फागुन महिनामा ३ वटा धर्ना प्रदर्शन गरिने/हिंसात्मक घटना निन्दनीय

प्रेस विज्ञप्ति
फागुन महिनामा ३ वटा धर्ना प्रदर्शन गरिने/हिंसात्मक घटना निन्दनीय

२०७५ फागुन १० गते राति देशका विभिन्न भागमा भएका विष्फोटनका घटनाहरु निन्दनीय छन् । विष्फोटनमा परि एक जनाको मृत्यु र केही नागरिक घाइते भएका छन् । नागरिकहरुलाई त्रसित बनाउने र ज्यान लिने यस्ता आततायी कृत्यको मानव अधिकार तथा शान्ति समाज भत्र्सना गर्दछ र दोषीलाई कानुन सम्मत दण्डीत गरि हिंसालाई निरुत्साहीत गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
फरक प्रसंगमा ः संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित अभियानका क्रममा विगतमा काठमाण्डौँमा दुई वटा धर्ना र जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने लगायत अन्तरक्रिया, नागरिक सभाहरु सम्पन्न भइसकेका छन् । तर संसदलाई ढाट्ने मन्त्रीलाई वर्खास्त गर्ने इच्छाशक्ति प्रधानमन्त्रीमा देखिएन । तसर्थ मानव अधिकार तथा शान्ति समाजले २०७५ फागुन १५, २२ र २९ गते दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्र अगाडि थप ३ वटा धर्ना आयोजना गर्न गइरहेको छ । धर्ना प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुको सहभागिता रहने छ । यसैगरी देशका विभिन्न भागहरुमा दबाबमुलक कार्यक्रमहरु निरन्तर रहने छ ।

समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
फोन : ९८५११७५७७७
मिति : २०७५ फागुन ११