चुरे मास्न पाइदैँन, पर्यावरण विरोधी नीति चाहिदैँन

प्रेस विज्ञप्ति
वातावरण दिवसमा शान्ति समाजको आह्वान : चुरे मास्न पाइदैँन, पर्यावरण विरोधी नीति चाहिदैँन
चुरे मास्न पाइदैँन ः पर्यावरण विरोधी नीति चाहिदैँन, हिमालय÷चुरे बचाउँ ः तराइ लाई मरुभूमिकरण हुनबाट जोगाउँ भन्ने आह्वानसहित विभिन्न जिल्लामा वृक्षरोपण लगायत कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवस मनाएको छ । यस क्रममा २०८० जेठ २२ गते समाजका पाल्पा, चितवन, तेह्रथुम, रुपन्देही र काठमाण्डौ शाखाले वृक्षरोपण गरेका छन् । यसैगरी समाजका दाङ, सुर्खेत लगायत शाखाले वृक्ष गोडमेल तथा सरसफाई कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएका छन् ।
पछिल्लो चरणमा चुरे सिध्याउने गरि ढुंगा गिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्वन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाज गम्भिर चिन्ता व्यक्त गर्दछ । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको छ । यसैगरी बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको हुँदा त्यस्तो आत्मघाती नीति खारेज गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
वातावरण संरक्षणका लागि कार्य गर्न केन्द्रीत रही सन् १९७३ देखि ५ जुनका दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा वातावरणको क्षेत्रमा विश्वव्यापी सचेतना र आवश्यक कदम चाल्नका लागि ध्यानाकर्षण गराइन्छ ।
समाजका तर्फबाट

कृष्णबहादुर रावल
का.वा. सभावति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२२ जेठ २०८०