अन्तर्राष्ट्रिय अहिंसा दिवस

अन्तर्राष्ट्रिय अहिंसा दिवस(२ अक्टोबर)का सन्दर्भमा समाजद्वारा काठमाडांैमा पहिचानः अहिंसा, सद्भाव, सहिष्णुता’ विषयक गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, एमनेष्टी इन्टरनेशनलन नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी, अच्युत पौडेल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति होमकान्त चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३ जना कविहरुले कविता बाचन गर्नुभएको थियो ।

शान्ति दिवस कार्यक्रम

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा समाजको आयोजनामा २०७१ असोज ५ गते काठमाडांैमा शान्तिका लागि सुशासन विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, स्वतन्त्रता सेनानी एवम् भुटानका विख्यात लोकतन्त्रवादी नेता टेकनाथ रिजाल, पूर्व उपप्रधानमन्त्री एवम एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, व्यवस्थापिका संसदका सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई (नेकपा एमाले), संविधानसभा सदस्य दीपक कुईँकेल(नेपाली काँग्रेस) पुनरावेदन अदालतका पूर्व मूख्य न्यायाधीश, एवम् शान्ति सम्झौता कार्यान्वयन अनुगमन समितिका संयोजक केशव मैनालीले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति होमकान्त चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष जानुका श्रेष्ठ भण्डारी, केन्द्रीय सदस्य रेणुका पौडेल, अधिकारकर्मीहरु उत्तम पुडासैनी, निमा गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने आधा दर्जन कविहरुले शान्ति सम्बन्धी कविता प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय पर्यवेक्षकहरुलाई प्रमाणपत्र प्रदान

संविधानसभा सदस्य निर्वाचन २०७०मा मानव अधिकार तथा शान्ति समाजसँग आवद्ध भई निर्वाचन पर्यवेक्षण गर्ने राष्ट्रिय पर्यवेक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम समेत २०७१ भदौ २३ गते सम्पन्न भएको छ । समाजको काठमाडांै शाखाको १६आंै वार्षिक साधारणसभाको उद्घाटन सत्र र प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती हुनुहुन्थ्यो भने सो दिन कार्यक्रममा उपस्थित ६० भन्दा बढी पर्यवेक्षकहरुलाई प्रमुख निर्वाचन आयुक्त उप्रेतीले प्रमाणपत्र वितरण गर्नभएको थियो ।