जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रेस विज्ञप्ति

जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वाइड बडी जहाज खरिद प्रकरणमा संसदलाई ढाट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग विगतका सरकारहरुले र पछिल्लो पटक प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकार समेतले गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रम शुरु भएको छ । यस क्रममा २०७५ माघ २ र ३ गते शान्ति समाजका अर्घाखाँची, तेह्रथुम, ललितपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), बाँके, रुपन्देही र दाङ गरी ७ वटा जिल्ला शाखाका प्रतिनिधिमण्डलले स्थानीय जिल्ला प्रशासन कार्यालय÷इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सो क्रममा सम्बन्धीत प्रमुख जिल्ला अधिकारीहरुले उक्त ज्ञापनपत्र शिघ्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताउनुभएको छ । यसअघि माघ १ गते डा. गोविन्द केसी अनसनरत इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै यो अभियान शुरु भएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजको आयोजनामा उपरोक्त दुई बुँदे आग्रहसहित माघ ८ गते मंगलबार दिउँसो १ बजे संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन आयोजना गरिएको छ ।
समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति ः २०७५ माघ ३