण्डौको बौद्धमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।
५ जना नागरिकको मृत्यु भएको, एक जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्नका लागि शान्ति समाजले ध्यानाकर्षण गराउँदै आएको छ ।
विरोध प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले २५ वर्षदेखि शान्ति समाजले दलित अधिकार मानव अधिकार भन्ने नारासहित सामाजिक न्यायका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै रुकुम पश्चिमको घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही नभए दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन थाल्ने बताउनुभयो । समाजका सल्लाहकार होमकान्त चौलागाई र काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीले दण्डहीनताका कारण मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको बताउनुभयो । प्रदर्शनको संयोजन काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनीले गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा जेठ १५ गते तुलसीपुरमा प्रदर्शन सम्पन्न भएको थियो ।

रुकुम घटनाको निन्दा/विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन

रुकुम घटनाको निन्दा/विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन

देशका विभिन्न भागमा घटेका जातीय विभेद÷हिंसाका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनाले शान्ति समाज मर्माहत भएको छ । चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न शान्ति समाजले निरन्तर जोड दिँदै आएको छ । दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको छ । रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरु मथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको छ ।
रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानविन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न शान्ति समाज पुन आग्रह गर्दछ ।
यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा जेठ १५ गते विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शन पश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गर्नुभएको थियो ।
अर्को प्रदर्शन जेठ १५ गते दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते विहान ८ बजे बौद्धमा हुँदैछ ।
यसैगरी शान्ति समाजका सदस्यहरु, दलित अगुवा र सामाजिक अभियन्ताहरुको सहभागितामा जेठ १४ गते अपरान्ह वुटवलमा विरोध प्रदर्शन सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७७ जेठ १५ गते

शान्ति समाज रुपन्देहीद्वारा सञ्चारकर्मीहरुलाई ९० हजारको खाद्यान्न सहयोग

शान्ति समाज रुपन्देहीद्वारा सञ्चारकर्मीहरुलाई ९० हजारको खाद्यान्न सहयोग

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रुपन्देहीस्थित श्रमजिवी पत्रकारहरुका लागि रु. ९० हजारको खाद्यान्न सहयोग गरेको छ । २०७७ जेठ ३ गते वुटवलस्थित नेपाल पत्रकार महासंघको जिल्ला कार्यालयमा १ हजार २ सय ५० केजी चामल, १०० केजी दाल, ५० लिटर तेल, सावुन सहितको सामग्री नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीलाई शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल सम्मिलित शान्ति समाजको टोलीले हस्तान्तरण गरेको थियो । सो प्रयोजनका लागि साझा हस्पिटल वुटवलबाट रु. २९ हजार, शान्ति समाजका सदस्यहरु खेमलाल कंडेलबाट रु. १७ हजार, कमल ढुंगानाबाट रु. १७ हजार, गणेश पाण्डेबाट रु. ११ हजार, ज्ञानप्रसाद खनालबाट रु. ११ हजार र शैशव खनालका अभिभावकबाट रु. ५ हजार सहयोग प्राप्त भएको थियो ।

सीमा अतिक्रमण अपराध/कृष्ण पहाडीसहित २२ अधिकारकर्मी गिरफ्तार

सीमा अतिक्रमण अपराध/कृष्ण पहाडीसहित २२ अधिकारकर्मी गिरफ्तार
भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७७ वैशाख ३० गते दिउँसो भारतीय दुतावास लैनचौर अगाडि बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनबाट प्रहरीले विख्यात अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।
विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा २०७७ वैशाख ३० गते विहान तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पुर्व सभापतिहरु मोहन धिताल, निर्मल नेपाली, उपसभापति तुलसीराम सुनुवार, सचिव निर्मला डाँगी, सहसचिव उषा गौतम, सदस्य भीमलाल मरासिनी लगायतको सहभागिता थियो ।

अतिक्रमण विरुद्ध वुटवलमा शान्ति समाजको प्रदर्शन/अर्को प्रदर्शन भारतीय दुतावास अगाडि हुने

अतिक्रमण विरुद्ध वुटवलमा शान्ति समाजको प्रदर्शन/अर्को प्रदर्शन भारतीय दुतावास अगाडि हुने
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध वुटवलस्थित अस्पताल लाइनमा २०७७ वैशाख २९ गते दिउँसो धर्ना प्रदर्शन गरेको छ । प्रदर्शनमा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल, केन्द्रिय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरी पाण्डेय, विक्रम खड्का, अर्जुन ज्ञवाली, कपिल ज्ञवाली, धनकुमारी खनाल, कृष्ण पाण्डे लगायतको सहभागिता थियो ।
विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भुमी संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध २०७७ वैशाख ३० गते मंगलबार दिउँसो १२ बजे भारतीय दुतावास लैनचौर खानी विभाग अगाडि धर्ना प्रदर्शन आयोजना गर्दैछ । विद्यमान अवस्थाका कारण सहभागिता संख्या सिमित गरी आवश्यक दुरी कायम गर्दै प्रदर्शन गरिने छ ।

