शान्ति समाजको २६ औँ स्थापना दिवस÷१६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम

प्रेस विज्ञप्ति
शान्ति समाजको २६ औँ स्थापना दिवस÷१६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम
मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा २०७८ जेठ १९ गते शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा १६ जिल्लामा कार्यक्रमहरु सम्पन्न भएको छ । यस क्रममा शान्ति समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ जनाले र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको थियो । साथै दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई १००० लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई २ थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।
यसैगरी रुपन्देही शाखाले सृजनसिल समाजद्वारा सञ्चालित बाल गृहलाई खाद्यान्न सहयोग गर्नुका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररतहरुलाई खाजा खुवाएको छ ।
शान्ति समाज काठमाण्डौ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाजलाई र कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ ।
शान्ति समाज स्थापना दिवसको अवसरमा नुवाकोट शाखाले जेष्ठ नागरिक वृद्धाश्रम देविघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकहरुलाई, नवलपुर शाखाले गैंडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामग्री सहयोग गरेको छ भने सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ सामाग्री, बागलुङ शाखाले जिल्ला कारागार बागलुङमा मास्क र स्यानिटाइजर, सिरहा शाखाले लाहानमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
यसैगरी कपिलबस्तु शाखाले स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री वितरण गर्नुका साथै बाजुरा शाखाले स्थानीय अस्पतालमा फलफुल वितरण गरेको छ । तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रीत रहि सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीहरुका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको छ भने मोरङ शाखाले लकडाउन प्रभावित सडक आश्रीत २०० जनालाई भोजन गराउँदै छ । साथै पाल्पा शाखाले १९ गते साँझ पाल्पामा दिप प्रज्वलन कार्यक्रम गर्दैछ ।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना २०५३ जेठ १९ गते भएको थियो । समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल हुनुहुन्छ भने कृष्ण कँडेल, लिला खनाल लगायत संस्थापक सदस्य हुनुहुन्छ । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल हुनुहुन्छ भने सल्लाहकारमा पूर्व सभापतिद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी हुनुहुन्छ । यसैगरी पुर्व सभापति डा. गंगाधर अधिकारी यस अघि सल्लाहकार रहिसक्नुभएको छ । हाल ३९ जिल्ला शाखा र १४ सय भन्दा बढी आजीवन सदस्य रहेको शान्ति समाजमा स्थापना कालदेखी सदस्यता लिनेहरुको संख्या १२ हजार नाघेको छ । जगतमुखी जीवनमुखी सेवामुखी अभियान भन्ने आह्वानसहित शान्ति समाजले राहत सहयोगसहित विभिन्न सेवामुखी कार्यहरु समेत गर्दै आएको छ भने घृणा÷विखण्डनको वकालत गर्ने कुनै पनि मानव अधिकार संस्था र व्यक्तिसँग सहकार्य नगर्ने समाजको नीति रहेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल, कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज, मिति ः २०७८ जेठ १९

