अमेरिका, रुस, चीनसहित ९ देशका दुतावास अगाडि एकसाथ प्रदर्शन हुने

प्रेस विज्ञप्ति
अमेरिका, रुस, चीनसहित ९ देशका दुतावास अगाडि एकसाथ प्रदर्शन हुने
७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर मंसिर २५ का दिन मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्रको विश्वव्यापी उन्मुलन, आणविक हतियारहरुको निर्माण र परिक्षणमा प्रतिवन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ । यस क्रममा १० डिसेम्बर अर्थात २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्ररु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाण्डौस्थित ९ वटा दुतावास अगाडि एकसाथ मध्यान्ह् १२ बजेदेखी आधा घण्टा प्रदर्शन हुन गइरहेको छ । ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कस्ले बचाउने?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरुको दुतावास अगाडि प्रदर्शन पश्चात युद्धका कुनै पनि संभावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरुलाई राजदुतावास मार्फत ज्ञापनपत्र बुझाइने छ ।
अमेरिकी दुतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चीनियाँ दुतावास अगाडि सभापति उत्तम पुडासैनी, रुसी दुतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, फ्रेन्च दुतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दुतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दुतावास अगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दुतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित शान्तिवादीहरुको सहभागिता रहने छ ।
यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा दर्जनौ जिल्लामा प्रदर्शन हुनेछ ।
स्मरणीय छ, आणविक अस्त्रको विश्वव्यापी उन्मुलन, आणविक हतियारहरुको निर्माण र परिक्षणमा प्रतिवन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ भने विगत एक दशकदेखि युद्ध निषेध ः शान्ति विशेष भन्ने आह्वानसहित दर्जनौ प्रदर्शनहरु आयोजना भइसकेको छ ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति : २०७७ मंसिर ५

लक्ष्मीजयन्तीमा ५ जिल्लामा शान्ति समाजको कार्यक्रम /स्रष्टा सम्मान–सौगात पुरस्कार अर्पण

प्रेस विज्ञप्ति
लक्ष्मीजयन्तीमा ५ जिल्लामा शान्ति समाजको कार्यक्रम /स्रष्टा सम्मान–सौगात पुरस्कार अर्पण
मानव अधिकार तथा शान्ति समाजद्वारा २०७७ कात्र्तिक २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाण्डौ, दाङ, नवलपुर, कैलाली र पर्सामा आयोजित ५ वटा कार्यक्रममा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान÷सौगात पुरस्कार (रु. २० हजार राशी र ताम्रपत्रसहित) स्रष्टाहरुलाई अर्पण गरिएको छ । कार्यक्रमहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अभूतपूर्व साहित्यिक योगदानको चर्चा गरिएको थियो ।
काठमाण्डौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्ष २०७७ को कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुतिलाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइलालाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई, जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरुलाई अन्य ५ वटा समाजसेवी संस्थाहरुका तर्फबाट समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाकवि देवकोटाको योगदानको चर्चा गर्दै देवकोटाको साहित्य जनमनमा बसेको बताउनुभयो ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अद्वितीय भएको चर्चा गर्दै समृद्ध साहित्यले नै समाजलाई सुसंस्कृत र समुन्नत बनाउने धारणा व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई अभियानको रुपमा अघि बढाएको बताउनुभयो ।
समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद एवं पूर्वमन्त्री गगन थापा, सांसद एवं पूर्व मन्त्री शेरबहादुर तामाङ, पुरस्कृत स्रष्टाहरु अशेष मल्ल, आहुति, व्याकुल माइला, प्रमोद प्रधान, ज्ञानुवाकर पौडेल र वसन्ती शाही, समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल र केन्द्रीय सदस्य नम्रता खरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शान्ति समाजद्वारा नवलपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गंगाधर अधिकारीले स्रष्टा गोविन्दराज विनोदीलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान प्रदान गर्नुभएको थियो भने नवलपुर र चितवनका विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरुले गोविन्दराज विनोदीलाई सम्मान गरेका थिए । शान्ति समाज नवलपुर शाखा सभापति माधवप्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल, वरिष्ठ साहित्यकार प्रा.डा नारायण प्रसाद खनाल, वरिष्ठ साहित्यकार केदारनाथ खनाल, शान्ति समाजका केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली र बाबुहरी आचार्य, केन्द्रीय सदस्य कृष्ण पंगेनी, पूर्व सचिवद्वय विश्व बाँस्तोला र राजेन्द्र पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि मुना धनञ्जयले कविता वाचन गर्नुभएको थियो ।

