शान्ति दिवस कार्यक्रम

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा समाजको आयोजनामा २०७१ असोज ५ गते काठमाडांैमा शान्तिका लागि सुशासन विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, स्वतन्त्रता सेनानी एवम् भुटानका विख्यात लोकतन्त्रवादी नेता टेकनाथ रिजाल, पूर्व उपप्रधानमन्त्री एवम एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, व्यवस्थापिका संसदका सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई (नेकपा एमाले), संविधानसभा सदस्य दीपक कुईँकेल(नेपाली काँग्रेस) पुनरावेदन अदालतका पूर्व मूख्य न्यायाधीश, एवम् शान्ति सम्झौता कार्यान्वयन अनुगमन समितिका संयोजक केशव मैनालीले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति होमकान्त चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष जानुका श्रेष्ठ भण्डारी, केन्द्रीय सदस्य रेणुका पौडेल, अधिकारकर्मीहरु उत्तम पुडासैनी, निमा गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने आधा दर्जन कविहरुले शान्ति सम्बन्धी कविता प्रस्तुत गर्नुभएको थियो ।