शिक्षक हत्याको निन्दा/भ्रष्टाचार विरुद्ध कार्यक्रम/विश्व शान्तिका लागि ३२ जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
शिक्षक हत्याको निन्दा÷भ्रष्टाचार विरुद्ध कार्यक्रम÷विश्व शान्तिका लागि ३२ जिल्लामा प्रदर्शन
१.मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरण पश्चात क्रुरतापूर्वक भएको हत्याको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । उक्त जघन्य हत्याका दोषीहरुलाई कानुन सम्मत कारवाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
२०७७ मंसिर २३ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युन्ष्टि पार्टी मेची कोशी ब्युरोले विज्ञप्ति जारी गरी सो हत्याको जिम्मेवारी लिएको थियो । हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्विकार्य नहुने तथ्य मानव अधिकार तथा शान्ति समाज सम्बन्धीत सबैलाई पुन स्मरण गराउँछ । हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने हुँदा हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाज पुन आग्रह गर्दछ ।
२. आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन् भन्ने नारासहित अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन मंसिर २५ गते मानव अधिकार तथा शान्ति समाजका ३२ जिल्ला शाखाहरुले देशका ३३ स्थानमा प्रदर्शन गरेका छन् । आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न मागसहित शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा चितवनको भरतपुर, नवलपुरको गैडाकोट, कास्कीको पोखरा, मोरङको विराटनगर, दाङको तुलसीपुर, अर्घाखाँचीको सन्धिखर्क, बागलुङ सदरमुकाम, कैलालीको टिकापुर, पर्वतको कुस्मा, पाल्पाको तानसेन, म्याग्दीको बेनी, महोत्तरीको जलेश्वर, रुपन्देहीको वुटवल, नुवाकोटको देवीघाट, सुर्खेतको विरेन्द्रचोकमा, गोरखा सदरमुकाम, बाराको सिमरा, स्याङजाको पुतलीबजार, सुनसरीको इनरुवा र इटहरी, पर्साको वीरगञ्ज, पाँचथरको फिदिम, झापाको धुलावारी, अछामको मंगलसेन, रौतहटको चपुर, सिरहाको लहान, तेह्रथुमको म्याङलुङ, संखुवासभाको खाँदवारी, धनकुटा बजार, नवलपरासी पश्चिमको बर्दघाट, बाँकेको नेपालगञ्ज, कपिलबस्तुको जितपुर र काभ्रेको पनौतिमा प्रदर्शन सम्पन्न भएको थियो ।
मानव अधिकार दिवसकै दिन शान्ति समाजले काठमाण्डौ÷ललितपुरस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका दुतावास अगाडि प्रदर्शन गरेको थियो । यस क्रममा शान्ति समाजद्वारा देशभर आयोजित ४२ वटा प्रदर्शनमा एक हजार भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहेको थियो ।
३. भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्बरका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा ‘भ्रष्टाचारीलाई कारबाही गरौ, भ्रष्टाचार अन्त्य गरौ’ भन्ने नारासहित मंसिर २४ गते बिहान काठमाण्डौमा प्रदर्शन भएको थियो । यसैगरी मंसिर २४ गते अपरान्ह् ‘नेपाल ः भ्रष्टाचार र दण्डहिनताका कारण बढ्दो आक्रोश’ विषयमा शान्ति समाजले भर्चुअल अन्तरक्रिया आयोजना गरेको थियो ।
४. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ५ डिसेम्बरका दिन मंसिर २० गते बिहान मानव अधिकार तथा शान्ति समाजसहित विभिन्न संस्थाहरुको सहकार्यमा माथिल्लो बागमती सफाई कार्यक्रम सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सुशील बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमति
मिति ः २६ मंसिर २०७७