दलित बस्तिमा खाद्यान्न वितरण/रक्तदान तथा स्वास्थ्य उपकरणसहित सहयोग प्रदान

प्रेस विज्ञप्ति
दलित बस्तिमा खाद्यान्न वितरण/रक्तदान तथा स्वास्थ्य उपकरणसहित सहयोग प्रदान
१४ औँ गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई रु. ७८ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको छ । जेठ १५ गते बिहान शान्ति समाजका सभापति गोविन्द खनाल, अधिकारकर्मी लालहरी पाण्डे, हरिश ढकाल, आजिवन सदस्य बिमलराज भट्टराईसहित पदाधिकारीहरुले चामल, आटा, अण्डा, चनासहितको खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । यस्तै शान्ति समाज दाङ शाखाले वैशाख महिना एउटा कारभित्र मृत अवस्थामा फेला परेका ३ जना बालकको परिवारलार्ई खाद्य सामग्री सहयोग गरेको छ । जेठ १५ गते बिहान शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पिडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी गणतन्त्र दिवसका दिन शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको बृद्धाश्रममा फलफूल तथा स्वास्थ सामाग्री बितरण गरेको छ ।
जेठ १५ गते मानव अधिकार तथा शान्ति समाज र नयाँ वस्ति युवा क्लबको आयोजनामा काठमाण्डौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति समाजका तर्फबाट सल्लाहकार उत्तम पुडासैनीले संयोजन गर्नुभएको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बराल, राजेन्द्र खनाल, शंकर श्रेष्ठ, दिवससिंह राउत, हरिचन्द्र दंगाल, सुरेश पौडेल, भाष्कर अधिकारी, कञ्चन अधिकारी, टिकाराम कार्की, अजित श्रेष्ठ, नविन भट्टराई, लिलादेवी पौड्याल, कृष्णप्रसाद फुयाल, सन्तोष भट्टराई, सन्तोष बस्नेत, पुष्प आचार्य, सावित्रि डंगोल, बसन्ति बराल, दिपक पुडासैनी, अनुपविक्रम विष्ट, समिर अधिकारी, सञ्जय तामाङ, सरु पुडासैनी, वसन्त पुडासैनी, प्रदिप श्रेष्ठ, प्रकाश श्रेष्ठ, नरोत्तम घिमिरे, हेमराज कार्की, चन्द्रप्रसाद पुडासैनी, गीता पुडासैनी, पवित्रा पुडासैनी, कृतन भट्टराई, प्रकाश पुडासैनी र रवि लामासहित ३४ जनाले रक्तदान गर्नुभएको थियो ।
साथै शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई रु. १ लाख मुल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । २०७८ जेठ १२ गते शान्ति समाजका महासचिव रामकृष्ण बरालले वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईसहित स्वास्थ समितिका कर्मचारीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजका पुर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, आजीवन सदस्य देव नारायण चौलागाईको समेत सहभागिता थियो । सो अक्सिजन कन्सन्ट्रेटर समाजका सल्लाहकार होमकान्त चौलागाई समेतको सौजन्यमा प्राप्त भएको थियो ।
यसैगरी शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न. १ बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ रु. १ लाख सहयोग प्रदान गर्ने भएको छ । २०७८ जेठ १२ गते शान्ति समाजका महासचिव रामकृष्ण बरालले सो प्रयोजनका लागि सूर्यमुखी वहुउद्देश्य सहकारीका अध्यक्ष मित्रलाल चौलागाई र वडा न. १ का वडा अध्यक्षको उपस्थितिमा शान्ति समाजका तर्फबाट रु. ३५ हजार नगद हस्तान्तरण गर्नुभएको थियो भने चाडै ६५ हजार थप गरी सो अक्षयकोषमा रु. १ लाख पुर्याइने छ ।
१४ औँ गणतन्त्र दिवसका दिन शान्ति समाज सुर्खेत, कपिलबस्तु लगायतशाखाले भर्चुअल कार्यक्रम गरेका छन् ।
समाजका तर्फबाट
सरिता पौडेल, कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज, मिति ः २०७८ जेठ १५

