रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाण्डौमा प्रदर्शन

प्रेस विज्ञप्ति
रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाण्डौमा प्रदर्शन
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा २०७८ फागुन १६ गते बिहान काठमाण्डौमा प्रदर्शन भएको छ ।
काठमाण्डौको बौद्धनाथ अगाडि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।
आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुस ः तत्काल युद्ध रोक, रुस ः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस ः तत्काल सैनिक फिर्ता गरि युद्ध रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल र उमा गौतम, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पुर्व केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, दुर्गा राना (लक्ष्मी) र यदु खतिवडा, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, पूर्व सभापति ईश्वर पुडासैनी, शाखा सचिव प्रमोद फुयाल, आजीवन सदस्यहरु रुपा गिरी, ईश्वर सापकोटा, जयराम पुडासैनी, विकास थापा, दिवाकर पुडासैनी, रोज विष्ट, रामचन्द्र पुडासैनी, सावित्री श्रेष्ठ, सानु लामा, बद्री पुडासैनी, नरेन्द्र श्रेष्ठ, श्रीराम चालिसे, सुप्रिया सापकोटा, जनप्रतिनिधिहरु काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना, सामाजिक अभियन्ताहरु लोकेश ढकाल, विवेक लामा, रामहरी श्रेष्ठ, धर्म थिङ ब्लोन, केदार भट्टराई, नवराज अधिकारी, लेक कुमारी पुडासैनी, रेखा बस्नेत, भावना ठकुरी लगायत ६० जना शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा प्रदर्शन गरिएको थियो । गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियान अन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन १६

युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन
रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ११ गते नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीहरुले रुस ः युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
युद्धले लाखौ करोडौ मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुदैँन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ भनिएको छ ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, सचिव बन्दना सिंह, अपिल समिति संयोजक बलबहादुर गाहा मगर र सदस्य ईश्वरा लिङदेन, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र किरण ढकाल, पूर्व केन्द्रीय सदस्य दुर्गा राना (लक्ष्मी), काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति संजोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाण्डौ शाखा पूर्व सभापति ईश्वर पुडासैनी, काठमाण्डौ शाखा सहसचिव रमेश बराल, आजीवन सदस्यहरु तुलसीराम भण्डारी, दिवाकर पुडासैनी, आरसी भण्डारी, विकास थापा लगायत चार दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन ११

राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
युद्ध टार्न विशेष पहलको आग्रहसहित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन
रुस–युक्रेनबिच युद्धको आशंका तिव्र हुदै गएको परिस्थितिमा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि संभावनालाई टार्न÷खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
२०७८ फागुन ५ गते नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोक अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीहरुले युद्ध टार्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शन पश्चात, रुस–युक्रेनबिच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि संभावनालाई टार्न÷खारेज गर्नका लागि संयुक्त राष्ट्रसंघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङदेन, काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाण्डौ शाखा पूर्व सभापति ईश्वर पुडासैनी लगायत दुई दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।
युद्ध निषेध ः शान्ति विशेष भन्ने आह्वानसहित युद्धको विरोध र शान्तिका पक्षमा निरन्तर अभियानरत मानव अधिकार तथा शान्ति समाजले रुस–युक्रेनबिच युद्धको कुनै पनि संभावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै माघ महिनामा रुपन्देही, काठमाण्डौ, दाङ, चितवन र पाल्पामा प्रदर्शन गरिसकेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन ५

रुस युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन

प्रेस विज्ञप्ति
रुस युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन
रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७८ माघ २० गते रुपन्देही जिल्लास्थित बुटवलको चौराहामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
बिहान ११ बजेदेखी आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ माघ २०