समाजसेवी बद्री पहाडीद्वारा मादी बिद्यालयलाई लाखौंको जग्गा प्रदान

समाजसेवी बद्री पहाडीद्वारा मादी बिद्यालयलाई लाखौंको जग्गा प्रदान

प्रेस विज्ञप्ति
समाजसेवी बद्री पहाडी द्वारा मादी बिद्यालयलाई लाखौंको जग्गा प्रदान
प्रसिद्ध समाजसेवी बद्रीप्रसाद पहाडीले आफूले अध्ययन गरेको र केही समय अवैतनिक अध्यापन गरेको संखुवासभा स्थित मादी माध्यामिक बिद्यालयलाई लाखौँ मुल्यको जग्गा प्रदान गर्नुभएको छ । मादी बिद्यालयले फागुन १६ गते बिद्यालय प्राँगणमा समाजसेवी पहाडीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा उक्त घोषणागर्दै बिद्यालयका जेहेन्दार छात्र छात्रालाई प्रोत्साहन प्रदान गर्न रु. १ लाख नगद समेत हस्तान्तरण गर्नुभएको छ । सोही रकमबाट प्राप्त हुने ब्याजबाट कक्षा १० मा उच्च स्थान हासिल गर्ने एक छात्र र एक छात्रा गरि दुईजनालाई नगद पुरस्कार प्रदान गरिने छ । स्मरणीय छ ८४ बर्षिय समाजसेवी पहाडीले मादी स्थित आफ्नो पैतृक जग्गाको एक हिस्सा मादी नगरपालिका र एकहिस्सा मादी क्याम्पसलाई यसअघि नै प्रदान गरिसक्नु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नाग।िरक अगुवा डा. देबेन्द्रराज पाण्डेले कुनै काल खण्डमा शिक्षाका लागि विख्यात मादी आउँदा आफुलाई गर्व लागेको बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक आन्दोलनका अगुवा एवं कवि अर्जुन पराजुलीले गाउँ किन आउने शिर्षकको कबिता र कवि सुदेश सत्यालले फर्केर आउ घर शिर्षकमा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, बरिष्ट उपसभापति गोबिन्द खनाल, महासचिव सुशिल बस्नेत, मादी नगरपालिकाका मेयर बिदुर लिङथेप, बिद्यालयका प्रधानअध्यापक शान्तिकुमार दाहाल, गायत्री प्रसाद दाहाल, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजले तयार पारेको हिमालय बचाउ नदी जोगाउ, शान्ति हाम्रो अधिकार र लागू औषध÷मदिरा दुब्र्यशन अन्त्यका लागि तयार पारिएको तीन अलग अवधारणापत्र बितरण गरिएको थियो । सोही दिन मादी नगरपालिका र मादी बहुमुखी क्याम्पसद्वारा समाजसेवी पहाडीको स्वागतमा आयोजित कार्यक्रममा समेत शान्ति समाजका अभियन्ताहरु सहभागि हुनुभएको थियो ।

 

