वैशाख २४ गते मैनवत्ति प्रज्वलन

मानव अधिकार तथा शान्ति समाजका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालालाई पत्र लेखी समाजका सयौं स्वयंसेवीहरु राज्यद्वारा संचालित उद्धार र राहत कार्यमा सेवाका लागि तत्पर रहेको अवगत गराएको छ । समाजका तर्फबाट सभापति गङ्गाधर अधिकारीद्वारा प्रधानमन्त्रीलाई प्रेषित पत्रमा ‘शान्ति समाजका सदस्यहरु राहत कार्यमा विभिन्न तवरले सक्रिय रहेको उल्लेख गर्दै भनिएको छ ः संकटको यस घडीमा राज्यबाट संचालन गरिने उद्धार तथा राहत कार्यमा स्वयंसेवकहरुको आवश्यकता महशुस भएमा शान्ति समाजका सयौं स्वयंसेवकहरु, स्वयंसेवी तवरले सेवाका लागि तत्पर रहेको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूलाई गराउँछु ।’
यसैगरी २०७२ वैशाख १२ गते गएको महाभुकम्प एवम् तत्पश्चात सिर्जित महाविपत्तिका कारण दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धान्जली एवम् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मानव अधिकार तथा शान्ति समाजद्वारा २०७२ वैशाख २४ गते विहिवार साँझ देशव्यापी रुपमा मैनवत्ति प्रज्वलन आयोजना गरिने भएको छ । यसक्रममा काठमाडांैमा २४ गते साँझ ५ः३० बजे बौद्धनाथ परिसर, बौद्धमा मैनवत्ति प्रज्वलन आयोजना हुनेछ ।