सभामुख ओनसरी घर्तीसँग छलफल

मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७३ मंसिर १ गते सभामुख ओनसरी घर्तीसँग मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा लगायतका विषयमा छलफल गरेको छ । छलफलका दौरान संवैधानिक एवं राजनीतिक नियुक्ति गर्दा कम्तिमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, दक्षिण एशियाका सांसदहरुबीच शान्तिका लागि सहकार्य गर्न दक्षिण एशियाली सांसद मञ्चको स्थापनार्थ पहल गर्नुपर्ने, युद्ध निषेध ः शान्ति विशेष उक्त मञ्चको मुल उद्देश्य हुनुपर्ने, संविधान संसोधनको प्रकृया अघि बढाइदा संविधानको प्रस्तावनामा प्राथमिकताका साथ “अहिंसा” शब्दावली थप्नुपर्ने, लगायतका विषयमा जोड दिइएको थियो ।
यसैगरी लागुऔषधको दुरुपयोग र लागुपदार्थको दुव्यर्सन रोक्न विद्यमान कानुनको पुनरावलोकन, प्रभावकारी कानुनको व्यवस्था र कार्यान्वयन हुनु पर्ने आग्रह गरिएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, विभागीय संयोजक रत्नलक्ष्मी श्रेष्ठ, दिपक पुडासैनी, सदस्यहरु भरत बहादुर थापा, रामकृष्ण बराल र जयराम पुडासैनी संलग्न हुनुहुन्थ्यो ।