सीमा अतिक्रमणको तिव्र विरोध : कविहरु भन्छन् अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ

प्रेस विज्ञप्ति
सीमा अतिक्रमणको तिव्र विरोध : कविहरु भन्छन् अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७६ कात्तिक २८ गते काठमाण्डौँमा सम्पन्न ८५ औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भूभाग अतिक्रमणको तिव्र विरोध गरेका छन् । नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कविहरु समवेत स्वरमा गर्जिए ः अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती (कात्तिक २७) का सन्दर्भमा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित मेरो सम्झनामा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गर्नुभएको थियो ।
शान्ति समाज केन्द्रिय सदस्य सरस्वती ढकालले सभापतित्व गर्नुभएको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, डा.जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा. बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा बनवासी, पुनम घिमिरे, बिमला दाहाल, गंगा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रविन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुंगेल, टेकबहादुर लौडारी र कृष्ण पहाडी सहित ३८ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।