कार्कीविरुद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न नेपाली कांग्रेसले ढिला गर्न नहुने

मनवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७३ कात्र्तिक ११ गते विहान नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी शान्ति समाजले हाल सञ्चालन गरेको अभियान र समसामायिक विषयमा छलफल गरेको छ ।
प्रतिनीधिमण्डलले लोकमानसिहं कार्कीविरुद्ध महाअभियोग प्रस्तावका सन्दर्भमा कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै कार्कीविरुद्ध उभिने कुरामा औपचारीक निर्णय गर्न कांग्रेसले ढिलो गर्न नहुने कुरामा जोड दिएको थियो ।
उक्त छलफलमा देउवाले नेपाली कांग्रेस न्यायको पक्षमा उभिने कुरामा विश्वस्त रहन आग्रह गर्नुभयो ।
लागुऔषधको दुरुपयोग र लागुपदार्थ दुव्र्यसनविरुद्ध शान्ति समाजले थालेको अभियानबारे सभापति देउवालाई अवगत गराइएको थियो भने देउवाले उक्त अभियानप्रति आफुँ र नेपाली कांग्रेसको पुर्ण समर्थन रहेको बताउनुभयो ।
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, केन्द्रीय सदस्य पुष्पा केसी, सदस्यहरु रामकृष्ण बराल, जगन्नाथ पुडासैनी, जयराम पुडासैनी र हरिभक्त पुडासैनी संलग्न हुनुहुन्थ्यो ।