बातावरण बिनासका पछाडि भ्रष्टाचार प्रमुख कारण

प्रेस विज्ञप्ति
बातावरण बिनासका पछाडि भ्रष्टाचार प्रमुख कारण
मानव अधिकार तथा शान्ति समाजद्वारा संचालित बातावरणीय अभियानका क्रममा फागुन १७ गते दिउसो धनकुटा सदरमुकाममा नागरिक सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नागरिक अगुवा डा. देबेन्द्रराज पाण्डेले बातावरण बिनासका पछाडि भ्रष्टाचार एक प्रमुख कारण रहेको धारणा ब्यक्त गर्नुभयो । सभामा बोल्दै अर्का नागरिक अगुवा कृष्ण पहाडीले एकातिर भ्रष्टाचार र अर्कोतिर दण्डहिनता बढ्दै गएकाले आम नागरिकमा निरासा बढ्न थालेको बताउनु भयो । लोकतन्त्रलाई जोगाउने हो भने आरोपित नेताहरुलाई कानूनको दायरामा ल्याई कारवाही सुनिश्चित गर्न ढिलो गर्न नहुने धारणा ब्यक्त गर्नुभयो ।
शान्ति समाज धनकुटा शाखाका सभापति घनेन्द्र कुमार सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति उत्तम पुडासैनी, बरिष्ट उपसभापति गोबिनद खनाल, महासचिव सुशिल बस्नेत र थिरेन्द्र बहादुर लिम्बुले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सभामा कबि अर्जुन पराजुली, सुदेश सत्याल र केजी सुब्बाले बिकृती र बिसंगतिमाथी प्रहार गर्दै कबिता सुनाउनु भएको थियो ।