कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष

प्रेस विज्ञप्ति
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष
मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ स्थापना गरेको छ । सुप्रसिद्ध समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत १ गते समाजसेवा÷प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गरेका एक जना व्यक्तित्वलाई रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित प्रदान गरिने छ । यसका लागि अक्षय कोष स्थापनार्थ पहाडी परिवारबाट रु. १० लाख नगद प्राप्त भएको छ । शान्ति समाज पहाडी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल, महासचिव सुशिल बस्नेत र शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे सम्मिलित छनौट समिति गठन गरिएको छ ।
स्मरणीय छ समाजसेवी पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा गरिसक्नुभएको छ । त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको जन्म भएको थियो ।
यसैगरी पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्ला स्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभुत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागी लाखौ मुल्यको ४ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो ।
समाजसेवी पहाडीले यसै महिना आफ्ना पिता स्व.पद्म प्रसाद दाहाल र आमा स्व. कृष्ण कुमारी दाहालको स्मृतिमा सेवा पुरस्कार स्थापनार्थ अक्षय कोष का लागी दाहाल प्रतिष्ठान लाई रु १० लाख र बिराट साहित्य संगम लाई पत्नी राधादेवी दाहालको स्मृतिमा रु १ लाख प्रदान गर्नुभएको थियो । यस्तै पत्नी स्व. राधादेवी दाहालको स्मृतिमा अक्षयकोष स्थापनार्थ परोपकार अभियान समुह बिराटनगरलाई रु ५ लाख प्रदान गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले मासिक रुपमा संचालन गर्दै आएको शान्ति काब्य प्रवाहमा कविहरुको पारिश्रमिक बृद्धि खातिर अक्षयकोष निर्माणका लागि पहाडीले रु. २ लाख प्रदान गर्नुभएको छ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६ माघ १९

युद्धको विरोधमा कविहरु/स्वतन्त्रतामाथि प्रहार हुन थालेकोप्रति आपत्ति

युद्धको विरोधमा कविहरु/स्वतन्त्रतामाथि प्रहार हुन थालेकोप्रति आपत्ति
युद्धको विरोध, शान्तिको आह्वानसहित २०७६ पुस २४ गते काठमाण्डौँमा ८६ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न काव्य प्रवाहमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अमेरिका र इरानबिच बढ्दो तनाव र आरोप प्रत्यारोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै युद्धलाई वढावा दिने कुनै पनि कदम नचाल्न अमेरिका र इरानका शासकहरुलाई आग्रह गर्नुभयो । अमेरिकी र इरानी जनताको शान्तिको अधिकारको सम्मान गर्न दुवै पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिदै पहाडीले यस्तो संकटको बेला राष्ट्रसंघ जस्ता साझा संस्थाले संकट समाधानका लागि गहकिलो योगदान गर्न आग्रह गर्नुभयो ।
काव्य प्रवाहमा सभापतिको आसनबाट बोल्दै समाजका सभापति उत्तम पुडासैनीले स्वतन्त्रतामाथि निर्घात प्रहार गर्ने गरी संसदमा विधेयकहरु प्रस्तुत हुन थालेकोप्रति आपत्ति व्यक्त गर्दै त्यस्ता विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन सरकारलाई आग्रह गर्नुभयो । पुस अन्तिम सातामा सम्पन्न काव्य प्रवाहमा कविहरुले नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरण पनि गरेका थिए ।
केन्द्रिय सदस्य नम्रता खरेलले सञ्चालन गर्नुभएको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, मदनराज थापा, डा. बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, मञ्जुश्री प्रधान, शान्ति शर्मा, पुष्पा धमला, पुनम घिमिरे, बिमला दाहाल, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, शिवराम खड्का, प्रकाश बस्नेत गफाडी, दुर्गा किरण तिवारी, त्रिपुरा पौडेल, कुसुम शर्मा, सीता बराल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, जनार्दन अधिकारी, निर्मल पराजुली, डिल्लीप्रसाद मूलतिहुन, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुंगेल, शान्ति नारायण श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, लालबहादुर भुजेल, सागर भट्ट, किशोर श्रेष्ठ, सहित ४४ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