भारतीय अतिक्रमणको निन्दा

भारतीय अतिक्रमणको निन्दा
लिपुलेक लगायतको नेपाली भु भाग अतिक्रमण गरी भारतले बाटो निर्माण गरेको घटनाको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । नेपाली भुमीमा बाटो निर्माण कार्य तत्काल रोक्न र कालापानीबाट यथाशीघ्र भारतीय सेना फिर्ता गर्न शान्ति समाज पुन भारत सरकारलाई आग्रह गर्दछ । यसैगरी नेपाली भुभागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भुमी कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपुर्ण तवरमा कुटनीतिक÷राजनीतिक पहल तिव्र बनाउन नेपाल सरकार समक्ष शान्ति समाज पुन आग्रह गर्दछ ।
भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भुभाग लिम्पीयाधुरा लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आहत भएको थियो । त्यसबेला उक्त राजनीतिक नक्सा तुरुन्त सच्याउन र अतिक्रमित नेपाली भुभागबाट भारतीय सेना तत्काल फिर्ता गर्न आह्वानसहित शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा विभिन्न जिल्लामा दर्जन भन्दा बढी धर्ना प्रदर्शन सम्पन्न भएको थियो । यसैगरी सो विषयमा भारतीय प्रधानमन्त्रीसँग छलफल गर्न र यस्तो संवेदनशिल विषयमा नेपाल सरकारले कुटनीतिक÷राजनीतिक तवरमा गरेको पहल सहितको सम्पुर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री के.पी शर्मा ओलीलाई आग्रहसहित दुई दर्जन भन्दा बढी जिल्लामा शान्ति समाजका जिल्ला शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका थिए । तर यस्तो संवेदनशिल विषयमा नागरिक स्तरबाट अघि सारिएका सुझावहरुप्रति सरकार उदासिन रह्यो । एकातिर भारत आक्रामक ढंगले नेपाली भुभाग अतिक्रमण गरिरहेको छ, अर्कोतिर यस्तो संवेदनशील विषयमा कुटनीतिक÷राजनीतिक पहलमा नेपाल सरकार शिथिल र संवेदनहिन देखिन्छ । यस्तो गम्भीर विषयलाई अन्तराष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउन समेत नेपाल सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव
मावन अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७७ वैशाख २८

शान्ति समाजद्वारा दुई वृद्धाश्रमलाई रु. ५० हजार सहयोग

शान्ति समाजद्वारा दुई वृद्धाश्रमलाई रु. ५० हजार सहयोग
काठमाण्डौ टौदहस्थित निजानन्द वृद्धाश्रम र गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रमलाई मानव अधिकार तथा शान्ति समाजले रु. ५० हजारको खाद्य सामग्री सहयोग गरेको छ । २०७७ वैशाख २६ गते शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल र सदस्य भगवान पुडासैनीको टोलीले मानव अधिकार तथा शान्ति समाजका तर्फबाट चामल, दालसहित खाद्य सामग्री उक्त वृद्धाश्रमहरुमा हस्तान्तरण गर्नुभएको थियो । सो कार्यका लागि अग्रजहरु काठमाण्डौ निवासी डा. देवेन्द्रराज पाण्डे र पद्या पाण्डेले रु. २५ हजार र विराटनगर निवासी बद्रीप्रसाद पहाडीले रु. २५ हजार शान्ति समाजलाई प्रदान गर्नुभएको थियो । पाण्डे र पहाडी परिवारप्रति शान्ति समाज आभार व्यक्त गर्दछ ।

विवादास्पद अध्यादेशको निन्दा/प्रतिगमन उन्मुख कृत्यको विरोधमा एकजुट हुन आग्रह

विवादास्पद अध्यादेशको निन्दा/प्रतिगमन उन्मुख कृत्यको विरोधमा एकजुट हुन आग्रह
कोभिड १९ को त्रासदीका कारण देशमा लकडाउन लागु भएको बेला मन्त्री परिषद्ले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गरेको समाचारप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । संकटको यो अवस्थामा यस्तो अध्यादेश ल्याउनुपर्ने औचित्य सिद्ध हुन सक्दैन । समाचारमा आएजस्तो संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने प्रावधान अध्यादेशमा निहित रहेको हो भने सरकार संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षत विक्षत बनाउन खोज्दै छ ।
यसैगरी वर्तमान संवेदनशिल अवस्थामा राजनीतिक दल सम्बन्धी ऐन संशोधनको लागि अध्यादेश ल्याउने प्रस्ताव दुर्भाग्यपुर्ण छ । यस्ता कदमले सरकारले संयम गुमाएको र संवेदनहिन देखिएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । संकटको बेला नागरिकको जीवन रक्षाका विषयमा अधिकतम केन्द्रित हुनुपर्नेमा विषयान्तर भएर सरकारले गरेको यस्तो लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको शान्ति समाज निन्दा एवं भत्र्सना गर्दछ । साथै प्रतिगमन उन्मुख कुनै पनि कृत्यको विरोधमा एकजुट हुन पनि सबैलाई आह्वान गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७७ वैशाख ८

बाँदरलाई खाद्य सामग्री

बाँदरलाई खाद्य सामग्री
मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाले २०७७ वैशाख ३ गते बाँदरहरुलाई खाद्य सामग्री उपलब्ध गराएको छ । शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बरालको सौजन्यबाट रु. ९ हजारको पाउरोटी, चनासहितको खाद्य सामग्री काठमाण्डौ गुहेश्वरीदेखी पशुपति विश्वरुप सम्मका बाँदरहरुलाई समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, सचिव ईश्वर पुडासैनी लगायतले वितरण गर्नुभएको थियो ।
शान्ति समाजले क्रमशः कुकुर, माछा, असहाय बाच्छाबाच्छीहरुलाई खाद्य सामग्री उपलब्ध गराउने भएको छ ।