रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजको देशव्यापी प्रदर्शन

प्रेस विज्ञप्ति
रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजको देशव्यापी प्रदर्शन
युद्ध र आणविक अस्त्र विरुद्ध २५ वर्षदेखि अभियानरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ ।
२०७८ चैत १५ गते (२९ मार्च २०२२) सम्पन्न प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ निहत्था मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि युद्ध रोक्न आह्वान गरेका थिए ।
एकातिर रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक रुपमा विस्थापित भएको र युद्धकै कारण मानव अधिकार उल्लंघनको डरलाग्दो सिलसिला शुरु भएको, अर्कोतिर युद्ध लम्बिदै जाँदा परमाणु अस्त्र प्रयोग हुने त होइन? कतै विश्व युद्ध शुरु हुने त होइन ? मानव सभ्यता नै समाप्त हुने त होइन? भन्ने त्रासदीप्रति शान्तिवादीहरुले गम्भीर चिन्ता व्यक्त गरेका थिए । प्रदर्शन पश्चात रुसी राष्ट्रपति भ्लादीमिर पुटीनलाई युद्ध तत्काल रोक्न आग्रह गर्दै शान्ति समाजका तर्फबाट लेखिएको पत्र काठमाण्डौस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्व उपसभाति रेनुका पौडेल, सचिव रामप्रसाद जोशी, सचिव नम्रता खरेल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु सरस्वती ढकाल, चन्द्रमणी बञ्जारा, किरण ढकाल, सदस्य अपिल समिति सदस्य ईश्वरा लिङ्देन, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, पूर्व सभापति ईश्वर पुडासैनी, काठमाण्डौ शाखा सचिव प्रमोद फुयाल, सदस्यहरु दिवाकर पुडासैनी, विकास थापा, रमेश पुडासैनी, तुलसीराम भण्डारी, प्राचि राय, सुप्रिया सापकोटा, बद्री पुडासैनी सहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी रुसलाई तत्काल युद्ध रोक्न आग्रहसहित शान्ति समाजद्वारा चैत १५ गते वुटवलमा आयोजित प्रदर्शनमा सभापति गोविन्द खनाल लगायत शान्तिवादीहरुको सहभागिता थियो ।
रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा चैत १४ गते साँझ पाल्पा, बारा, रुपन्देही र झापामा, चैत १५ गते संखुवासभा, चितवन, दाङ, नवलपुर, तेह्रथुम, बाजुरा लगायत एक दर्जन बढी जिल्लामा प्रदर्शन भएको छ ।
शान्ति समाजले युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत रुसलाई युद्ध रोक्न आह्वान गर्दै नेपालमा दुई दर्जन बढी प्रदर्शन गरिसकेको छ ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ चैत १५

२१ जिल्लामा शान्ति समाजको विशेष अभियान

प्रेस विज्ञप्ति

चैत १७ गतेदेखि २१ जिल्लामा शान्ति समाजको विशेष अभियान
मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान अन्तर्गत २०७८ चैत १७ गतेदेखि २१ जिल्लामा दर्जनौ कार्यक्रम आयोजना गर्ने भएको छ । हिमालय बचाउँ : नदी जोगाउँ भन्ने आह्वान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान र युद्ध निषेध ः शान्ति विशेष अभियानमा केन्द्रीत रहि शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा गण्डकी, लुम्बिनी, कर्णाली र वाग्मती प्रदेशमा गरि दर्जनौ प्रदर्शन र कोण सभा हुन गइरहेको छ । यसैगरी विश्व शान्तिको आह्वानसहित लुम्बिनी र मुक्तिनाथमा दिप प्रज्वलनको कार्यक्रम रहेको छ ।
यो अभियान अन्तर्गत तीन वटा अवधारणापत्रहरु हजारौप्रति वितरण गरिने छ । प्रदर्शन पश्चात कोण सभाहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापति कृष्णबहादुर रावल लगायत शान्तिवादीहरुले सम्बोधन गर्नुहुने छ ।

समाजका तर्फबाट

रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७८ चैत ११

निलम्बित प्रधान न्यायाधीश राणा विरुद्धको महाभियोग पारित गरि अनियमिततामा कारबाई गर्न माग

प्रेस विज्ञप्ति
निलम्बित प्रधान न्यायाधीश राणा विरुद्धको महाभियोग पारित गरि अनियमिततामा कारबाई गर्न माग
मानव अधिकार तथा शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक २०७८ फागुन २७–२८ गते कपिलवस्तुको वाणगंगामा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको राष्ट्रिय परिषद् बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको छ ।
न्यायालय शुद्धिकरणका लागि विशेष पहल गर्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न र अनेकौ अनियमिततामा संलग्न चोलेन्द्र शम्शेरलाई आवश्यक कारबाई गर्न समेत राष्ट्रिय परिषद् बैठकले माग गरेको छ ।
राष्ट्रिय परिषद् बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ ।
एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।
कपिलवस्तुको वाणगंगामा फागुन २७ गते विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो भने शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले मन्तव्य गर्नुभएको थियो । फागुन २८ गते बिहान सांकेतिक तवरमा वाणगंगा नदीमा सफाई कार्यक्रमका साथै राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना गरिएको थियो ।
शान्ति समाज कपिलवस्तु शाखाको आतिथेयमा सम्पन्न राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमिति गठन गरिएको थियो भने कार्यक्रमको सम्पूर्ण खर्च आतिथेय कपिलवस्तु शाखाले स्थानीय स्तरमा संकलन गरी वहन गरेका थिए र यातायात खर्च सहभागीहरु आफैँले वहन गरेका थिए ।
समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७८ फागुन ३०

शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा प्रारम्भ

प्रेस विज्ञप्ति
शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार” भन्ने मूल आह्वानसहित २०७८ फागुन २७ गते कपिलवस्तुको वाणगंगामा प्रारम्भ भएको छ । विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले चार वटा मैनवत्ती प्रज्वलीत गरि राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर रहोस भन्दै उत्पीडित र उपेक्षितहरुको उत्थानमा सबै समर्पित हुनुपर्ने .धारणा व्यक्त गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. देवेन्द्रराज पाण्डेले वर्ष २०७७÷७८ मा शान्ति समाजको उत्कृष्ट शाखा का रुपमा रुपन्देही शाखालाई र वर्ष २०७७ मा पोखरामा २३ औँ  राष्ट्रिय परिषद् बैठक सफलतापूर्वक आतिथेय गर्ने समाजको कास्की शाखालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं पूर्व राजदुत नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाजका पूर्व सभापति डा. गंगाधर अधिकारीले संक्रमणकालिन न्याय प्रक्रिया, सल्लाहकार होमकान्त चौलागाईले न्यायालय शुद्धिकरणका लागि अभियान, सल्लाहकार उत्तम पुडासैनीले वैज्ञानिक शिक्षा सबैको अधिकार, संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाजको युद्ध निषेध ः शान्ति विशेष अभियान, युवा अधिकारकर्मी प्रताप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, शान्ति समाजका सचिव पुष्पा मल्लले सामाजिक न्यायका विषयमा केन्द्रित रहि मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य २४ औँ रा.प.बैठक मूल तयारी समितिका संयोजक तथा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले गर्नुभएको थियो ।
यसैगरी फागुन २६ गते राती वाणगंगामा रुसलाई तत्काल युद्ध रोक्न आग्रह र विश्व शान्तिको आह्वान गर्दै दिप प्रज्वलन गरिएको थियो भने २७ गते दिउँसो वाणगंगामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित युक्रेनी जनता र युक्रेनमा रहेका सबैको जीवन रक्षाको आग्रहसहित शान्ति र्याली सम्पन्न भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् बैठकको सन्दर्भमा फागुन २७ गते विहान शान्ति समाज कपिलवस्तु शाखा र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभएको थियो  ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ फागुन २७

रुसी आक्रमणका कारण महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन विरुद्ध शान्ति समाजको प्रदर्शन

प्रेस विज्ञप्ति
रुसी आक्रमणका कारण महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन विरुद्ध शान्ति समाजको प्रदर्शन
अन्तराष्ट्रिय नारी दिवस ८ मार्च २०२२ मा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानव अधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ ।
२०७८ फागुन २४ गते रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको, हजारौ मारिएका, महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन भएको बताउँदै मानव अधिकार उल्लंघनको यो कहालिलाग्दो सिलसिला अन्त्य गर्न तत्काल रुसले युद्ध रोक्नुपर्नेमा जोड दिनुभयो । बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
यस्तै अन्तराष्ट्रिय नारी दिवसका दिन शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा “रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा” विषयक विचार गोष्ठी सम्पन्न भएको थियो । शान्ति समाज काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न गोष्ठीमा पूर्वमन्त्री अम्बिका बस्नेत, सांसद सरिता न्यौपाने, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्ण ब. रावल, महासचिव रामकृष्ण बराल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संगिता ढुंगाना दाहालले युद्ध अन्त्यको आवाहन सहित कविता वाचन गर्नुभएको थियो ।
यसैगरी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा “रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा”बिषयक बिचार गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख माया आचार्य, शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, समाजका केन्द्रिय सचिब निर्मल नेपाली, जनप्रतिनिधि तथा अधिकारकर्मीहरु साबित्रा गुरुङ, मधुमती सुनार, जानका रेग्मी, माया श्रेष्ठ, सुष्मा गिरी, पद्मा चौधरी, आशा चौधरी, देवा डाँगी र देवा बस्नेत, निर्मला डिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।
रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको देशव्यापी अभियान अन्तर्गत गत एक सातामा नवलपुर, पाल्पा, अछाम, नुवाकोट, चितवन, बाँके र नवलपरासी पश्चिममा प्रदर्शन भइसकेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन २४