सेनामा नियुक्तिको प्रक्रिया निष्पक्ष, स्वच्छ र पारदर्शी हुनुपर्ने÷ नागरिक नियन्त्रण र लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन सुनिश्चित हुनुपर्ने

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ पुस ४ गते रक्षामन्त्री बालकृष्ण खाँणसँग भेटी समाजको १० वुदेँ अवधारणाबारे ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । छलफलमा समाजका तर्फबाट नेपाली सेनामा नियुक्ति विशेषतः अधिकृत तहको नियुक्तिको प्रक्रिया निष्पक्ष, स्वच्छ र पारदर्शी हुनुपर्ने, विगतमा जस्तो राजनीतिक प्रक्रियाका विषयमा नेपाली सेनाका तर्फबाट विज्ञप्ति जारी गर्ने र टिप्पणी गर्ने क्रम भविष्यमा दोहोरिनु नहुने, नेपाली सेनाको आधुनिकिकरण र दक्षता अभिवृद्धिको लागि ठोस नीति सहित कार्ययोजना हुनुपर्ने र सुरक्षा निकायमाथी नागरिक नियन्त्रण र लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालनको प्रक्रिया सदैव सुनिश्चित हुनुपर्ने कुरामा जोड दिइएको छ ।
यसै गरी प्राकृतिक विपत्तिका दौरान उद्धार र राहत कार्यमा नेपाली सेनाले निर्वाह गरेको भुमिकाको शान्ति समाजले प्रशंसा गर्दै मानव अधिकार संरक्षण, लोकतान्त्रिक मुल्य मान्यताको पालना र दण्डहिनताको अन्त्यका दिशामा पनि  प्रशंसा हासिल गर्ने हिसाबले कार्य सम्पादन होस् भन्ने आग्रह गरेको छ । उक्त छलफलमा मन्त्री खाँणले रक्षा मन्त्रालयसँग सम्बन्धीत शान्ति समाजले अघि सारेका वुदाँहरु लागु गर्ने कुरामा आफु प्रतिवद्ध भएको र अन्य विषय पनि सम्बन्धीत निकायमा उठाउने बताउनुभयो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, उपसभापतिहरु गोविन्द खनाल र रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर र समाजका सदस्यहरु बाबुराम न्यौपाने, चन्द्रमणी बञ्जारा सहित ९ जना अधिकारकर्मीहरु संलग्न हुनुहुन्थ्यो ।