रुस युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन

प्रेस विज्ञप्ति
रुस युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन
रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७८ माघ २० गते रुपन्देही जिल्लास्थित बुटवलको चौराहामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
बिहान ११ बजेदेखी आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ माघ २०