उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटघाट÷सञ्चारमन्त्री र सहकारीमन्त्रीसँग छलफल

मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७३ मंसिर २ गते उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटी मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा लगायतका विषयमा समाजले सञ्चालन गरिरहेको अभियानका बारेमा अवगत गराएको छ ।
यस क्रममा समाजले सञ्चालन गरिरहेको हिमालय बचाउँ आन्दोलन, राहत अभियान, लागुपदार्थ विरुद्धको अभियान लगायतका विषयमा उपराष्ट्रपति पुनलाई अवगत गराईएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, विभागीय संयोजकहरु रत्नलक्ष्मी श्रेष्ठ, दिपक पुडासैनी, सदस्यहरु रामकृष्ण बराल र जयराम पुडासैनी संलग्न हुनुहुन्थ्यो ।
यसैगरी समाजको प्रतिनिधिमण्डलले मंसिर २ गते सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की र सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थानीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।
सुचना तथा सञ्चारमन्त्री कार्कीसँगको छलफलमा सुचना प्रविधिको विकास र विस्तारका लागि विशेष राष्ट्रिय नीति हुनुपर्ने, सुचना प्रविधिको पहुँच आम नागरिकसम्म पु¥याउनका लागि राज्यले विशेष पहल गर्नुपर्ने, हाल कायम रहेको चर्को इन्टरनेट शुल्क घटाउनुपर्ने, प्रत्येक विद्यालय÷ माहाविद्यालयहरुमा निशुल्क इन्टरनेटको व्यवस्था हुनुपर्ने लगायत विषयका जोड दिइएको थियो ।
यसैगरी समाजको प्रतिनिधिमण्डलले अहिंसा, सद्भाव र सहिष्णुता विथोल्ने र जाति, समुदायहरु माझ घृणा फैलाउने खालका समाचारहरुले सञ्चारमाध्यममा स्थान पाउन नहुने, शुद्धीकरणको अन्तराष्ट्रिय अधिकार सम्बन्धी महासन्धीका प्रावधानहरुको पालना हुनुपर्ने, झुठो र विकृत समाचारको प्रकाशन, प्रशारण दण्डनीय हुनुपर्ने, पत्रकारहरुको सामाजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने, पत्रकारहरुलाई आवासको व्यवस्था, सार्वजनिक यातायातमा उल्लेख्य छुट, सहुलियत दरमा सुचना प्रविधिको प्रयोगजस्ता सुविधा उपलब्ध गराइनुपर्ने, पत्रकारिता पेशालाई आकर्षक र मर्यादित बनाउन राष्ट्रले विशेष नीति प्रतिपादन गर्नुपर्ने, पत्रकारहरुको सुरक्षा सदैव राष्ट्रको प्राथमिकता बन्नुपर्ने, श्रमजिवी पत्रकारहरुका लागि तोकिएको न्युनतम पारिश्रमीक लागु हुनुपर्ने, अझै पनि कयाँै श्रमजिवी पत्रकारहरुले नियुक्तिपत्र नपाइरहेको परिस्थिति दुखद भएको हुदाँ त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने, प्रेस स्वतन्त्रतामाथि कुठाराघात गर्ने वा खण्डित गर्ने कुनै पनि क्रियाकलापलाई निरुत्साहित र दण्डित गर्नुपर्ने, पत्रकारमाथि सांघातिक आक्रमण गर्ने जोकोहीलाई पनि कानुनसम्मत कारबाही गर्नुपर्ने, अनुसन्धान, अध्ययन र खोजका लागि प्रत्येक जिल्लामा मिडिया स्रोत केन्द्र र पुस्तकालयको स्थापना हुनुपर्ने, साइबर अपराधको नियन्त्रणका लागि  विशेष कार्ययोजनासहित प्रभावकारी व्यवस्था हुनुपर्ने लगायतका बुदाँमा ध्यानाकर्षण गराइएको थियो ।
यस्तै सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थानीसँगको छलफलमा  गरिबी निवारणका लागि संसाधनको समुचित प्रयोग र उत्पादनको न्यायोचित वितरणसहित ठोस राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुपर्ने, रोजगारीको अवसरलाई तिव्र बनाउन, विशेष लगानीमैत्रि नीति अवलम्बन गर्नुपर्ने, निरपेक्ष गरिबीको रेखामुनि रहेकाहरुको विवरण सुचिकृत गरी निजहरुलाई राज्यले विशेष सेवा र सुविधा प्रदान गर्नुपर्ने, निजहरुको जीवनस्तर उकास्नका लागि ठोस योजना अवलम्बन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, विभागीय संयोजकहरु रत्नलक्ष्मी श्रेष्ठ, दिपक पुडासैनी, सदस्यहरु रामकृष्ण बराल र जयराम पुडासैनी संलग्न हुनुहुन्थ्यो ।
यसैगरी अन्तराष्ट्रिय सहिष्णुता दिवस मनाउने क्रममा शान्ति समाजले मंसिर १ गते साँझ काठमाण्डाँैको रत्नपार्कमा सहिष्णुता ः सभ्य र शिष्ट समाजको विशेषता भन्ने नारासहित १ घण्टा प्रदर्शन गरेको थियो ।