संखुवासभाको मकालुबाट हिमालय बचाउ नदी जोगाउ अभियान प्रारम्भ

प्रेस विज्ञप्ति
संखुवासभाको मकालुबाट हिमालय बचाउ नदी जोगाउ अभियान प्रारम्भ
नागरिक आन्दोलनका अगुवा डा. देबेन्द्रराज पाण्डेले हिमालय संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोडदिनु भयो । मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाद्वारा फागुन १५ गते सरदमुकाम खाँदबारीमा आयोजित हिमालय बचाउ नदी जोगाउँ बिषयक नागरिक सभामा बोल्दै डा.पाण्डेले बातावरण संरक्षण राज्यको प्राथमिकता हुनुपर्ने बताउनु भयो । प्रशिद्ध समाजसेवी बद्रीप्रसाद पहाडीले ५७ बर्ष अगाडि जनप्रतिनीधिका रुपमा खाँदबारीमा बसेर काम गरेको स्मरण गर्दै मकालुको काखमा अवस्थित संखुवासभाको पर्यावरण संरक्षित राख्न आग्रह गर्नुभयो । बातावरण बचाउन राज्य, समाज गम्भिर नहुने हो भने अकल्पनीय बातावरणीय संकट उत्पन्न हुनसक्ने कुरा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताउनु भयो । पहाडीले जगत नरहे जीबन नरहने भन्दै जगतमुखी, जीबनमुखी र सेवामुखी उदेश्यले कार्यगर्न सबैलाई आग्रह गर्नुभयो ।
शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले नदी सफाई अभियानको अनुभव साझेदारी गर्दै नदीनाला प्रदुषित र बिकृत नबनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नागरिक आन्दोलनका अगुवा एवं कवि अर्जुन पराजुली र छन्दकवि सुदेश सत्यालले समसामयिक बिषयमा कबिता प्रस्तुत गर्नुभएको थियो । शान्ति समाज संखुवासभा शाखाका सभापति नरबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न सभामा शान्ति समाजका महासचिव सुशिल बस्नेतले शान्ति समाजद्वारा तयार गरिएको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने शान्ति समाजका बरिष्ट उपसभापति गोबिन्द खनाल, अनुसाशन समितिका संयोजक डिकप्रसाद घिमिरे, संखुवासभा जिल्ला समन्वय सभापति सुमन शाक्य, खाँदवारी नगरपालिकाका उपमेयर डिगेश्वरी श्रेष्ठ, नेकपाका संखुवासभा अध्यक्ष हेमराज घिमिरे, नेपाली काँग्रेसका संयम नेपाली र नागरिक समाज संखुवासभाका चित्ररेखा अधिकारीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यस्तै फागुन १५ गते बिहान संखुवासभा खाँदबारीस्थित मुख्यचोक मत्स्य पोखरी र आसपासका क्षेत्रमा सफाई कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि शान्ति समाजले फागुन १४ गते संखुवासभाको मकालु गाउँपालिका नुमबाट हिमालय बचाउ, नदी जोगाउँ अभियान प्रारम्भ गरेको थियो । यस सम्बन्धमा शान्ति समाजले तयार गरेको दुईबुँदे अवधारणापत्र लोकतान्त्रिक आन्दोलनका अगुवा अग्रज डा. देबेन्द्रराज पाण्डेले नुममा बितरण गरि अभियान प्रारम्भ गर्नुभएको थियो ।

श्री भोजराज पोखरेललाई यस वर्षको कर्मयोगी बद्री पहाडी पुरस्कार

प्रेस विज्ञप्ति
श्री भोजराज पोखरेललाई यस वर्षको कर्मयोगी बद्री पहाडी पुरस्कार

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ श्री भोजराज पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त श्री पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७६ चैत १ गते शान्ति समाजद्वारा काठमाण्डौँमा आयोजना गरिने एक विशेष कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पोखरेललाई पुरस्कृत गरिने छ ।
२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी तीन दशक भन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व वहन गर्नुभएको थियो ।
सन् २००८ मा वंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०÷११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले श्री पोखरेललाई दुई पटक उच्च स्तरीय प्यानलमा नियुक्त गर्नुभएको थियो । युनाइटेड स्टेट्स इन्स्टीच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो श्री पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह अध्यक्ष हुनुहुन्थ्यो भने हाल उहाँ कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समुहको सदस्य हुनुहुन्छ ।

समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६ फागुन १३
फोन : ९८५११७५७७७

मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन

मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन

मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन
१. बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत बिधेयकहरुमा निहित स्वतन्त्रता बिरोधि प्रावधान हटाउन आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७६ फागुन ११ गते दिउँसो काठमाण्डौँ माइतिघरमा प्रदर्शन गरेको छ । वाईडबडी÷न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति बिरोध गर्दै शान्ति समाजले एक घण्टा प्रदर्शन गरेको हो । यसैगरी पछिल्लो संस्करणमा तत्कालिन मन्त्री एवं मन्त्रि परिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायत माथि गहिराईमा छानवीन गरि कारवाही प्रकृया अघि बढाउन शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
यसैगरी संसदमा प्रस्तुत सुचना प्रबिधि लगायत संचारक्षेत्रसंग सम्बन्धित आधा दर्जनभन्दा ज्यादा बिधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन पनि शान्ति समाजले प्रदर्शन मार्फत पुन ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।
२.अहिंसावादी पदयात्रीहरुसँग छलफल
जय जगत भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र शान्ति समाजका सदस्यहरुबिच छलफल सम्पन्न भएको छ । शान्ति समाज केन्द्रिय कार्यालयमा फागुन ११ गते सम्पन्न छलफलमा पदयात्रीहरुले पदयात्राको उद्देश्य र शान्ति समाजका सदस्यहरुले जगतमुखी जीवनमुखी सेवामुखी उद्देश्य अनुरुप सञ्चालित अभियानका अनुभव आदान प्रदान गरेका थिए । स्मरणीय छ, अहिंसालाई मूल मन्त्र मानि महात्मा गान्धीको विचार प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ । ५० जना पदयात्रीमध्ये नेपाल आएका ५ जना पदयात्रीमा सन्तोष सिंह, कैलाश भाई, कम्तुरी पट्टेल, सवनम शाह र सिताराम रहेका छन् । कार्यक्रममा शान्ति समाजका तर्फबाट जय जगत अभियानलाई रु. १६ हजार सहयोग पनि हस्तान्तरण गरिएको थियो ।
३. हिमालय बचाउँ ः नदी जोगाउँ अभियान ः प्रदेश नम्बर १ का ५ जिल्लामा कार्यक्रम
विगत १४ वर्षदेखी जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियानका साथसाथै हिमालय बचाउँ आन्दोलन समेत सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले हिमालय बचाउँ नदी जोगाउँ शिर्षकमा केन्द्रित रहि प्रदेश नम्बर १ मा २०७६ फागुन तेस्रो साता आधा दर्जन कार्यक्रम आयोजना गर्ने भएको छ ।
अभियानको पहिलो चरण फागुन १४ गते संखुवासभाबाट प्रारम्भ भई फागुन १९ गते मोरङमा समापन हुनेछ । अभियानका लागि दर्जन अभियन्ताहरु फागुन तेस्रो साता काठमाण्डौबाट संखुवासभा जादैँ हुनुहुन्छ ।

मनकारी श्री बद्री पहाडीद्वारा रु. १ करोड सहयोग

मनकारी श्री बद्री पहाडीद्वारा रु. १ करोड सहयोग

प्रेस विज्ञप्ति
मनकारी श्री बद्री पहाडीद्वारा रु. १ करोड सहयोग
विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता श्री बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यालय भवन निमार्णका लागि रु. एक करोड सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमश जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ । यो विशाल राशी सहयोगका लागि मनकारी श्री बद्रीप्रसाद पहाडीप्रति मानव अधिकार तथा शान्ति समाज हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ । स्मरणीय छ पहाडी परिवारद्वारा सेवामुखी विभिन्न संघ संस्था तथा निकायलाई यस वर्ष १ करोड ३२ लाख नगद र जग्गा गरी पौने दुई करोड सहयोग प्रदान गरिएको छ ।

समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६ फागुन ७

शान्ति समाजद्वारा थप पाँच पुरस्कार स्थापना

शान्ति समाजद्वारा थप पाँच पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा थप पाँच पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले स्व.राधादेवी दाहाल स्रष्टा सौगात, स्व. श्रीप्रसाद दाहाल स्रष्टा सौगात, स्व. श्रीनारायण दाहाल स्रष्टा सौगात, स्व. जोगमाया बराल स्रष्टा सौगात र स्व. भूमीप्रसाद बराल स्रष्टा सौगात गरी थप ५ वटा पुरस्कार स्थापना गरेको छ । यो सँगै शान्ति समाजले स्थापना गरेको पुरस्कार संख्या ८ पुगेको छ । स्रष्टा सौगात पुरस्कार अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका ५ जना स्रष्टालाई जनही रु. १५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ श्री नारायण दाहालका पनाति, श्रीप्रसाद दाहालका नाति र राधादेवी दाहालका पति विराटनगर निवासी प्रसिद्ध समाजसेवा बद्रीप्रसाद पहाडीले अक्षयकोष खडा गर्न रु. ४ लाख र भूमीप्रसाद बराल र जोगमाया बरालका छोराहरु मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बराल र अच्युत बरालले रु. ३ लाख प्रदान गर्नुभएको छ । पहाडी र बरालद्वयप्रति शान्ति समाज हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ ।
पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापतिद्वय बिष्णु प्रसाद चापागाईं, रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे र कोषाध्यक्ष रामकृष्ण बराल सम्मिलित छनौट समिति गठन गरिएको छ ।

समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७६ फागुन १

पूर्व प्रधानमन्त्रीद्वयलाई राज्यले कारबाई गर्नुपर्छ

पूर्व प्रधानमन्त्रीद्वयलाई राज्यले कारबाई गर्नुपर्छ

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०७६ माघ २५ गते जारी गरेको प्रेस विज्ञप्ति यसैसाथ संलग्न छ ।

प्रेस विज्ञप्ति
पूर्व प्रधानमन्त्रीद्वयलाई राज्यले कारबाई गर्नुपर्छ
वहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान/अध्ययनले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको र गणतन्त्र स्थापनामा डा. बाबुराम भट्टराईको विशेष योगदान विदितै छ । तर त्यही योगदानको आधारमा उहाँहरुले उन्मुक्ति पाउन सक्नुहुन्न किनकि उत्कृष्ट लोकतान्त्रिक पद्धतिमा दण्डहीनता र उन्मुक्तिलाई कुनै स्थान हुदैन । प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको सन्दर्भमा अब राज्यले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारवाई हेतु प्रक्रिया अघि बढाउनु पर्छ र त्यसको न्यायिक निरुपण हुनुपर्छ ।
यसैगरी उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्छ र ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई सबैले स्विकार गर्नुपर्छ । गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण छ । उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्राईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन नेपाली कांग्रेसले शान्तिपूर्ण दबाब दिन खोजेको हो भने त्यसको म स्वागत गर्दछु र त्यस्तो अहिंसात्मक एवं रचनात्मक दबाबमा नागरिक समाज÷आन्दोलनले पनि सहकार्य गर्न सक्ने छ ।
पुनश्च, हाल नेपाली कांग्रेसका उपसभापति रहेका विजय गच्छदारमाथि मुद्धा चलाइएको घटनालाई नेपाली कांग्रेस माथिकै आक्रमण भनि एक कोणबाट भएको दुष्प्रचारले म दुखित छु । २०६३ को राजनीतिक परिवर्तन पश्चात नेपाली कांग्रेस परित्याग गरी २०७४ सालसम्मको १२ वर्षको अवधिमा विजय गच्छदारले सार्वजनिक तवरमा नेपाली कांग्रेसप्रति व्यक्त गरेको घृणा र आरोपको सुची लामो छ । साथै नेपाली कांग्रेसका तर्फबाट नभई अर्कै राजनीतिक दलको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको रुपमा राष्ट्रिय हित विपरित गच्छदारले गरेको निर्णयका कारण हाल गच्छदारमाथि मुद्धा चलेको धु्रव सत्यलाई मनन गर्न पनि इमान्दार कांग्रेसजनहरुलाई म सादर आग्रह गर्दछु ।
जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्र माथि खतरा छ भने नेताहरुको भ्रष्ट आचरण, उन्मुक्ति र दण्डहीनताका कारणले छ भन्ने मेरो धारणा छ ।

