अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस अन्तरक्रिया कार्यक्रम

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (५ डिसेम्बर) का अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा लुम्विनी एकेडेमी उच्च मा.वि.काठमाडांैमा २०७१ मंसिर १९ गते दिगो शान्तिका लागि स्वयंसेवा विषयक अन्तरक्रिया कार्यक्रम समाजका सभापति गङ्गाधर अधिकारीको सभापतित्मा सम्पन्न भयो । कार्यक्रममा समाजका निवर्तमान सभापति एवम् सल्लाहकार होमकान्त चौलागाई, समाजका महासचिव उत्तम पुडासैनी, कोक्यापका अध्यक्ष उषा बरुवाल, हाम्री वहिनीका युवा स्वयंसेवक संयोजक प्रदिप खतिवडा, अधिकारकर्मी रविनचन्द्र कोइराला, शिक्षक संजिव पौडेल लगायतले असल स्वयंसेवकका गुण एवम् कार्यहरुकाबारेमा चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष रेणुका पौडेलले स्वागत मन्तव्य राख्नु गर्नुभएको थियो ।