लागु औषध÷मदिरा दुव्र्यसन रोकथाम÷विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको आयोजनामा २०७३ फागुन १४ गते लागु औषध÷मदिरा रोकथाममा सरकार, राजनीतिक समाज र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले २८ वर्ष अगाडी आफुसहित विराटनगरको युवा जमातले मदिराविरुद्ध आन्दोलन प्रक्षेपण गरेको र त्यस क्रममा दुधले त्राण दिन्छ रक्सीले प्राण लिन्छ भन्ने नारासहित विराटनगरका विभिन्न स्थानमा धर्ना प्रदर्शन गरेको स्मरण गर्दै लागु औषध÷मदिरा दुव्र्यसन विरुद्धको अभियानलाई समाजको हरेक क्षेत्रले साझा अभियानको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
शान्ति समाज मोरङ शाखाका सभापति अधिवक्ता डिल्लीबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्वोच्च अदालतका पुर्व न्याधीस मोहनप्रकाश सिटौला, मोरङका प्रहरी उपरिक्षक सन्दिप भण्डारी, जिल्ला न्याधिवक्ता राजेश कटवाल, वरिष्ठ अधिवक्ता चन्द्रमणी न्यौपाने, शान्ति समाजका केन्द्रीय सदस्य विष्णुप्रसाद चापागाईँ, पुर्वाअञ्चल मानव अधिकार सञ्जालका संयोजक शोमराज थापा, विराटनगर उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखाका डिल्ली धिमाल, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य उमेश विश्वकर्मा, मोरङ जिल्ला बार एशोसिएसनका सचिव हरिशंकर मण्डल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, डि एल ए मोरङका अध्यक्ष अधिवक्ता रुपेश कोइराला, मानव अधिकार रक्षकहरु सन्जु साह र कला त्रितालले लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि सञ्चालित यो अभियानमा सबैको साथ र सहयोग रहने धारणासहित मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका तर्फबाट तयार गरिएको कार्यपत्र अधिकारकर्मी निर्मला सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने स्वागत सुदिप रिजालले र कार्यक्रम सञ्चालन अधिकारकर्मी डिकप्रसाद घिमिरेले गर्नुभएको थियो ।
यसैगरी फागुन १४ गते शनिवार नै समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति समाज मोरङद्धारा विराटनगरमा आयोजित युवा र मानवअधिकार विषयक कार्यक्रममा मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका विषयमा प्रकाश पार्दै घृणात्मक अभिव्यक्ति अपराध भएको र त्यस्तो अपराधको पृष्ठपोषण गर्ने र त्यस्तो प्रवृत्तिलाई बोक्ने व्यक्ति हुन वा संघ संस्था तिनिहरुसँग कुनै सहकार्य नहुने प्रष्ट पार्नुभयो । विराटनगरका विभिन्न उच्च मा.वि मा अध्यनरत युवा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा युवाहरुले मानव अधिकारका विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।