शान्ति समाजको अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान

प्रेस विज्ञप्ति
शान्ति समाजको अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान
कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान सञ्चालन गरेको छ । यसै क्रममा शान्ति समाजद्धारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री भोजप्रसाद श्रेष्ठलाई शान्ति समाजका सभापति गोविन्द खनाल लगायत पदाधिकारीहरुद्धारा २०७८ जेठ ६ गते हस्तान्तरण गरिएको थियो । उक्त सिलिन्डरहरु मन्त्रालय मार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा बितरण हुनेछन ।
शान्ति समाजले वर्तमान संकटपूर्ण अवस्थामा सकेसम्म सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा शान्ति समाजले जेठ ५ गते पशुपती क्षेत्रमा रहेका बाँदरहरुका लागि बाँदरले मन पराउने भिजेको चना र पाउरोटीसहितको सामग्री वितरण गरेको थियो भने जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई शान्ति समाजद्धारा रु. १६ हजार बराबरको खाद्य सामग्री प्रदान गरिएको थियो ।
यसैगरी जेठ ३ गते गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीत व्यक्तिहरुलाई पाउरोटी वितरण गरिएको थियो भने जेठ २ गते काठमाण्डौ साँखुस्थित द्धन्द्ध पिडित तथा अपांग समाजलाई रु.२३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो । सहयोग प्रदान कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाण्डौ शाखा सदस्य विकास थापा, भगवान पुडासैनी सहितको सहभागिता थियो ।
यस्तै २०७८ जेठ १ गते शान्ति समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीहरुलाई मास्क उपलब्ध गराएको थियो ।
काठमाण्डौमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।
यसै क्रममा अक्सिजन प्लान्ट शिघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसँग छलफल गरेको थियो भने बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकहरुसँग कोभिड सम्बन्धीत विषयमा छलफल गरिएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ जेठ ११

राष्ट्रपतिको निर्णय विवादास्पद/प्रतिनिधिसभा विघटन दुर्भाग्यपूर्ण ÷ प्रतिगामी अध्यादेश निन्दनीय

प्रेस विज्ञप्ति
राष्ट्रपतिको निर्णय विवादास्पद÷प्रतिनिधिसभा विघटन दुर्भाग्यपूर्ण ÷ प्रतिगामी अध्यादेश निन्दनीय
नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले आह्वान गरेपछि तोकिएको समयसीमा भित्रै प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाको पक्षमा १४९ जना प्रतिनिधिसभा सदस्यहरुले हस्ताक्षरसहित गरेका दावालाई खारेज गर्ने राष्ट्रपतिको निर्णय विवादास्पद छ । सो निर्णय समेतका कारण प्रतिनिधिसभा विघटन हुनु दुखद एवं दुर्भाग्यपुर्ण छ । यो सम्पूर्ण प्रक्रिया नियोजित षडयन्त्र अन्तर्गत मञ्चन भएको र यसको चालक सिटमा प्रधानमन्त्री र राष्ट्रपति भएको देखिन्छ भने प्रमुख राजनीतिक दलहरु भित्रको बिचलन र द्वैध चरित्रले पनि यसका लागि सहयोगी भूमिका निर्वाह गरेको देखिन्छ ।
नेपालमा कोभिड संक्रमणबाट नागरिकहरु आक्रान्त भई हाहाकार सिर्जना हुन थालेको दुखद अवस्थामा देशलाई निर्वाचित प्रतिनिधिसभा विहिन बनाउने, अध्यादेशबाट शासन चलाउने, निर्वाचनलाई अनिश्चित गर्ने र लामो समय सत्तामा रहिरहने बदनियतले प्रेरित यस्ता कदमहरुप्रति शान्ति समाजले पटक पटक गहिरो चिन्ता व्यक्त गर्दै आएको विदितै छ ।
केही दिन अघि जारी भएको ’कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८’मा निहित कतिपय दण्डात्मक, आपत्तिजनक प्रावधानहरु कोभिड नियन्त्रण भन्दा पनि दमन÷निषेधको नियतले प्रेरित देखिएको हुँदा निन्दनीय छ । यो अध्यादेशको परिच्छेद ५ दफा १९ कसुर तथा सजाय १ अन्तर्गत अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध गरेमा १ वर्षसम्म कैद वा ५ लाख सम्म जरिवाना वा दुवै सजाय हुने, २ अन्तर्गत कसैले अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने, दफा २१ को १ क अन्तर्गत कुनै व्यक्तिले उल्लंघन गरेकोमा १ लाख रुपैँयासम्म र ख मा कुनै संस्थाले उल्लंघन गरेकोमा ५ लाख रुपैयासम्म प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्ने, दफा २२ मा यो अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायलाई यस परिच्छेदमा उल्लेख भएको सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिना सम्मको लागि बन्द गर्न आदेश दिन सक्नेछ जस्ता प्रावधानहरु प्रतिगामी, स्वेच्छाचारी, दमनमुखी र आधारभूत स्वतन्त्रताको विरुद्धमा प्रयोग हुन सक्ने देखिएको हुँदा मानव अधिकार तथा शान्ति समाज यस्ता प्रावधानहरुको विरोध एवं निन्दा गर्दछ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास
जारी मिति ः २०७८ जेठ ८ गते दिउँसो २ ः ४५ बजे

