अपाङ्गता भएका व्यक्तिहरुलाई अत्याधिक छुटमा स्मार्ट कार्ड उपलब्ध गराउनुपर्ने

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि अन्तराष्ट्रिय दिवसमा सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज र नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा मंसिर १९ गते काठमाण्डौँमा “अवसरमा विस्तार ः संरक्षणको अधिकार” विषयक प्रवचन एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी, उपलेख र नेपालको संविधान मौलिक हकमा उल्लेखित प्रावधान अनुरुप नयाँ कानुनको निर्माण, परिमार्जन लगायतका विषयलाई दु्रत गतिमा अगाडि बढाउन नागरिक समाजले सामुहिक रुपमा पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
सार्वजनिक यातायातहरुमा स्मार्ट कार्डको प्रयोग हुन गइरहेको सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरुलाई अत्याधिक छुटमा त्यस्तो स्मार्ट कार्ड उपलब्ध गराउनका लागि अभियान अघि बढाउने धारणा पनि कार्यक्रममा व्यक्त भएको थियो ।
शान्ति समाजका सभापति गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कडँेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, अधिकारकर्मीहरु नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष टिका दाहाल, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेत, नेपाल अपाङ्ग महिला संघका अध्यक्ष निर्मला धिताल, नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्चका महासचिव रमेशवाबु तिवारी, अधिकारकर्मी देवकुमारी पराजुली, प्राध्यापक खेमराज खनाल, नेपाल भकभके संघका रविन कुमार मैनाली, नेपाल सुस्त श्रवण संघका मचा भाई महर्जन, नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दिपक कोइराला, वौद्धिक अपाङ्ग अभिभावक महासंघका लक्ष्मी काफ्ले, राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघका अध्यक्ष लक्ष्मी देवकोटा, राष्ट्रिय अपाङ्ग युवा सञ्जालका महेन्द्र थापा, इन्डीपेन्डेन्ट लिभिङ सेन्टरका गणेश केसी र अधिकारकर्मी विरोध खतिवडाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणका विषयमा केन्द्रीत रहि मन्तव्य व्यक्त गर्नुभएको थियो ।