शान्ति समाजको तेइसौँ राष्ट्रिय परिषद् बैठक पोखरामा प्रारम्भ

प्रेस विज्ञप्ति
शान्ति समाजको तेइसौँ राष्ट्रिय परिषद् बैठक पोखरामा प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक फागुन २१ गते पोखरामा प्रारम्भ भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिषद् बैठकको उद्घाटन गर्दै लोकतन्त्रमा ठालुतन्त्र हावी भएका कारण बारम्बार संकट आउने गरेको बताउनु भयो । संकटका अनेकौं घडिमा शान्ति समाजले प्रशंसनीय भूमीका निर्वाह गरेको पनि पौडेलले बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले स्रष्टा रामबाबु दाहालद्वारा लिखित कविता संग्रह मनका स्वरहरुको लोकार्पण पनि गर्नुभएको थियो ।
उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कुशासन नै लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताउँदै स्वेच्छाचारीताका कारण स्वतन्त्रता खुम्चिदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, पूर्व मन्त्री यज्ञबहादुुर थापा, जनता समाजबादी पार्टी केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार रामरिझन यादव, कवि अर्जुन पराजुली, शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कंडेल, वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, सामाजिक अभियन्ता लक्की क्षेत्री, कास्की शाखा सभापति अमृत सुवर्णकार, शाखा उपसभापति तिर्थराज न्यौपानेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा कवि बिर्सना बस्नेत थापाले गजल बाचन गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाजको रुपन्देही, र काठमाण्डौ शाखालाई उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथेय गर्ने दाङ शाखालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी फागुन २१ गते दिउँसो पोखरामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति र्याली सम्पन्न भएको थियो भने राष्ट्रिय परिषद्को पूर्वसन्ध्यामा फागुन २० गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । यसैबीच कास्की स्थित सिर्जना चौक वरपर सफाई गरिएको थियो । साथै बिभिन्न ५ वटा .विद्यालयमा शान्ति हाम्रो अधिकार र लागू औषध दूब्र्यशन बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
२३ औ रा.प.बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि ३ सयको सहभागिता रहेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ फागुन २१