राष्ट्रपतिको कदम षडयन्त्रपूर्ण, प्रधानमन्त्रीको नियत सन्देहास्पद

प्रेस विज्ञप्ति
राष्ट्रपतिको कदम षडयन्त्रपूर्ण, प्रधानमन्त्रीको नियत सन्देहास्पद
नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको, संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानत ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गनुपथ्र्यो वा राजीनामा दिनुपथ्र्यो त्यसपछि संविधानको धारा ७६ को उपधारा ५ आकर्षित हुने हो तर विश्वासको मत प्राप्त हुने दरो राजनीतिक आधार नदेखिएको स्विकार गर्ने प्रधानमन्त्री ओलीले राजिनामा नदिनु सन्देहास्पद एवं आपत्तिजनक छ भने प्रधानमन्त्रीले विश्वास मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा छोटो समयसीमा तोकी धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्नु षडयन्त्रपूर्ण छ । साथै २४ घण्टा भन्दा कम अवधिमा सम्पुर्ण प्रक्रिया टुंग्याउन खोज्ने यो प्रक्रिया विवादास्पद छ र प्रतिनिधिसभा छिटो भन्दा छिटो विघटन गर्ने नियतले प्रेरित देखिन्छ ।
नेपालमा कोभिड संक्रमण तिव्र भएर आधारभूत उपचार नपाई नागरिकहरुले ज्यान गुमाइरहेको बेला देशलाई निर्वाचित प्रतिनिधिसभा विहिन बनाउने, अध्यादेशबाट शासन चलाउने, निर्वाचनलाई अनिश्चित गर्ने र लामो समय सत्तामा रहिरहने बदनियतले प्रेरित यि कदमहरुप्रति शान्ति समाज गहिरो चिन्ता व्यक्त गर्दछ । साथै सर्वोच्च अदालतबाट गत फागुन ११ गते प्रतिनिधिसभा पुर्नस्थापना भइसकेपछि पनि मुल्यविहिन राजनीति गरेका संसदका प्रमुख दलहरुको संदिग्ध भूमिकाप्रति शान्ति समाज दुख व्यक्त गर्दछ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास
जारी मिति ः २०७८ जेठ ७ बिहान ९ ः ३० बजे

मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति

प्रेस विज्ञप्ति
मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति
नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले मिति २०७८÷०१÷१७ गते सार्वजनिक गरेको “सर्वसाधारणमा अपिल“ बिषयमा मानवअधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अपिलमा सरकारले “स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल सैया उपलब्ध गराउन नसकिने भइसकेको छ“ भन्ने अभिव्यक्तिप्रति शान्ति समाज आपत्ति व्यक्त गर्दछ । यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोबैज्ञानिक भय र हतासा सृजना गरेको छ भने महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर सरकार च्युत भएको देखिन्छ भने सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण छ । बिश्वब्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी छ। संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुंदैन । तसर्थ सबै क्षेत्र, समुदायसंग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ । यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दै, अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाज पुन ध्यानाकर्षण गराउँछ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ वैशाख १८

लोकतन्त्र दिवसका दिन शान्ति समाजको १४ जिल्लामा कार्यक्रम

प्रेस विज्ञप्ति
लोकतन्त्र दिवसका दिन शान्ति समाजको १४ जिल्लामा कार्यक्रम
१५ औँ लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७८ वैशाख ११ गते वुटवलमा लोकतन्त्र र सुशासन विषयका गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र स्थापनार्थ नागरिक समाज÷शान्ति समाजले निर्वाह गरेको भूमिका स्मरण गर्दै मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि शान्ति समाज सदैव क्रियाशील रहने बताउनुभयो । कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्ध बहादुर थापा, लुम्बिनी प्रदेश सभा सदस्य दीपा बि क, बरिष्ठ पत्रकार तथा अधिवक्ता डा.बालकृष्ण चापागाई, नेपाल बार एशोसियसन उच्च अदालत बुटवलका अध्यक्ष जोग बहादुर खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, शान्ति समाजका सचिव मीना ढकाल, केन्द्रीय सदस्यहरु विष्णु भुसाल र दीलबहादुर कार्की, जिल्ला सभापति डिपी खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पत्रकार महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रीता केसी, मधेस मानव अधिकार गृहका अध्यक्ष रबी ठाकुर, अधिवक्ता बाबुराम पाण्डे, बुटवल उद्योग बाणिज्य संघकी जमुना पौडेल र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी लोकतन्त्र दिवसकै अवसरमा वैशाख ११ गते शान्ति समाजको रुपन्देही, मोरङ, संखुवासभा, चितवन, सुर्खेत शाखाले दिप प्रज्वलन र ललितपुर, बारा, स्याङ्जा, महोत्तरी, दाङ, पाल्पा, नवलपुर, अछाम र गुल्मी शाखाले अन्तरक्रियासहित चियापान कार्यक्रम आयोजना गरेका थिए ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ वैशाख १२

म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन/नुवाकोटमा एक दर्जन कार्यक्रम

प्रेस विज्ञप्ति
म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन÷नुवाकोटमा एक दर्जन कार्यक्रम
२०७७ चैत २७ गते मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठक नुवाकोटमा सम्पन्न भएको छ । बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि शान्ति समाजले थालेको अभियानलाई तिव्रता दिने निर्णय गरेको छ । सोही दिन शान्ति समाजले बर्मामा भइरहेको हत्या र दमन विरुद्ध नुवाकोटको विदुरमा प्रदर्शन गरेको थियो ।
शान्ति समाज नुवाकोट शाखाले चैत २३ गतेदेखी शुरु  गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रीत रहि ६ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, सांकेतिक रुपमा नगर तथा नदी सफाई, शान्ति काव्य प्रवाह र  दण्डहीनता विरुद्ध केन्द्रीत रही अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।  चैत २८ गते समाजका नुवाकोट शाखा सभापति नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शान्ति समाज केन्द्रीय कार्यसमिति बैठकले शान्ति समाजको सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागाईलाई नियुक्त गरेको छ भने निवर्तमान सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार हुनुहुन्छ । बैठकले शान्ति समाजको विधान अनुसार ६ जना केन्द्रीय सदस्यहरुमा किरण ढकाल काठमाण्डौ,कृष्ण नारायण श्रेष्ठ नवलपरासी पश्चिम, सुदिप रिजाल मोरङ, दुर्गा राना मगर (लक्ष्मी) काठमाण्डौ, उमा गौतम काठमाण्डौ र गणेश पौडेल रौतहटलाई नियुक्त गरेको छ । यसैगरी अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे र सदस्यहरुमा लालहरी पाण्डे र दुर्गा देवकोटा तथा सदस्यता अपिल समितिको संयोजकमा बलबहादुर गाहा मगर र सदस्यहरुमा भुमिश्वर गौतम र ईश्वरा लिङ्देनलाई नियुक्त गरेको छ ।समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ चैत ३०