पहाडीको २९ औँ पुस्तक प्रकाशित

पहाडीको २९ औँ पुस्तक प्रकाशित
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा नामक पुस्तक प्रकाशित भएको छ । यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु. ३०० मुल्य रहेको १२२ पृष्ठको यो पुस्तक विक्रिबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने छ ।
साहित्य÷सिर्जना फाँटमा कृष्ण पहाडीका दुई वटा कथा संग्रह, एउटा उपन्यास, दुई वटा गीत संग्रह, दुई वटा नियात्रा, दुई वटा नाटक संग्रह, चार वटा कविता संग्रह, दुई वटा मुक्तक संग्रह र छ वटा आलेख संग्रह, जेल जर्नल, दुई वटा प्रबन्ध÷निबन्ध संग्रह, एउटा अंग्रेजी कविता संग्रह र एउटा हिन्दी कविता संग्रह गरी २९ वटा पुस्तक प्रकाशित भएका छन् ।

स्वतन्त्रता बिरोधि बिधेयक तत्काल फिर्ता लिन आग्रह

प्रेस बिज्ञप्ति
स्वतन्त्रता बिरोधि बिधेयक तत्काल फिर्ता लिन आग्रह
सरकारले संसदमा दर्ता गराएको नेपाल बिशेष सेवाको गठन र संचालन सम्बन्धि कानूनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक प्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । आम नागरिक माथि स्वेच्छाचारी तवरले गुप्तचरीलाई बैधता दिने र नागरिकको गोपनियताको अधिकार माथी धावा बोल्ने नियतले अभिप्रेरित यो बिधेयक एकातिर राष्ट्रसंघिय मानव अधिकारको बिश्वब्यापी घोषणापत्रको धारा १२ ले प्रत्याभूत गरेको गोपनियताको हकको प्रतिकूल छ भने अर्कोतिर नेपालको संबिधानको भाग ३ मौलिक हक र कर्तब्य अन्तर्गत धारा २८ मा प्रत्याभूत गोपनियताको हकको मर्म बिपरित छ । तसर्थ स्वतन्त्रता बिरोधी यो बिधेयकलाई तत्काल फिर्ता लिन मानव अधिकार तथा शान्ति समाज सरकार समक्ष आग्रह गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज, केन्द्रिय कार्यसमिति
२०७६।०९।०३

वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान गरिने

वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान गरिने
वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान थाल्नेसहित ११ वटा प्रस्ताव पारित गर्दै मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) २०७६ मंसिर २७ र २८ मा दाङको तुलसीपुरमा सम्पन्न भएको छ । मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित सम्पन्न परिषद्मा देशभरीबाट २ सय ७० भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय परिषद्मा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लगायतका प्रस्तावहरु पारित भएका थिए भने परिषद् बैठकको सेरोफेरोमा २० वटा कार्यक्रम सम्पन्न भएको थियो ।
यस क्रममा दाङका शैक्षिक प्रतिष्ठानहरुमा दुव्र्यसन विरुद्ध १० वटा अन्तरक्रिया, वृक्षारोपण (कपुर, रुद्राक्ष, श्रीखण्ड, लगायत विरुवा रोपिएको), बबई नदी सफाई, शान्ति काव्य प्रवाह, तुलसीपुर नगर सफाई, शान्ति र्याली, रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने सहभागिहरुले तुलसीपुरस्थित शान्ति राप्ति उद्यानको अवलोकन गरेका थिए । त्यस अवसरमा तुलसीपुरका मेयर घनश्याम पाण्डेले सन् २०२० को नेपाल भ्रमण वर्षका सन्दर्भमा घुम्न जाऔँ तुलसीपुर अभियानबारे प्रकाश पार्नुभएको थियो ।
मंसिर २७ गते पञ्चकन्याहरुले ४ वटा मैनवत्ती प्रज्वलीत गरि प्रारम्भ भएको परिषद् बैठकको सभापतित्व समाजका सभापति उत्तम पुडासैनलीले गर्नुभएको थियो । उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवराज विश्वकर्मा, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, समाजका सल्लाहकार डा.गंगाधर अधिकारी, सामाजिक अभियन्ता लोकेश ढकाल, शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल, अधिकारकर्मी प्रताप पौडेल, पत्रकार महांसघ दाङका अध्यक्ष सविन प्रियासन, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला अधिकारकर्मी पद्मा चौधरी, ब्रहमकुमारी इश्वरीय विश्व विद्यालयका प्रमुख गिता दिदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै कवि अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको थियो भने २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रसंशा पत्रले सम्मान गरिएको थियो । मूल तयारी समितिका संयोजक तथा समाजका दाङ शाखा सभापति शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका केन्द्रिय महासचिव सुसील बस्नेतले गर्नुभएको थियो ।
मंसिर २८ गतेको सत्रमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सम्बोधन गर्नुभएको थियो । यसैगरी परिषद् बैठकका सहभागिहरुको सम्मानमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मंसिर २७ गते रात्रीभोजन र दाङका समाजसेवीहरुले दिवा भोजन तथा जलपानको आयोजना गर्नुभएको थियो । परिषद् बैठकमा यातायात खर्च सहभागिहरु आफैले हालेका थिए र आयोजनाको सम्पूर्ण खर्च दाङका उद्योगी, व्यापारी, समाजसेवीहरुको सहयोगमा आतिथेय दाङ शाखाले बहन गरेको थियो । परिषद् बैठकले उदार सहयोग, न्यानो माया, आत्मियता, हार्दिकता र अभूतपूर्व ऐक्यवद्धताका लागि विभिन्न संघ संस्था र दाङका नागरिकहरुप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
२०७७ को रा.प.बैठक कास्कीमा र २०७८ को रा.प.बैठक कपिलबस्तुमा आयोजना हुने भएको छ ।

अतिक्रमणको विरोध गर्दै भारतीय दुतावास अगाडि धर्ना

अतिक्रमणको विरोध गर्दै भारतीय दुतावास अगाडि धर्ना
७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर (मंसिर २४)का दिन मानव अधिकार तथा शान्ति समाजले भारतद्वारा भएको नेपाली भूभाग अतिक्रमण बिरुद्ध काठमाण्डौ लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरेको छ । धर्नामा भारत : हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।
यसैगरी भारतीय अतिmत्रमणको विरोध गर्दै शान्ति समाजका जिल्ला शाखाहरुले अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन दर्जनौ जिल्लामा प्रदर्शन गरेका छन् ।

शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक दाङमा

प्रेस विज्ञप्ति
शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक दाङमा÷ सिमा अतिक्रमणको विरोधसहित ९ वटा प्रस्ताव
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक २०७६ मंसिर २७–२८ गते दाङको तुल्सिपुरमा आयोजना हुने भएको छ । मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित आयोजना हुन गइरहेको राष्ट्रिय परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभागीय संयोजकहरु, समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने भएको छ ।
राष्ट्रिय परिषद् बैठकमा सिमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान, कारागार सुधारसहित ९ वटा प्रस्तावमा छलफल हुँदैछ । यसैगरी वर्ष २०७५÷७६ को समाजको वार्षिक गतिविधि सम्बन्धी प्रतिवेदन, आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन, वार्षिक बजेट तथा कार्ययोजना समेत प्रस्तुत हुनेछ ।
राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको दाङ शाखा सभापति सरद रेग्मीको संयोजकत्वमा मूल तयारी समितिसहित आधा दर्जन बढी उपसमितिहरु गठन गरिएको छ ।
राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा शान्ति र्याली, शान्ति काव्य प्रवाह, वृक्षारोपण, विद्यालयहरुमा अन्तरक्रिया, र सरसफाई कार्यक्रमहरु समेत आयोजना हुने भएको छ ।

