शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

प्रेस विज्ञप्ति
शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरिएको छ । यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव सिरहा, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल बाँके, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी पाल्पा, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी संखुवासभा र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त रुपन्देहीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर भक्तपुर, भुमीप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल सुनसरी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ मकवानपुर, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक पाल्पा, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य काठमाण्डौ, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया हुम्ला, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल तनहुँ र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरी कैलालीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

पुरस्कृत स्रष्टाहरुबारे ः

१. श्रवण मुकारुङ ः वि.स. २०२५ जेठ २६ गते भोजपुरमा जन्मनुभएका स्रष्टा श्रवण मुकारुङका वहुचर्चित कवितासंग्रह बिसे नगर्चीको बयान, देश खोज्दै जाँदा कवितासंग्रह, यलम्बर नाटक, हिउँको दरबार गीतसंग्रह गरि ९ वटा कृतिहरु प्रकाशित छन् ।

२. प्रा.डा.वेणीमाधव ढकाल ः वि.स. २००६ साल पुस २६ गते पाल्पामा जन्मनुभएका स्रष्टा वेणीमाधव ढकालका नेपालीमा आधा दर्जन महाकाव्य र खण्डकाव्यहरु प्रकाशित छन् । संस्कृत भाषामा ढकालले आधा दर्जन बढी पाठ्यग्रन्थ लेख्नुभएको छ भने संस्कृत विश्वविद्यालयमा पाठ्यक्रम निर्माण एवं पुर्नलेखनमा समेत योगदान गर्नुभएको छ । ढकालका लिच्छिविकालिकानामभिलेखानां साहित्यिकमनुशीलनम्, मल्लकालिकानां नाटक्रानां विश्लेषणात्मकमध्ययनम्सहित तीन वटा सोधप्रबन्ध रहेका छन् भने विद्यावारीधिप्रयुक्तका क्रममा १० वटाको सोधनिर्देशक समेत रहनुभएको छ । यसैगरी उहाँले आधा दर्जन बढी संस्कृत ग्रन्थको अनुवादसमेत गर्नुभएको छ ।

३. रामरिझन यादव ः वि.स २०१६ साल फागुन १७ गते सनहैठा सिरहामा जन्मनुभएका स्रष्टा रामरिझन यादवका लेखन तथा सम्पादनमा मैथिली तथा नेपाली भाषामा वातावरणीय समस्या र समाधान, विज्ञान र वातावरण, मधेसी मुक्ति आन्दोलन, नेपालको मधेसी समुदायको समस्या र समाधानको बाटोसहित ८ वटा कृतिहरु प्रकाशित छन् । वरिष्ठ पत्रकार यादवले १७ वर्षसम्म वनस्पती शास्त्रको प्राध्यापन गर्नुभएको थियो ।

४. बिष्णुलाल कुमाल(प्रजापती) ः वि.स. २००५ साल जेठ २० गते कुम्हारन टोल नेपालगञ्जमा जन्मनुभएका स्रष्टा विष्णुलाल कुमालका अशान्ति केर अगिया अवधी कविता÷गीत संग्रह, यादो के अवषेश हिन्दी कवितासंग्रह गरि ३ वटा कृति प्रकाशित छन् भने अवधि भाषाका विभिन्न पुस्तकको सम्पादन गर्नुभएको छ । स्रष्टा कुमाल अवधी सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने विगत १७ वर्षदेखि अवधि भाषामा निरन्तर रेडियो कार्यक्रम चलाइरहनु भएको छ ।

५. रामबहादुर पहाडी ः वि.स १९९८ जेठ २९ गते पाल्पामा जन्मनुभएका स्रष्टा रामबहादुर पहाडीका घाउ रहेछ जिन्दगी यो, पहाडीका गजलसहित ३ वटा पुस्तक प्रकाशित छन् । पहाडीले अंग्रेजी, नेवारी र हिन्दी भाषाबाट अनुवाद गरेका १७ वटा पुस्तकहरु प्रकाशित छन् ।

६. रत्ननिधि रेग्मी ः वि.स. २०२१ भदौ १२ गते वाना संखुवासभा वानामा जन्मनुभएका स्रष्टा रत्ननिधि रेग्मी शुक्राचार्यका आन्दोलन कविता भाग १ र २, कविता कुसुम, निर्मला खण्डकाव्य, नारी आवाजसहित एक दर्जन कृतिहरु प्रकाशित छन् ।

७ रामेश्वरी पन्त ः वि.स २०२५ भदौ १२ गते पर्वतमा जन्मनुभएकी स्रष्टा रामेश्वरी पन्तको घाउ चह¥याइनै रह्यो शिर्षकमा कथा संग्रह प्रकाशित भएको छ । राष्ट्रिय दैनिकहरुसहित विभिन्न छापाहरुमा स्रष्टा पन्तका दर्जनौ लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।

८. प्रतिसरा सायमी ः वि.स २०१२ साल असार १६ गते भक्तपुरमा जन्मनुभएकी स्रष्टा प्रतिसरा सायमि (मानन्धर)का नेपाल भाषा (नेवारी) मा जि छकू नालिस भौँ, तिकिनंगु मि, रंग दुने प्रतिसरा, प्रेसर कुकर चिल्लाय् कविता संग्रहहरु गरी आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

९. मनु मञ्जिल ः वि.स २०२७ असार १५ गते साल्मे काभ्रेमा जन्मनुभएका हाल सुनसरी निवासी स्रष्टा मनु मञ्जिलका ल्याम्प–पोष्टबाट खसेको जुन, आँधीको आवेग कवितासंग्रह प्रकाशित छन् । मञ्जिलले अंग्रेजी भाषाबाट अनुवाद गरेका ४ वटा पुस्तकहरु प्रकाशित छन् ।

