अन्तराष्ट्रिय बाल अधिकार दिवस, काठमाण्डौँमा २ वटा अन्तरक्रिया सम्पन्न

सन् १९८९ को २० नोभेम्बरका दिन संयुक्त राष्ट्रसंघ महासभाले बाल अधिकार सम्बन्धी महासन्धी ग्रहण गरेको थियो । नेपाल सहित विश्वका १९३ राष्ट्रहरुले यो महासन्धीलाई अनुमोदन गरिसकेका छन् ।
अन्तराष्ट्रिय बाल अधिकार दिवस २० नोभेम्बरका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले २०७३ मंसिर ५ गते काठमाण्डौँको अरुण ज्योती विद्या मन्दिर जोरपाटी र जोन एकेडेमी जोरपाटीमा गरी दुई वटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “बाल अधिकार सुलभ र गुणस्तरीय शिक्षाको अधिकार” शिर्षकमा आयोजित अन्तरक्रियामा समाजका महासचिव उत्तम पुडासैनी, काठमाण्डाँै शाखाका उपसभापति राम बराल, सदस्यहरु दिपक पुडासैनी र गोकर्णमणी पुडासैनीले बाल अधिकार विषयमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा समाजद्धारा तयार गरिएको अवधारणापत्र पनि वितरण गरिएको थियो ।