सुशासनका लागि सार्वजनिक सुनुवाई थाल्नुपर्ने ÷शान्ति समाज केन्द्रीय समितिमा ६ सदस्य मनोनयन

मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा २०७३ माघ १ गते चितवनको भरतपुरमा राष्ट्रिय आवश्यकता ः सुशासन र पारदर्शिता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । शान्ति समाज चितवन शाखा सभापति काशिराम गिरीको सभापतित्वमा सम्पन्न गोष्ठीको प्रमुख अतिथि सांसद शेषनाथ अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले मानव अधिकार उल्लंघनकर्ताहरुलाई विगतमा पुरस्कृत गरेर  लोकतन्त्रको मर्ममाथी प्रहार भएको भन्दै भविष्यमा यस्ता घटना नदो¥याउन आग्रह गर्नुभएको छ । सुशासनको प्रत्याभुतिका लागि संरचनाहरुलाई सक्षम, निष्पक्ष र बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिदैँ पहाडीले नागरिक खबरदारी तिव्र बनाउनुपर्ने बताउनुभयो । भ्रष्टाचारका घटनामा शुन्य सहनशिलता र राज्यका काम कारबाईमा उच्च प्राथमिकता भन्ने आह्वानसहित शान्ति समाजद्धारा प्रारम्भ गरिएको अभियानका क्रममा आयोजित गोष्ठीमा सुशासनका लागि सार्वजनिक सुनुवाई थाल्नुपर्ने कुरामा जोड दिइएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका चितवन सचिव उत्तम जोशी, नेकपा एमाले चितवनका पुर्व अध्यक्ष जे एन थपलिया, समाजका सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, उपसभापति गोविन्द खनाल, महासचिव उत्तम पुडासैनी, केन्द्रीय सदस्य बाबुहरी आचार्य, नेपाल प्राध्यापक संघका केन्द्रीय महासचिव प्रकाश अधिकारी, शिक्षाविद् राजेश्वर खनाल, अधिकारकर्मीहरु बालकृष्ण पौडेल, विनोदखण्ड तिमल्सिना र शर्मिला पण्डितले मन्तव्य व्यक्त गर्नुभएको थियो । शान्ति समाज चितवनमा उप सभापति भुमिश्वर शर्माले स्वागत गर्नुभएको कर्यक्रमको सञ्चालन समाजका चितवन सचिव अर्जुन अधिकारीले गर्नुभएको थियो ।
मानव अधिकार तथा शान्ति समाजको १३० औँ केन्द्रीय कार्यसमिति बैठक २०७३ पौष २९ गते नवलपरासीको गैडाकोटमा सम्पन्न भएको छ  । समाजको विधान अनुसार केन्द्रीय कार्यसमितिले ६ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा र दुई दर्जन भन्दा बढीलाई विभागीय संयोजकमा मनोनयन गरेको छ । मनोनित केन्द्रीय सदस्यहरुमा रुपा पुडासैनी काठमाण्डौँ, कविता बस्नेत मोरङ, कमला थापा कास्की, रमा दवाडी ललितपुर, गीता तिमिल्सीना काठमाण्डौँ र यदु खतिवडा काठमाण्डौँ रहनुभएको छ । यस सँगै ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाहरुको प्रतिनिधित्व ११ जना अर्थात १ तिहाइ पुगेको छ । साथै स्थानेश्वर दुवाडीको संयोजकत्वमा ३ सदस्यीय सदस्यता अपिल समिति पनि गठन गरिएको छ । केन्द्रीय कार्यसमिति बैठकले देशको विद्यमान स्थितिबारे विश्लेषण गर्दै राजनीतिक समस्याको शान्तिपुर्ण समाधानका लागि थप पहल गर्ने सहित भावी अभियान र कार्यक्रमको प्रारुप बारे पनि छलफल गरेको छ । एकातिर शान्ति समाजको अभियान तथा कार्यक्रमहरु बढ्दै गएको अर्कोतिर समाजको थाप्लोमा क्रण पनि बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै क्रण तिर्नका लागि अर्थ संकलनका उपायबारे पनि बैठकमा छलफल  भएको थियो ।