नागरिक सद्भाव यात्राबारे पाकिस्तानी राजदुतसँग छलफल÷ समसामयिक विषयमा ३ जना मन्त्रीको ध्यानाकर्षण

नेपालका लागि पाकिस्तानी राजदुत महामहिम डा.मजहर जावेद र मानव अधिकार तथा शान्ति समाजका पदाधिकारीहरुबीच शान्ति समाजद्धारा प्रस्तावित दक्षिण एसियाली नागरिक सद्भाव यात्राको विषयबारे छलफल भएको छ । २०७३ पौष १३ गते राजदुत दम्पतिले आफ्नै निवासमा आयोजना गर्नुभएको रात्रीभोज (डिनर) का दौरान सद्भाव यात्रा लगायत दक्षिण एशिया र शान्तिका विषयमा छलफल भएको थियो । राजदुत दम्पतिको निमन्त्रणामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी तथा ज्ञानु अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेँल तथा यमुना कडेँल, उप सभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव पुष्पा केसी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल र अनिता ढुङ्गेल, केन्द्रिय सदस्य कृष्ण बहादुर रावल, काठमाण्डौँ शाखाका सभापति रामकृष्ण बराल, पिस जर्नलका सम्पादक रविनचन्द्र कोइरालासहित १६ जना शान्तिवादीहरु उक्त कार्यक्रममा संलग्न हुनुहुन्थ्यो ।
यसै गरी शान्ति समाजको प्रतिनिधिमण्डलले आपुर्तीमन्त्री दिपक बोहरा र वन तथा भु–संरक्षणमन्त्री शंकर भण्डारीसँग पौष १३ गते भेटी समाजले अधि सारेको १० बुदेँ अवधारणाबारे ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । साथै पौष १२ गते कृषि विकासमन्त्री गौरीशंकर चौधरीसँग पनि छलफल सम्पन्न भएको थियो ।