मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति

प्रेस विज्ञप्ति
मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति
नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले मिति २०७८÷०१÷१७ गते सार्वजनिक गरेको “सर्वसाधारणमा अपिल“ बिषयमा मानवअधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अपिलमा सरकारले “स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल सैया उपलब्ध गराउन नसकिने भइसकेको छ“ भन्ने अभिव्यक्तिप्रति शान्ति समाज आपत्ति व्यक्त गर्दछ । यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोबैज्ञानिक भय र हतासा सृजना गरेको छ भने महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर सरकार च्युत भएको देखिन्छ भने सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण छ । बिश्वब्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी छ। संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुंदैन । तसर्थ सबै क्षेत्र, समुदायसंग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ । यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दै, अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाज पुन ध्यानाकर्षण गराउँछ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ वैशाख १८