कृष्ण पहाडी
मिति : २०७६ माघ २५
समय : मध्यान्ह १२:१५ बजे

दागी नेताको पक्षमा उभिनु निन्दनीय

प्रेस विज्ञप्ति
दागी नेताको पक्षमा उभिनु निन्दनीय
ललिता निवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकातिर पूर्व उप प्रधानमन्त्री विजय गच्छदारसहित १७५ जना माथि मुद्धा दायर गरेको तर उक्त प्रकरणमा मूल जिम्मेवारहरुलाई उन्मुक्ति दिन खोजेको साथै नेपाली कांग्रेसले आफ्ना उपसभापति विजय गच्छदारमाथिको मुद्धा वदनियतपूर्ण भएको बताउँदै सदन अवरुद्ध गरेको र आफ्ना भातृ संगठनहरुलाई सडकमा उतार्ने निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
वालुवाटार जग्गा घोटाला प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल (छोराको नाममा ललिता निवासको आठ आना जग्गा रहेको) लाई मुद्धा नचलाएर अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गरेको छ जुन दुर्भाग्यपूर्ण छ । यसैगरी पूर्व उपप्रधानमन्त्री विजय गच्छदारमाथिको मुद्धालाई प्रभावित गर्दै निजलाई चोख्याउने नियतले नेपाली कांग्रेसले गरेको विरोध पनि दुर्भाग्यपूर्ण छ । भ्रष्टाचार प्रकरणमा दागी नेताहरुको उन्मुक्तिका लागि सत्तारुढ र प्रमुख प्रतिपक्षि दलहरु लाग्नु निन्दनीय छ ।
देशभरी सार्वजनिक जग्गा÷राज्यको सम्पत्ति हडप्नका लागि विचौलियाहरु सक्रिय रहेको र तिनको प्रभावमा राजनीतिक, न्यायिक र प्रशासनिक निकायका व्यक्तिहरुले अनुचित कार्य गरेका कैयन उदाहरणहरु छन् । त्यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कानुन सम्मत कारवाई हुनुपर्छ भन्ने धारणा शान्ति समाजको रहेको छ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारवाईको दायरामा ल्याउनुपर्ने उद्देश्यले नेपाली कांग्रेसले शान्तिपूर्ण तवरमा दवाव सिर्जना गर्न खोजेको हो भने त्यो स्वागत योग्य छ तर दागी उप सभापति विजय गच्छदारको पक्षमा नेपाली कांग्रेस होमिनु आपत्तिजनक एवं निन्दनीय र आत्मघाती हुने स्मरण गराउँदै दण्डहिनताको अपसंस्कृतिलाई अन्त्य गर्नका लागि योगदान गर्न सम्बन्धीत सबैलाई शान्ति समाज आग्रह गर्दछ ।

समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७६ माघ २४

स्रष्टाहरुको सम्मानमा एक दर्जन पुरस्कार स्थापना हुने

प्रेस विज्ञप्ति
स्रष्टाहरुको सम्मानमा एक दर्जन पुरस्कार स्थापना हुने
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र जगत बचाउने अभियानमा साहित्य, कला मार्फत समेत कार्यक्रम सञ्चालन गर्दै आइरहेको मानव अधिकार तथा शान्ति समाजले स्रष्टाहरुको सम्मानमा कम्तिमा एक दर्जन पुरस्कार स्थापना गर्ने लक्ष्य रहेको संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभएको छ ।
समाजद्वारा २०७६ माघ २३ गते काठमाण्डौँमा आयोजित ८७ औँ शान्ति काव्य प्रवाहमा बोल्दै पहाडीले जो सँग छ उनीहरुले दिनुपर्छ भन्नेमा जोड दिनुभयो ।
समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा र उपसभापति रेनुका पौडेलको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा देश दुखेको, स्वाभिमान दुखेको पिडादेखी जल जोगाउने आग्रहसम्म पोखिएको थियो । काव्य प्रवाहमा ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, रामेश्वरी पन्त, मेनका पोख्रेल आचार्य, ऋचा, पुनम घिमिरे, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, विजयध्वज थापा, त्रिभुवन चन्द्र वाग्ले, मुकुन्द पौडेल, त्रिपुरा पौडेल, कुसुम शर्मा, रुद्र अधिकारी, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशीश शैली, दुर्गा वनवासी, गगनदीप सर्व, उर्मिला पन्त पाण्डे, अच्युत प्रसाद पौडेल, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रमादेवी दाहाल सहित २५ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

कृष्ण पहाडीको खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा

कृष्ण पहाडीको खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा

प्रेस विज्ञप्ति
कृष्ण पहाडीको खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा
विख्यात अधिकारकर्मी, नागरिक आन्दोलनका नेता एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको छ । यसैगरी आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गर्नुभएको छ ।
५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६ माघ २२