१०. बिना थिङ तामाङ ः वि.स २०३७ साल भाद्र १० गते हेटौडा मकवानपुरमा जन्मनुभएकी स्रष्टा विना थिङ ‘सुनगाभा’ का छुकि र याम्बुनेर गरी २ कथा संग्रह र रातो घर कविता संग्रह गरी तीन वटा कृतिहरु प्रकाशित छन् । यसैगरी रातो घर कविता संग्रह वालाधिम शिर्षकमा तामाङ भाषामा समेत प्रकाशित भएको छ ।

११.मनु वि.क ः २०४१ माघ १५ गते पाल्पा जिल्लाको गेझामा जन्मनुभएकी स्रष्टा मनु वि.क. का युगको आह्वान कविता संग्रह, भान्से महिला र कालीको वेग खण्डकाव्य गरी ३ वटा कृतिहरु प्रकाशित भएका छन् ।
१२. मेनका पोखरेल आचार्य ः वि.स २०२२ साल चैत ४ गते धरानमा जन्मनुभएकी हाल जोरपाटी काठमाण्डौ निवासी स्रष्टा मेनका पोखरेल आचार्यको अनुभूतिका तरंगहरु कविता संग्रह, पिडाका वृत्तहरु र रित्ता आँखाभित्र कथासंग्रह गरी ३ वटा कृति प्रकाशित छन् ।

१३. देवकी तिमल्सिना रोकाया ः वि.स. २०४० साल असार २० गते जन्मनुभएकी हाल सर्के गाँउ हुम्ला निवासी देवकी तिमल्सिना रोकायाका योद्धाको सपना र छुटेका सपनाहरु गरी २ वटा कृति प्रकाशित छन् । स्रष्टा देवकी कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत हुनुहुन्छ ।

१४. सुदेश सत्याल ः वि.स. २०५१ साल वैशाख २० गते देवघाट तनहुँमा जन्मनुभएका स्रष्टा सुदेश सत्याल (नारायण सत्याल)का अन्तरिक्षको धर्ती कविता संग्रहका साथै संयुक्त रुपमा छन्द कविता संग्रह समेत प्रकाशित भएको छ ।

१५.रविना चौधरी ः वि.स २०४७ फागुन ५ गते कैलालीमा जन्मनुभएकी स्रष्टा रविना चौधरी ‘रब्बु’को थारु भाषामा ओंरी गजलसंग्रह प्रकाशित भएको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७८ असोज १३

श्रष्टा सम्मान अभियान : शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
श्रष्टा सम्मान अभियान : शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि दोर्पु सोलुखुम्बुका प्रसिद्ध समाजसेवी स्व. गणेशबहादुर श्रेष्ठकी छोरी मानव अधिकार तथा शान्ति समाजकी उपसभापति रत्नलक्ष्मी श्रेष्ठले रु. दुई लाख र स्व. जनककुमारी रेग्मी (मार्से खोटाङ)की नातिनी तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ ।
वि.स १९५८ चैत २२ गते सोलुखुम्बुको दोर्पु बजारमा जन्मनुभएको शिक्षासेवी गणेशबहादुर श्रेष्ठको २०५१ पौष १४ गते निधन भएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको मावली हजुरआमा जनककुमारी रेग्मी र उहाँकी सानी छोरीको वि.स २०१८ सालमा मार्से खोटाङस्थिति आफ्नै निवासमा अज्ञात समुहले हत्या गरेको थियो भने आजसम्म पनि हत्याराको पहिचान हुन सकेको छैन ।
यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १५ पुगेको छ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७८ असोज ७

शान्तिवादीहरुद्वारा रोष व्यक्त

प्रेस विज्ञप्ति
नेपालले आणविक अस्त्र निषेध सन्धि अनुमोदन नगरेकोमा शान्तिवादीहरुद्वारा रोष व्यक्त
आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदनको मागसहित काठमाण्डौको माइतिघर मण्डलामा २०७८ असोज ५ गते मंगलबार प्रदर्शन गरिएको थियो । प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको वताएका थिए । प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठुलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी शान्ति दिवसको अवसरमा असोज ५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै शान्ति समाजका चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँची लगायत दर्जन बढी शाखाहरुले प्रदर्शन गरेका छन् ।
गत वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन २०७७ मंसिर २५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको मागसहित शान्ति समाजले काठमाण्डौ÷ललितपुरस्थित अमेरिका, रुस, चिन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गरेको थियो भने सोही दिन शान्ति समाजले ३२ जिल्लामा प्रदर्शन गरेको थियो । यसैगरी नेपालले यो सन्धिलाई शिघ्र अनुमोदन गर्न शान्ति समाजको प्रतिनिधिमण्डलले गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवा र ३ जना मन्त्रिहरु, सभामुख, राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराउँदै छलफल गरेको थियो ।
सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा शुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा शुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णय अनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थाइ रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत मानव अधिकार तथा शान्ति समाज
मिति ः ५ असोज २०७८

शान्ति समाजद्वारा थप दुई श्रष्टा सम्मान/सौगात पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा थप दुई श्रष्टा सम्मान/सौगात पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ । यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावल (तानसेन,पाल्पा)का छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु. २ लाख र स्व. पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनि तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ ।
यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १३ पुगेको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७८ भदौ १७