HURPES Talk Program on Good Governance and Transparency in Nawalparasi District

Its Beginning! 13 Jan 2017
    Nawalparasi, Nepal
    -
    This event is passed

    राष्ट्रिय आवश्यकता: सुशासन पारदर्शिता, नवलपरासीमा विचार गोष्ठी सम्पन्न

    मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाको आयोजनामा २०७३ पौष २९ गते नवलपरासी जिल्लाको गैडाकोटमा राष्ट्रिय आवश्यकता ः सुशासन र पारदर्शिता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । शान्ति समाजको नवलपरासी शाखा सभापति मोहन वि.कको सभापतित्वमा सम्पन्न गोष्ठीको प्रमुख अतिथि पुर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसकाकेन्द्रीय सदस्य देवेन्द्रराज कडेंल हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले सुशासन र सदाचारको प्रत्याभुति हुन सके मात्र लोकतन्त्र बलियो हुने र स्थायी शान्तिका लागि वातावरण बन्ने बताउँदै यस दिशामा योगदान गर्न राजनीतिक समाजलाई विशेष आग्रह गर्नुभयो । भ्रष्टाचारका घटनामा शुन्य सहनशिलता र राज्यका काम कारबाईमा उच्च प्राथमिकता भन्ने आह्वानसहित शान्ति समाजद्धारा प्रारम्भ गरिएको अभियानका क्रममा आयोजित गोष्ठीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, समाजका सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, उपसभापति गोविन्द खनाल, महासचिव उत्तम पुडासैनी, सचिव राजकिशोर झा, सचिव राजेन्द्र पौडेल, सचिव सुशिल कुमार बस्नेत, समाजका केन्द्रीय सदस्य मिना ढकाल, राष्ट्रिय जनमोर्चा केन्द्रीय परिषद् सदस्य दिपक पाण्डे, राप्रपा गैडाकोट नगरपालिकाका सभापति वेदप्रसाद सापकोटा, समाजसेवीहरु नन्दुराम सापकोटा, दाताराम सापकोटा, अमृत श्रेष्ठ, इन्द्रराज भट्टराई, भिम सुवेदी, धु्रवमणी पौडेल, महिला सञ्जाल गैडाकोटकी निवर्तमान अध्यक्ष रेखा पौडेल, नेपाल रेडक्रस सोसाइटी नवलपरासीका जिल्ला सभापति मदनभक्त अधिकारी, समाजका नवलपरासी शाखाका संस्थापक सभापति गोविन्दराज विनोदी, समाजको चितवन शाखाका सभापति कशिराम गिरी, समाजका नवलपरासी शाखा उपसभापति डा. मतिप्रसाद ढकाल र सुरेन्द्र प्रसाद अधिकारी लगायत दुई दर्जन भन्दा बढी वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन समाजका सचिव श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो ।