युद्धको विरोधमा कविहरु/स्वतन्त्रतामाथि प्रहार हुन थालेकोप्रति आपत्ति

युद्धको विरोधमा कविहरु/स्वतन्त्रतामाथि प्रहार हुन थालेकोप्रति आपत्ति
युद्धको विरोध, शान्तिको आह्वानसहित २०७६ पुस २४ गते काठमाण्डौँमा ८६ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न काव्य प्रवाहमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अमेरिका र इरानबिच बढ्दो तनाव र आरोप प्रत्यारोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै युद्धलाई वढावा दिने कुनै पनि कदम नचाल्न अमेरिका र इरानका शासकहरुलाई आग्रह गर्नुभयो । अमेरिकी र इरानी जनताको शान्तिको अधिकारको सम्मान गर्न दुवै पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिदै पहाडीले यस्तो संकटको बेला राष्ट्रसंघ जस्ता साझा संस्थाले संकट समाधानका लागि गहकिलो योगदान गर्न आग्रह गर्नुभयो ।
काव्य प्रवाहमा सभापतिको आसनबाट बोल्दै समाजका सभापति उत्तम पुडासैनीले स्वतन्त्रतामाथि निर्घात प्रहार गर्ने गरी संसदमा विधेयकहरु प्रस्तुत हुन थालेकोप्रति आपत्ति व्यक्त गर्दै त्यस्ता विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन सरकारलाई आग्रह गर्नुभयो । पुस अन्तिम सातामा सम्पन्न काव्य प्रवाहमा कविहरुले नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरण पनि गरेका थिए ।
केन्द्रिय सदस्य नम्रता खरेलले सञ्चालन गर्नुभएको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, मदनराज थापा, डा. बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, मञ्जुश्री प्रधान, शान्ति शर्मा, पुष्पा धमला, पुनम घिमिरे, बिमला दाहाल, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, शिवराम खड्का, प्रकाश बस्नेत गफाडी, दुर्गा किरण तिवारी, त्रिपुरा पौडेल, कुसुम शर्मा, सीता बराल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, जनार्दन अधिकारी, निर्मल पराजुली, डिल्लीप्रसाद मूलतिहुन, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुंगेल, शान्ति नारायण श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, लालबहादुर भुजेल, सागर भट्ट, किशोर श्रेष्ठ, सहित ४४ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

पहाडीको २९ औँ पुस्तक प्रकाशित

पहाडीको २९ औँ पुस्तक प्रकाशित
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा नामक पुस्तक प्रकाशित भएको छ । यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु. ३०० मुल्य रहेको १२२ पृष्ठको यो पुस्तक विक्रिबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने छ ।
साहित्य÷सिर्जना फाँटमा कृष्ण पहाडीका दुई वटा कथा संग्रह, एउटा उपन्यास, दुई वटा गीत संग्रह, दुई वटा नियात्रा, दुई वटा नाटक संग्रह, चार वटा कविता संग्रह, दुई वटा मुक्तक संग्रह र छ वटा आलेख संग्रह, जेल जर्नल, दुई वटा प्रबन्ध÷निबन्ध संग्रह, एउटा अंग्रेजी कविता संग्रह र एउटा हिन्दी कविता संग्रह गरी २९ वटा पुस्तक प्रकाशित भएका छन् ।