शान्ति समाजद्वारा काठमाण्डौमा राहत वितरण

शान्ति समाजद्वारा काठमाण्डौमा राहत वितरण
अति विपन्न ३५ श्रमिक परिवारलाई मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाले २०७७ वैशाख २ गते बिहान काठमाण्डौमा चामल, तेल, पिठो गरी रु. ७३ हजार ५ सयको राहत सामग्री वितरण गरेको छ ।
काठमाण्डौको गुह्ेश्वरीस्थित असहाय बाच्छाबाच्छी संरक्षण स्थल रहेको चौर नजिकै खुला स्थानमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीसहितले विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले २०७६ चैत ३० गते कोरोना भाईरस संक्रमण(कोभिड १९)का कारण लकडाउनका अवधिमा दैनिकी चलाउन कठिनाई सामना गरिरहेका दाङका विपन्न श्रमिक परिवारका लागि दाल, चामल गरि रु.२३ जार २ सय ५० को खाद्यान्न सामग्री हस्तान्तरण गरेको थियो ।