राष्ट्रिय पारिश्रमिक निर्धारण आयोगको आवश्यकता

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ कात्र्तिक ११ गते अपरान्ह् श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङसँग भेटी शान्ति समाजले हाल सञ्चालन गरेको अभियान र समसामायिक विषयमा छलफल गरेको थियो ।
प्रतिनिधिमण्डलले श्रमिकहरुको सामाजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने, बालश्रमको प्रयोगलाई पुर्णत निषेध गर्नुपर्ने, श्रमका लागि गौरवको वातावरण सिर्जना गर्न विशेष श्रमनीति प्रतिपादन गर्नुपर्ने, श्रम क्षेत्रमा विद्यमान भेदभावको अन्त्य गर्नुपर्ने, समान कार्यको लागी समान ज्यालाको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्र्नुपर्ने, वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु माथी हुने शोषणलाई अन्त्य गर्न प्रभावकारी उपाय अवलम्वन गर्नुपर्ने, श्रमिकहरुको पारिश्रमिक निर्धारणका लागि उपयुक्त राष्ट्रिय पारिश्रमिक निर्धारण आयोग हुनुपर्ने र नियमित अन्तरालमा पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।
छलफलमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनको घटना बढ्दै जानु देश र समाजका लागि चिन्ताको विषय भएको र यो प्रवृत्तिले महामारीको रुप लिनु अगाडि नै रोकथामका लागि व्यापक पहल र अभियान सञ्चालन गर्नुपर्ने, लागुऔषधको दुव्र्यसन, लागुपदार्थको कारोबार र व्यसनमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, सदस्यहरु रामकृष्ण बराल, चन्द्रमणी बञ्जारा संलग्न हुनुहुन्थ्यो ।