9851240117
hurpes@gmail.com

2026-10-08 13:50:42
By peace society nepal
प्रेस विज्ञप्ति
मुगुका २० बालिकालाई छात्रवृत्ति प्रदान
मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयका दलित समुदायका विपन्न २० जना बालिकालाई १० हजारका दरले रु. २ लाखको छात्रवृत्ति प्रदान गरेको छ । २०८३ असोज २२ गते गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभाका दौरान वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको हो । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एस आर पाण्डे, सचिव रेशमबहादुर भण्डारी लगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवद्र्धन अभियानबारे प्रकाश पार्नुभएको थियो ।
शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म छोरी पढाऔँः गरिमा बढाऔँ भन्ने आह्वानसहित कर्णालीका बालिकाहरूलाई २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिन २०८२ सालमा शान्ति समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट विकट कर्णालीका २० जना बालिकालाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको हो । यो अक्षयकोषमा समाजका महासचिव प्रकाश शाहीबाट ४ लाख, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावलबाट ३ लाख, निवर्तमान सभापति रामकृष्ण बरालबाट २ लाख, पूर्व सभापति होमकान्त चौलागाईबाट २ लाख, शैशव खनालका अभिभावकबाट २ लाख, आर्या पाण्डेका अभिभावकबाट २ लाख, सभापति रेनुका पौडेलबाट १ लाख, संस्थापक सदस्य कृष्ण कँडेलबाट रु. १ लाख, सल्लाहकार रामप्रसाद जोशीबाट रु. १ लाख, केन्द्रीय सदस्य मणिराम दाहालबाट १ लाख गरी १९ लाख जम्मा भइसकेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२२ असोज २०८३
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links