प्रेस विज्ञप्ति
सप्ताहव्यापी कार्यक्रम गरी शान्ति समाजले ३० औँ वार्षिकोत्सव मनाउने
स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा २०५३ जेठ १९ गते भएको थियो ।
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय र जलवायु न्यायका लागि क्रियाशील एवम् जगत्मुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित शान्ति समाजले स्थापनाको ३० औँ वार्षिकोत्सव २०८३ जेठ १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ । यस क्रममा रक्तदान, पुस्तक दान, वस्त्र दान, शैक्षिक सामग्री दान, अन्न दान लगायत कार्यक्रम आयोजना गर्नुका साथै समाजका जिल्ला शाखाहरूले जेठ १९ गते “आदर्श नागरिक समाजको परिकल्पनाः शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक नागरिक संवाद कार्यक्रम आयोजना गर्ने भएका छन् । यसै गरी जेठ २२ गते विश्व वातावरण दिवस (जुन ५) का अवसरमा जलवायु न्याय केन्द्रित नागरिक संवाद आयोजना हुनेछ ।
हाल शान्ति समाजको आजीवन सदस्य २३२६ जना छन् भने ३३ जिल्ला शाखा स्वयंसेवी तवरमा क्रियाशील छन् ।
समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केकास
२५ वैशाख २०८३