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७६ मंसिर ८

सीमा अतिक्रमणको तिव्र विरोध : कविहरु भन्छन् अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ

प्रेस विज्ञप्ति
सीमा अतिक्रमणको तिव्र विरोध : कविहरु भन्छन् अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७६ कात्तिक २८ गते काठमाण्डौँमा सम्पन्न ८५ औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भूभाग अतिक्रमणको तिव्र विरोध गरेका छन् । नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कविहरु समवेत स्वरमा गर्जिए ः अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती (कात्तिक २७) का सन्दर्भमा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित मेरो सम्झनामा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गर्नुभएको थियो ।
शान्ति समाज केन्द्रिय सदस्य सरस्वती ढकालले सभापतित्व गर्नुभएको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, डा.जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा. बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा बनवासी, पुनम घिमिरे, बिमला दाहाल, गंगा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रविन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुंगेल, टेकबहादुर लौडारी र कृष्ण पहाडी सहित ३८ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा

प्रेस विज्ञप्ति
नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा
कालापानी, लिपुलेक लगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति मानव अधिकार तथा शान्ति समाज तिव्र आपत्ति प्रकट गर्दै नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा गर्दछ । विगत ६ दशक देखी नेपालको कालापानी भूमी माथि भएको भारतीय अतिक्रमणलाई सच्याउनु पर्नेमा पुन पुरानै गल्ती दोहोर्याउदै त्यस्तो नक्सा प्रकाशित गर्नु दुर्भाग्यपूर्ण छ । भारतको यस्तो गल्तीले नेपाल भारतबीच विद्यमान सौहार्दपूर्ण, सुमधुर एवं नागरिक स्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ । तसर्थ उक्त गल्तीलाई शिघ्र सच्याउँदै नेपाली भूभाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।
ऐतिहासिक सत्यलाई लत्याउँदै पुरानै गल्तीलाई निरन्तरता दिँदा दक्षिण एशियामा भारत एक्लिएर जान सक्ने संभावनाप्रति भारत सरकार गम्भीर बन्नुपर्छ । यसैगरी नेपाली भूभागको संवेदनशिल विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्री स्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन शान्ति समाज आग्रह गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६/०७/२१

मानवता, करुणा, परोपकारका विषयमा कविता

मानवता, करुणा, परोपकारका विषयमा कविता

मानवता, करुणा, परोपकारका विषयमा कविता
दशैंको बिदाई र दिपावली तिहार, छठ लगायत पर्वहरुकोे स्वागत गर्दै शान्ति र सद्भावको कामना सहित ८४ औँ शान्ति काव्य प्रवाह २०७६ असोज ३० गते काठमाण्डौँमा सम्पन्न भएको छ । काव्य प्रवाहमा कविहरुले मानवता, करुणा, परोपकारका विषयमा कविता वाचन गरेका थिए । मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले र सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गर्नुभएको थियो ।
काव्य प्रवाहमा कविहरु डा.जीवन अधिकारी, मदनराज थापा, रत्ननीधि रेग्मी, डा. बमबहादुर जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, पुनम घिमिरे, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणी दाहाल, मुकुन्द पौडेल, मेनका पोख्रेल आचार्य, दुर्गा किरण तिवारी, कल्पना काफ्ले, प्रिति कौर, शान्ति शर्मा, उर्मिला पन्त पाण्डेय, कुसुम शर्मा, कौशिला रिसाल, रश्मि रिमाल, लक्ष्मी एडी, रुद्र अधिकारी, भुवन शिवाकोटी, डिल्लीप्रसाद मूलतिहुन, शिवराम खड्का, अच्युत प्रसाद पौडेल, जनार्दन अधिकारी, अतृप्त पाण्डेय, गणेशप्रसाद खतिवडा, रविन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश बस्नेत गफाडी, रविन्द्र ढुंगेल, टि एन भट्ट, टेकबहादुर लौडारी र कृष्ण पहाडी सहित ३९ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।