हार्दिक आभार एवं धन्यवाद

मानव अधिकार तथा शान्ति समाजको १९ औँ राष्ट्रिय परिषद् बैठक समाजको रुपन्देही शाखाको आतिथेयमा २०७३ मंसिर १० र ११ गते वुटवलमा सम्पन्न भएको छ । परिषद् बैठकको उदघाटन १० गते , शान्ति हाम्रो अधिकार र वाल अधिकारका विषयमा केन्द्रीत रहि रुपन्देहीका ५ वटा विद्यालयमा मंसिर ९ गते अन्तरक्रिया सम्पन्न भएको थियो ।
यसैगरी मंसिर १० गते वुटवलमा शान्ति जुलुस पनि आयोजना गरिएको थियो । यस्का अतिरिक्त मंसिर १२ गते वुटवलमा वृहत पत्रकार सम्मेलन सम्पन्न भएको थियो । साथै राष्ट्रिय परिषद् बैठकको सन्दर्भमा रुपन्देही शाखाले ९२ पृष्ठ लामो शान्ति दुत नामक स्मारिका पनि प्रकाशन गरेको थियो । सबै कार्यक्रमहरुको आतिथेय गर्ने समाजको रुपन्देही शाखा, मुल तयारी समिति, सल्लाहाकार समिति र १७ वटा उप समितिका संयोजक तथा सदस्यहरुप्रति मानव अधिकार तथा शान्ति समाज ह्ृदयको गहिराईबाटै हार्दिक आभार एवं धन्यबाद व्यक्त गर्दछ ।
१९ औ रा.प.बैठकको आयोजनाका क्रममा तन, मन र धनले सहयोग गर्ने, अन्तरक्रिया, शान्ति जुलुस र उद्घाटन सत्रमा सहभागी भई ऐक्यवद्धता प्रकट गर्ने सबै रुपन्देही बासीहरुलाई शान्ति समाज हार्दिक आभार एवं धन्यबाद ज्ञापन गर्दछ । यसैगरी उद्घाटन सत्रका प्रमुख अतिथि, अतिथि वक्ताहरु, राजनीतिक समाज, नागरिक समाज सबैप्रति आभार व्यक्त गर्दछ । समाजको अभियानप्रति अभुतपुर्व ऐक्यवद्धता र सद्भाव प्रकट गर्ने स्थानिय सञ्चारमाध्यमहरु प्रति पुन एक पटक आभार एवं धन्यबाद ।
साथै परिषद् बैठकमा सहभागी हुनुभएका शान्ति समाजका ३२ जिल्ला शाखा सहित ४० जिल्लाका प्रतिनिधि एवं पर्यंवेक्षकहरुप्रति पुन एक पटक हार्दिक आभार र धन्यबाद । यस स्वयंसेवी आन्दोलनको अभिन्न अंग भएर सदस्य साथीहरुले गर्नुभएको योगदान अभुतपुर्व छ । आफ्नै खर्चमा वुटवल सम्मको यात्रा तय गरेर सहभागी हुनुभएका साथीहरुले यात्राको क्रममा भोग्नु परेको अनेकौ कठिनाइहरु हुन सक्छन् ति सबैका लागि क्षमा याचना ।