विश्वास र भरोसा नै नागरिक–प्रहरी सम्बन्धको मेरुदण्ड÷ लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि सहकार्यमा जोड

नेपाल प्रहरी र मानव अधिकार तथा शान्ति समाजको संयुक्त आयोजनामा २०७३ माघ १० गते काठमाण्डौँमा लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि प्रहरी र नागरिक समाजको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रारम्भिक सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नागरिक प्रहरी सम्बन्धबारे उल्लेख गर्दै नागरिकहरुको जीवन रक्षा र सुरक्षा प्रहरीको पहिलो प्राथमिकता भएको र एक आपसमा विश्वास र भरोसा नै नागरिक  प्रहरी सम्बन्धको मेरुदण्ड भएको बताउनुभयो । बालबालिका बचाउ अभियान र महिला हिंसा अन्त्य अभियानमा मानव अधिकार संस्थाहरु वर्षौदेखि लागि परेको उल्लेख गर्दै पहाडीले त्यसका लागि दुव्र्यसन रोकथाम अत्यावश्यक भएको हुदाँ सरकार, राजनीतिक समाज, नागरिक समाजबीच सहकार्यमा जोड दिदैँ दुव्र्यसन रोकथाम अभियानलाई नागरिक स्तरबाट अझ ससक्त बनाइने धारणा व्यक्त गर्नुभयो । पहाडीले विपतका बेला उद्दार र राहत कार्यमा नेपाल प्रहरीले गरेको कार्य प्रशंसनीय रहेको चर्चा गर्दै मानव अधिकार संरक्षणको क्षेत्रमा पनि सोही अनुरुपको अपेक्षा गरिएको बताउनुभयो ।
प्रारम्भिक सत्रमा बोल्दै नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्माले लागूऔषध÷मदिरा दुव्र्यसन रोकथामका लागि नागरीक समाज र प्रहरी संयुक्त रुपमा अघि बढ्नु उत्कृष्ट रहेको बताउनुभयो । शर्माले मानव अधिकार संरक्षणका लागि नेपाल प्रहरी प्रतिवद्ध रहेको उल्लेख गर्दै लागूऔषध÷मदिरा दुव्र्यसन रोकथामका लागि सामुहिक पहलमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत प्रहरी नायव महानिरिक्षक विजयलाल कायस्थले र सञ्चालन शान्ति समाजका महासचिव उत्तम पुडासैनीले गर्नु भएको थियो । कार्यक्रममा लागु औषध÷मदिरा दुव्र्यसन रोकथाममा नागरिक समाजको भूमिका विषयमा समाजका संस्थापक सभापति कृष्ण पहाडीले, लागु औषध÷मदिरा दुव्र्यसन सम्बन्धी महासन्धि र नेपालमा कानुनी व्यवस्था विषयमा अधिवक्ता होमकान्त चौलागाईले, लागु औषध÷मदिरा दुव्र्यसन रोकथाममा आम सञ्चारको भूमिका विषयमा पत्रकार कृष्ण कडेंलले र लागु औषध÷मदिरा दुव्र्यसन रोकथाममा प्रहरीको भूमिका विषयमा केन्द्रीय लागु औषध व्युरोका प्रहरी निरिक्षक अनिल ठकुरीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने स्वास्थ्य मन्त्रालयका तर्फबाट शम्भु काफ्लेले दुव्र्यसन रोकथामका विषयमा केन्द्रीत रहि अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
प्रहरी प्रधान कार्यालय नक्सालस्थित सभाकक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, नेपाल प्राध्यापक संघका सभापतिसहित नागरिक अगुवाहरु, नेपाल प्रहरीका अधिकृतहरु, पत्रकारहरु, मानव अधिकारकर्मीहरु, अभिभावक संघका प्रतिनिधिहरु, हिसान, एन प्याब्सन लगायत शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरु विभिन्न विद्यालयका प्राचार्य तथा पुर्नस्थापना केन्द्रका प्रतिनिधिहरुसहित ६३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै समाजका सभापति गंगाधर अधिकारीले दुव्र्यसन रोकथामका लागि चाडै नै ३० भन्दा बढी जिल्लामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि विभिन्न निकाय÷संस्थाबाट चाल्नुपर्ने कदमहरुबारे छलफल गरिएको थियो ।