यसैगरी शान्ति समाज दाङ शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्वमा तुलसीपुरमा आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार एबम प्राध्यापक गदाधर पौडेलले श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई प्रदान गर्नुभएको थियो भने दाङका ८ वटा साहित्यिक तथा सामाजिक संस्थाहरुले चौधरीलाई सम्मान गरेका थिए । कार्यक्रममा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत, सम्मानित स्रष्टा बालिका चौधरी, राप्ती साहित्य परिषद्का सल्लाहकार डाक्टर लोकराज पराजुली,दाङ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज श्रीधर, थारु समुदायको संस्कृती कलाका अनुसन्धानकर्ता अशोक थारु, थारु लेखक सुशील चौधरी, साहित्यकार एबम ईन्जीनियिर तिलक न्यौपाने, स्रष्टा मञ्जु कँडेल, छवीकिरण वली, बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी, दाङ शाखा सचिब निर्मला डिसी, बिभागीय संयोजक नवीन पोख्रेल र केन्द्रीय बिभागीय संयोजक निर्मल नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शान्ति समाज कैलालीका सभापति भक्त विश्वकर्माको सभापतित्वमा धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभा सदस्य भरतबहादुर खड्काले राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गर्नुभएको थियो भने कैलालीका ८ वटा साहित्यिक तथा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा प्रिया पत्थरलाई सम्मान गरेका थिए । कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव टेकबहादुर सार्की, सुदुर पश्चिम साहित्य समाज पूर्व उपाध्यक्ष हेमन्ती जोशी, कैलाली जन पुस्तकालयका अध्यक्ष डा टी एन जोशी, नेपाली लेखक संघ कैलालीका अध्यक्ष गणेश नेपाली, सुदुरपश्चिम साहित्य समाजका उपाध्यक्ष तिर्थराज पाण्डे, साहित्यकार मनिराज जोशी, सुदुरपश्चिम साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेशका महासचिव योगेश रावल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्णबहादुर शाह, साहित्यकार लोकराज राज भण्डारी, वरिष्ठ पत्रकार मनमोहन स्वार, नेपाल रेडक्रम सोसाइटी कैलालीका सभापति उत्तम जोशी, शान्ति समाज कैलाीका सचिव हर्क देवकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाज पर्सा शाखा सभापति अमर बहादुर गौतमको सभापतित्वमा वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा स्रष्टा गणेश लाठले श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा वीरगञ्ज कलेजका प्रमुख बिनोद गुप्ता, लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश गौतम, बीरगंज जेसीजका अध्यक्ष मुकेश सिंह, साहिव दरवार संस्थानका कोषाध्यक्ष चिनुमाया मानन्धर लगायतले विभिन्न संस्थाको तर्फबाट पुरस्कृत स्रष्टालाई सम्मान गर्नु भएको थियो ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ कात्र्तिक २९

संवेदनहीन निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह

प्रेस विज्ञप्ति
संवेदनहीन निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह
कोभिड–१९ संक्रमण नेपालमा भयावह हुदै गइरहेको स्थितिमा पिसिआर परिक्षण निःशुल्क तवरमा व्यापक विस्तार गर्नुपर्ने, संक्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र संक्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित मापदण्ड अवलम्बन गर्नुपर्नेमा सरकार दिनप्रतिदिन फितलो हँुदै गएको देखिन्छ भने पछिल्लो चरणमा केही अपवादलाई छाडेर परिक्षण तथा उपचारको प्रबन्ध नागरिक आफैले गर्नुपर्ने सरकारको निर्णय÷अभिव्यक्ति गैरजिम्मेवार एवं संवेदनहीनताको पराकाष्ठा भएको मानव अधिकार तथा शान्ति समाजको धारणा रहेको छ । नागरिकहरुको स्वास्थ्य उपचारप्रति उदासिन सरकार कर्तव्यच्युत हुदै जाँदा सरकार के को लागि? भन्ने आक्रोश बढ्दै जानेप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संक्रमण व्यापक हुँदै गएको र मृत्यदरसमेत बढ्दै गएको यस गम्भीर परिस्थितीमा उपचारका लागि अत्यावश्यक आईसियु, भेन्टिलेटरसहितका अस्पतालहरुको संख्या बृद्घि गर्नुपर्ने सरकारको प्रमुख दायित्व हो । लकडाउनको चपेटामा परि आर्थिकरुपमा जिर्ण हुँदैगएको नागरिकहरुको जीवनयापनका लागि सरकारले हरसम्भव राहतका प्याकेज ल्याउनुपर्नेमा स्वास्थ्य उपचारको समेत जिम्मेवारी नलिने निर्णय गरि सरकारले चरम गैरजिम्मेवारीपन प्रस्तुत गरेको छ । नागरिकको स्वास्थ्य, शिक्षा र जीवनयापनका सवालमा गम्भीर भई आवश्यक प्रबन्धसहितको व्यवस्था गर्न सरकारलाई मानव अधिकार तथा शान्ति समाज पुन विशेष आग्रह गर्दछ ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७७ कात्र्तिक ४