बाल अधिकार दिवस ः दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (२० नोभेम्बर) का अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा ‘बाल अधिकार ः सुनौलो भविष्यको आधार’ शिर्षकमा दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न भएका छन् । २०७१ मंसिर ४ गते काठमाडांैको कपन स्थित जोसेफ हाईस्कुलमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय कार्यसमिति सभापति गङ्गाधर अधिकारीले गर्नुभएको थियो भने समाजका सल्लाहकार होमकान्त चौलागाई, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी, समाजका महासचिव उत्तम पुडासैनी तथा सदस्य दीपक पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजद्वारा तयार गरिएको अवधारणापत्र पनि प्रस्तुत गरिएको थियो ।
यसै अवसरमा मंसिर चार गते समाजको दाङ शाखाले अन्तरक्रिया कार्यक्रम, चितवन शाखाले प्रबचन कार्यक्रम आयोजना गरेका थिए भने कास्की शाखाको आयोजनामा तीन वटा उच्च मा.वि. र एउटा मा.वि. गरी चार वटामा बाल अधिकार सचेतना कार्यक्रम, रुपन्देही शाखाको आयोजनामा एक उच्च मा.वि. र एक मा.वि.मा बालअधिकारका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । साथै कैलाली, गोरखा र काठमाडांै शाखाहरुको आयोजनामा बालअधिकारका विषयमा केन्द्रीत रहि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।