रुपन्देहीका ५ वटा बिद्यालयहरुमा शान्ति र बाल अधिकार बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीका विभिन्न पाँच वटा बिद्यालयहरुमा मंसिर ९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १० र ११ गते वुटवलमा सम्पन्न हुन गइरहेको १९ औं राष्ट्रिय परिषद् बैठकको पुर्व सन्ध्यामा वुटवलका विभिन्न पाँच वटा विद्यालय अक्सफोर्ड इन्टरनेश्नल हायर सेकेण्डरी स्कुल, इलाइट सेकेण्डरी स्कुल, सहिद स्मारक स्कुल, अन्नपूर्ण उच्च मावि र समिट बोर्डिङ स्कुलमा आयोजीत कार्यक्रममा शान्ति समाजद्धारा तयार गरिएको बाल अधिकार ः सुलभ र गुणस्तरीय शिक्षाको अधिकार तथा शान्ति हाम्रो अधिकार विषयक अवधारणपत्र प्रस्तुत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा शान्ति समाजका सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेँल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, आजीवन सदस्य यमुना कँडेल सहितले बिद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।
यसै गरि समाजको १९ औं राष्ट्रिय परिषद् बैठक रुपन्देहीको वुटवलमा २०७३ मंसिर १० गते अपरान्ह २ बजेर ७ मिनेटमा उदघाटन हुदैँछ । राष्ट्रिय आवश्यकता ः सुशासन र पारदर्शिता नारा सहित हुन लागेको समाजको १९ औँ राष्ट्रिय परिषद् बैठकको उद्धाटन सत्रको प्रमुख अतिथी नेपाली काग्रेसका नेता कृष्ण प्रसाद सिटौला हुनुहुन्छ ।