दाङमा राहत हस्तान्तरण/सहकार्य बाक्लो बनाउन र संयन्त्र निर्माण गर्न आग्रह

दाङमा राहत हस्तान्तरण/सहकार्य बाक्लो बनाउन र संयन्त्र निर्माण गर्न आग्रह
१. मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कोरोना भाईरस संक्रमण(कोभिड १९)का कारण लकडाउनका अवधिमा दैनिकी चलाउन कठिनाई सामाना गरिरहेका विपन्न श्रमिक परिवारका लागि दाल, चामल लगायत रु.२३ हजार २ सय ५० को उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । विमल रिजाल सहित शान्ति समाजका सदस्यहरुबाट प्राप्त उक्त सहयोग बिपन्न तप्कामा बितरण गर्ने गरि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई चैत ३० गते शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत, दाङ सभापति शरद रेग्मी, उपसभापति तुल्सीराम सुनार, सचिव निर्मला डाँगी सहितले हस्तान्तरण गर्नुभएको हो । फुड बैकमा जम्मा भएको उक्त राहत सामग्री विपन्न श्रमिकहरुलाई बितरण गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
२. मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष तिलोत्तमा—५, मणिग्राम निवासी युवा उद्यमी कृष्ण भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा सञ्चालित क्वारेन्टाईनमा दैनिक १० लिटर दुध र हप्ताको दुई पट्क पनिर सहयोग स्वरुप उपलब्ध गराउने हुनुभएको छ ।
३. लकडाउनको अवधिलाई सहजिकरण गर्न उपायहरुसहित सबै तहका सरकार÷निकायहरुले राहत सहितको सेवामुखी योजना अवलम्बन गर्न शान्ति समाज आग्रह गर्दछ ।
४. अन्य राष्ट्ररुमा झै कोभिड १९ का संक्रमित बिरामिहरुको उपचारमा प्रयोग गर्ने औषधिको आधिकारिक प्रोटोकल तयार गर्न सरकारलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी चिकित्सक÷ स्वास्थकर्मीहरु स्वयंलाई संक्रमणबाट सुरक्षाका लागि आवश्यक सामग्रीसहित प्रिभेन्टीभ औषधीको समेत व्यवस्था गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
५. चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा र संरक्षणका लागि पर्याप्त विमा, भइपरी आउँदा उल्लेख्य सहयोग व्यवस्था गर्न सरकारलाई शान्ति समाज पुन आग्रह गर्दछ । यसैगरी लकडाउनको अवधिमा चिकित्सकको परामर्श विना जथाभावी आफुखुसी औषधीको प्रयोग नगर्न सबै नागरिकहरुलाई शान्ति समाज आग्रह गर्दछ ।
६ .कोभिड १९ संक्रमण रोकथाम÷नियन्त्रणका लागि प्रभावकारी व्यवस्था हेतु सरकार, राजनीतिक समाज र नागरिक समाजबिच सहकार्यका लागि एक महिना अगाडिदेखी नै शान्ति समाजले आग्रह गर्दै आएको पुन स्मरण गराउँदै कोभिड १९ का कारण विद्यमान संकटको सामना र समाधानका लागि त्यस्तो सहकार्यलाई बाक्लो बनाउन र विज्ञ चिकित्सक÷स्वास्थ्यकर्मी समेत सम्मिलित संयन्त्र समेत निर्माण गर्न र सम्पुर्ण निकायहरुबिच समन्वयलाई प्रभावकारी बनाउन शान्ति समाज सरकारलाई पुन आग्रह गर्दछ ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६ चैत ३०