चीन र भारतको मौनताप्रति आश्चर्य/म्यानमारमा भैरहेको हत्या र दमन विरुद्ध कविहरु

प्रेस विज्ञप्ति
चीन र भारतको मौनताप्रति आश्चर्य÷म्यानमारमा भैरहेको हत्या र दमन विरुद्ध कविहरु
”ब्रह्माको सुरलोक हो अघि ठूलो बर्मा भयो त्यै पछि, सत्ता सैनिकले लिदा मुलुकको ऐले भयो दुर्गति
जुन्ताको सरकारले यति ठूलो संहार ऐले गर्यो,बोलेनन् किन चीन भारत दुवै आश्चर्य मान्नै पर्यो”
मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक शान्ति काव्य प्रवाहको ८८ औँ श्रृंखलामा म्यानमारमा यति ठूलो अत्याचार भइरहँदा बर्माका छिमेकीहरु चीन र भारतको मौनताबारे प्रश्न गर्दै कवि रत्ननिधि रेग्मीद्वारा प्रस्तुत कविताको अंश हो यो । कोभिड त्रासदीका कारण १४ महिना स्थगन पश्चात चैत २६ गते काठमाण्डौमा सुचारु भएको शान्ति काव्य प्रवाहमा कविहरुले म्यानमार (बर्मा)मा भइरहेको अत्याचारको निन्दा गर्दै बर्मेली जनताको जीवन रक्षा र शान्ति वहालीका लागि समस्त विश्व एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बर्मामा लोकतन्त्रको पक्षमा उभिएका दुई जना कविहरुको हत्या र ९ जना कविहरुको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै बर्मेली जनताको लोकतन्त्र पुर्नस्थापनाको अहिंसात्मक आन्दोलनमा विश्वका सबै कवि लेखकहरुले साथ दिनुपर्ने बताउनुभयो ।
शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले बर्मेली जनताको स्वतन्त्रताको अहिंसात्मक आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्नुभयो ।
शान्ति समाज केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्व र महासचिव रामकृष्ण बरालको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा सहभागि कविहरुलाई शान्ति समाजका आजीवन सदस्य कवि रामबाबु दाहालको हालै प्रकाशित कविता संग्रह ‘मनका स्वरहरु’ र शान्ति समाजका तर्फबाट मास्क, स्यानिटाइजर र साबुनसहित रु. ७ हजार ५ सयको स्वास्थ्य सामग्री उपहार स्वरुप प्रदान गरिएको थियो ।
काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, साधना प्रतिक्षा, ऋचा, रत्ननिधि रेग्मी, प्रकाशमणी दाहाल, रत्नलक्ष्मी श्रेष्ठ, जसध्वज गुरुङ, प्रिति कौर, त्रिपुरा पौडेल, दुर्गा किरण तिवारी, विमला दाहाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, निर्मल पराजुली, शेरबहादुर अधिकारीसहित १८ जनाले कविता वाचन गर्नुभएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मिति ः २०७७ चैत २६

म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन

प्रेस विज्ञप्ति
म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन
शान्तिवादीहरुले आँखा÷निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर चैत २५ गते साँझ काठमाण्डौ बौद्धमा प्रदर्शन गरेका छन् । म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु गीता तिमल्सिना, दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो । प्रदर्शनमा सहभागिहरुले बर्मा ः नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा गोकर्णेश्वर न.पा.का उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाउनुभएको थियो ।
यसैगरी चैत २५ गते साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन् भने चैत २४ गते शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेका थिए ।
बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ ।
यस्तै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं जोरपाटीस्थित शुभसहयोग सहकारी संस्थाको सहयोगमा २०७७ चैत्र २३ गते काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका स्थित फडिम भन्ज्याङ्गमा रहेको ज्वालादेवी आधारभूत बिद्यालयमा अध्ययनरत झण्डै १०० बिद्यार्थीहरुका लागि ८० हजार मुल्यको स्टेशनरी सामग्री बितरण गरिएको छ । शान्ति समाजका केन्द्रिय महासचिव रामकृष्ण बरालले संयोजन गरेको सहयोग वितरण कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, काठमाडौं शाखा का.वा सभापति नानिकाजी गिरी, काठमाण्डौ शाखा पूर्व सभापति उद्धब रायमाझी,सदस्यहरु भगवान पुडासैनी र सुरज बोहोरा, ज्वालादेवी विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष उत्तर बहादुर तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मनव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ चैत २५