स्वाभिमान माथि प्रहार हुनसक्ने खतरा

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग छलफल
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७३ कात्र्तिक २६  गते पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग समसामायिक विषयमा छलफल गरेको छ । छलफलका दौरान संविधान संसोधनको प्रकृया अघि बढाइदा संविधानको प्रस्तावनामा प्राथमिकताका साथ “अहिंसा” शब्दावली थप्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो । उक्त छलफलमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी दिनमा आउन सक्ने राजनीतिक जटिलता र स्वाभिमान माथि हुन सक्ने प्रहार सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, केन्द्रीय सदस्य पुष्पा केसी, विभागीय संयोजक रामचन्द्र गौतम, सदस्यहरु रामकृष्ण बराल, जगन्नाथ पुडासैनी, हरिभक्त पुडासैनी संलग्न हुनुहुन्थ्यो ।
यसैगरी समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग कात्र्तिक २६ गते अपरान्ह् छलफल गरेको छ । गृह मन्त्रालय सिंहदरबारमा भएको छलफलमा वारुदी सुरुङको प्रयोगमा प्रतिवन्ध सम्बन्धि ओटावा महासन्धी अनुमोदन गर्न, साना हतियारको ओसारपसार नियन्त्रणमा विशेष ध्यान दिन, प्राकृतिक विपत्तिका दौरान उद्धार, राहत र पुर्नवासका लागि विशेष संयन्त्र निर्माणमा जोड दिइएको थियो । यसैगरी लागुऔषध र लागुपदार्थ दुव्र्यसनको घटना बढ्दै जानु देश र समाजका लागि चिन्ताको विषय भएको हुदाँ यस्तो प्रवृत्तिले महामारीको रुप लिनु अगाडि नै रोकथामका लागि व्यापक पहल र अभियान सञ्चालन गर्न र लागुऔषधको दुव्र्यसन, लागुपदार्थको कारोबार र व्यसनमा संलग्नलाई कानुनी कारबाही गर्न आग्रह गरिएको थियो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, केन्द्रीय सदस्य पुष्पा केसी, विभागीय संयोजकहरु रामचन्द्र गौतम, बाबुराम न्यौपाने, दिपक पुडासैनी, सदस्यहरु रामकृष्ण बराल, जयराम पुडासैनी, जगन्नाथ पुडासैनी लगायत संलग्न हुनुहुन्थ्यो ।