वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको निन्दा

प्रेस विज्ञप्ति
वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको निन्दा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मंसिर १७ गते दिउँसो तनहुँ दमौली व्यास नगरपालिकास्थित वडा न. १ र ११ बीचमा पर्ने तालघरे सडकस्थित पुल उद्घाटन गर्न जाँदा सरकारद्वारा गरिएको बलात गिरफतारीको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । स्थानीय प्रशासनले कोभिड संक्रमणको वहाना अघि सारेता पनि सहमतिबाटै तय भएको कार्यक्रमलाई रोक्ने/बिथोल्ने नियतले सत्तारुढ नेकपाको दबाबमा वरिष्ठ नेता पौडेलसहित आधा दर्जन बढीलाई हिरासतमा लिएको देखिन्छ । यसले सरकारको असहिष्णु र सत्तारुढ दलका कार्यकर्ताहरुको प्रतिशोधात्मक आचरण प्रकट भएको छ जुन निन्दनीय छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित हिरासतमा रहेका सबैको विना सर्त शिघ्र रिहाइको शान्ति समाज माग गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति : २०७७ मंसिर १७